अर्काको हित गर्नु, भलाई गर्नु, असक्त असहाय, वृद्ध, राेगीकाे हेरचाह र समाजको सेवा गर्नु पराेपकार हाे। हरेक काम आनन्दकाे लागि गरिन्छ । पराेपकार हृदयको आनन्द हाे । अन्तहृदय पुलकित हुन्छ । याे समुद्री छालजस्तो हृदयमै लहराउँछ, खिलखिलाउँछ । चङ्गाजस्तो हलुङ्गाे हुन्छ जाे मनुष्यभित्रकाे ईश्वर हाे । धरति, जल, आकाश र अन्तरिक्षमा उडिदिन्छ । कुराैटे कुरा उसकाे कानले सुन्दैन जसरी दृश्यचक्षु पनि पट्टी लगाइदिइन् गान्धारीले । बरू आफैँ पीडा खपिरहन्छ अर्नेस्ट हेमिङ्गवेजस्ताे । द ओल्ड म्यान एण्ड सी । आखिर धर्तीलाई परिवार मान्छ । छुद्र र संकीर्ण हृदयबाट दूर रहन्छ र उदार मस्तिष्क मात्र सफल रहन्छ । याे बिन लादेन र हिटलर साम्राज्यलाई छि ! छि ! र दुर्दुर गर्छ । मदर टेरेसा र नेल्सन मण्डेलाकाे समीप रहन्छ । अन्तर्मनकाे आनन्दका लागि पराेपकार अन्तर्मनकाे बुद्ध बनिराख ।

के मनुष्य हित मात्र पराेपकार हाे ? यसकाे शब्दकोष कत्राे हुन्छ ? लागिरहेकाे छ, याे मनुष्य मात्रमा संकीर्ण रहँदैन । खगोलका सम्पूर्ण जीवात्माकाे भलाइमा रमाउँदै घातप्रतिघात, छलकपट, यातना, धाेखाधडी, रमिता उसकाे शब्दकोषमा हुँदैन । जगत एक हाे । जीवनकाे एकीकरणमा मान्छेलाई पशु हुनबाट बचाउने मूलमन्त्र तिमी सधैँ जपिराख । हृदय द्रवित भई नै रहन्छ कन्दराकाे तप्केनीजस्तो । लाेभलालचकाे क्षितिज तिमी जति दगुर्छु उति टाढा भागिदिन्छाै । म कहिल्यै भेट्टाउन नसकूँ तिमीलाई । कदापि कठाेर हुन सक्दैनाै तिमी। हृदयकाे मैन तिमी सेवा नै कर्म मान्छाै । सेवा नै धर्म मान्छाै । ममतालाई आफ्नाे मर्म मान्छाै । ह्रास हुँदै गएको सद्भाव, दया, मायाममता तिम्राे जस्तै मन र मस्तिष्कले अलिकति भए पनि टिकिराखेकाे छ ।
”मै खाउँ मै लाउँ सुखसयल या माेज म गरूँ”काे कटु आलाेचक बन्छ अन्तर्मनकाे आनन्दका लागि पराेपकार । सहयोग र सद्भावनाकाे गरूङ्गाे भारी बाेक्दै हतारमा कुँद्छ याे । स्वयं भलाे भन्दा स्वस्फूर्त अरूकाे भलाइकाे नाङ्लाे बाेक्दै अन्तरर्मनमा दाैडिरहन्छाै तिमी । त्यही तिम्राे विजय हाे । के गरुङ्गाेपना मात्र भारी हाे ? अन्तर्मनकाे हलुङ्गाेे आनन्द । यमनकाे पहाड बाेक्दै सिमल भुवाजस्तो काेमल र हलुङ्गाे मन लिएर सेवामा तलिन छ त ! मात्र काँध थाप। गरूङ्गाे भारीमा हातमात्र कति हलुङ्गाे हुन्छ थाहा छ तिमीलाई ?
वर्तमानमा रातदिन रूपैयाँले टाेक्ने माैलाउँदै गएका उपियाँभक्तहरूकाे पनि अन्तर्मनले सेवा गराेस् । पराेपकार उसको केन्द्र हाे । धड्कन उसको मुटु हाे । संचार उसकाे रगत हाे । स्वयंभलाे र आर्जनमा मात्र जीवन देख्ने विश्वजन्य जटिल परिस्थितिबाट टाढा रहन्छ । महात्मा गान्धीकाे यथार्थ तस्विर । तिमी भित्तामा सधैँ मूर्त बनिराख । फ्लोरेन्स नाइटिङ्गेल तिमी बत्ती लिई नै राख । मजदुरले जस्ताे पसिना बगाई नै राख । ढाबिलाे ढाबमा आफू भासिन सकाैला तर भासिएकाहरूकाे उद्दारकर्ता जिन्दगी भरिकाे एउटा पूर्णपाठ । तिमी पढिइरहने छाै । लेखिइरहने नै छाै ।

मायाप्रणय र प्रेमकाे स्नेहले मनकाे रिक्तता भर्छ । सद्भावले अघाउँछ । भाेकाे बनिदिन्छ सेवाकाे खातिर । सेवा नै उसकाे भाेक हाे । सेवा नै उसकाे भाेजन । भगवान उसकाे खाेज हाे। आयाम उसकाे ब्रह्माण्ड हाे । प्रमाणित उसकाे ज्ञान। सेवा उसकाे श्वासप्रश्वास हाे । सेवा नै उसकाे धड्कन र ज्ञान । पराेपकारमै मन आनन्द बन्छ । दीर्घायुकाे दीर्घब्याम निरन्तर लागिरहनु । कपट, रिस, द्वेष, छक्कापञ्जाबाट टाढा भागिदिन्छ । सेवालाई अमृत मान्छ । धाेका र लाेभकाे धज्जी उडाउँदै पराेपकारले माझ्दै मनलाई हिउँजस्तै कञ्चन बनाउँछ। विचारलाई आकासजस्तै विशाल बनाउँछ । कदलाई सगरमाथाजस्तै उँचो बनाउँछ।
पराेपकार मेराे जात, तेराे जात, मेराे धर्म, तेराे धर्म, मेराे घर तेराे घर, तेराे देश मेराे देशजस्तो विभाजनकाे रेखा कहिल्यै काेर्दैन। ऊ आनन्द रहन्छ सम्पूर्ण जीवात्माकाे सेवाका खातिर । वृहत् र अर्थ र परिभाषा खाेज्दा सजीवमा मात्र हाेइन निर्जीव वस्तुमा समेत उसले प्रेमभाव राख्छ । प्रकृति प्रेममा समेत यसले अन्तर्दृष्टि राख्छ । प्रकृति विकासमा यसले दख्खल राख्छ प्रेममा अन्तर्दृष्टि । प्रदूषणमा दुःखी हुन्छ । प्राकृतिक स्वच्छ विकासमा ऊ खिलखिलाउँछ । विनाशमा उसकाे चित्त दुख्छ त्यसैले त आमा बेलाबखतमा तिमीले आफ्नाे तराजुकाे सन्तुलन आफैँ गरिराख्छ्याै ।
जसरी हरेक वस्तुमा सुन्दरता हुन्छ, त्यसरी नै प्राकृतिक सुन्दरता अनुपम हुन्छ। असुन्दर कुनै पदार्थ हुदैन । त्याे त केवल हेर्ने दृष्टिकाे भेद हाे । नजरकाे अन्तर हाे । हरेक वस्तु सुन्दर हुन्छ । पदार्थ धरतिकै उपज हाे । पदार्थको उच्च कलात्मकता नै सबैभन्दा सुन्दर वस्तु हाे । सुन्दर-कुरूप सजिीवमा छन् । निर्जीवमा छन् । मनुष्यमा छ । जीवात्मा र प्रकृतिमा छ । तसर्थ याे कलाकाे उच्चतम साधनामा विश्वास राख्छ । मनुष्यमा याे दया, माया, प्रेम, सद्भाव र सहकार्य हाे । प्रकृतिमा याे संरक्षण र उच्च कलात्मक विकास हाे ।

जीवात्मामा ऊ प्रेमिल रहन्छ । किञ्चित कसाई बन्न सक्दैन । काेमलता उसकाे पर्यवाची हाे र यसैमा सगाैरव विजय घाेषणा गर्छ । हृदयकाे द्विप तिमी आफू जल्छाै । अरुलाई प्रकाश छरिदिन्छाै । कति गाह्रो हुन्छ हँ आँखाे देख्न ? अन्तर्मनकाे आनन्दकाे लागि पराेपकार । गहन छ । गम्भीर छ । मनभित्र रहेकाे मन नै अन्तर्मन हाे । मन सबैको हुन्छ । पराेपकारी मन तिमी निष्ठुर हुनै सक्दैनौ । क्रुर हुन सक्दैनौ। सेवा तिम्रो आनन्द हाे । कलुषित मन अर्काकाे यातना, दुःख, टस, ठेस, ईर्ष्या र औडाहामा प्रेरित हुन्छ परोपकारी धोका को सट्टा सहयोगकाे । परत्वको सट्टा अपनत्व, बेइमानको सट्टा इमान, उसको सूत्र हुन्छ । सम्पूर्ण जगतकाे सेवा पराेपकारमै परमआनन्द मान्छ ।

मन आनन्द पार्न मनुष्यहरु अनेक तरिकाको अनुशरण गर्छन् । मान्छे हरेक गतिविधिहरू मनले गर्छ र आनन्दकै लागि गरिन्छ । होला अन्तर्मनको आनन्दका लागि कोही मर्निङ वाक गर्लान् । कोही साहित्य सृजना गर्दै होलान् । बढाउँदै होलान् गुरुहरू, पढ्दै हाेलान् विद्यार्थीहरू, खेल्दै होलान् केटाकेटीहरू, कमाउँदै होलान् व्यापारीहरू । चीन कृत्रिम चन्द्रमा बनाउँदैछ। युएई आईसबर्ग प्रोजेक्टमा काम गर्दैछ । सृष्टिका गतिविधिहरु सुविधाका लागि गरिए पनि सुविधा आनन्द प्राप्तिका लागि हो । के अर्थोपार्जन मात्र आनन्द हो ? के घुम्नु मात्र आनन्द हो ? के घुम्नु मात्रले हृदय पुलकित हुनसक्छ ? स्वयं भलो र व्यक्तिगत लाभमा मात्र आनन्द देख्ने हृदय प्रशस्तै देखिन्छन् । तर फरक अन्तर्मनको आनन्दका लागि गरिने परोपकार सामाजिक यथार्थमा समाहित छ। ऊ आनन्दले गदगद त हुन्छ नै तर ऊ केवल परिवारमा मात्र सीमित रहँदैन ।बनिदिन्छ समाजको स्तम्भ सिङ्गो देशको उचाइलाई आरोहण गर्दै संसारमै फैलिइदिन्छ । बगिदिन्छ जसरी बग्छ खोला, जसरी बहन्छ हावा, फैलिन्छ बादल । उसको शरीर लोप होला जगतबाट उसको नाम कालजयी रहिरहने निश्चित छ। उसको मुहार नचिन्ला दुनियाँले उसको नाम कण्ठस्थ रहन्छ । दुनियाँको होष्टे हैंसेमा ऊ छायाँ होला । होलान् प्रतिस्पर्धामा खलनायकहरू तर निर्णयमा ऊ सधैँ नायक बनिदिन्छ र बसिदिन्छ दीनदुःखीहरूको मनमुटुमा। परोपकारी मन ब्रह्माण्डको तारो बनिदिन्छ, आयतन अरुले नै नापिदिन्छन्। सूक्ष्म बनिदिन्छ अरूका खातीर अरू नै उसको आँखो बनिदिन्छन्। होला वर्तमानमा संकीर्ण रहला, भविष्यमा उसको आयतन विशाल रहन्छ। विद्यार्थीका लागि ऊ खोज हो त विज्ञका लागि ज्ञान। मृत्युपर्यन्त पनि ऊ चिर रहिरहन्छ। यो सृष्टिको अनन्तसम्म कालजयी रहिरहनेछ। आम मान्छेहरू एक जीवन बाँच्छन् त परोपकारी अजम्मरी जीवन बाँच्छ।

के सन्तति जन्माउनु मात्र उर्वर हो ? वर्तमानमा उसको कदर नहोला तर पक्का पक्का दिवंगतपश्चात् पूर्वीय दर्शनको कृष्ण हो त पश्चिमी दर्शनको सुकरात जो स्वयंमा अर्जुनदृष्टि रहन्छ। वर्तमानमा उसलाई हेमलक नै पिउन परोस्, भविष्यमा ऊ शाश्वत सत्य हो। वर्तमानमा उनी बोक्रा होला भविष्यमा अग्राख हो।

यसो प्रकृति नियाल्छु। फूलहरु फुलिरहेका छन् । मूल फुटिरहेको छ। खोला बगिरहेको छ। अनाज पाकी रहेको छ। घाम उदाउँछ अस्ताउँछ। समुद्रहरु लहरइरहेका छन्।हिमाल चम्किरहेको छ। दिन हुन्छ। रात हुन्छ सृष्टि माटोमै हुन्छ। विसर्जन माटोमै हुन्छ। लाग्छ, यी प्रकृतिका क्रियाकलापहरू परोपकारकै लागि चलिरहेका छन्। सोच्छु, यस प्रकृतिको सबैभन्दा चेतनशील प्राणी मान्छे पनि प्रकृतिकै देन हो। यसै प्रकृतिका गुणहरु मान्छेमा निहित छन्। अमृत माटोमै छ।‌ विष माटोमै छ। एकै ठाउँमा उम्रिएको अम्बा टर्रो छ। अमिलो अमिलो छ। मेवा गुलियो छ। करेला तीतो छ। यहीँ श्रीखण्ड छ । यहीँ छ काउछो पनि । यस्तैयस्तै गुण समाहित छन् प्रकृतिकै सन्तति मान्छेमा पनि। परोपकारी मन श्रीखण्ड हो त निष्ठुर निर्दयी मन काउछो हो। परोपकारी मन अमृत हो त निष्ठुर मन विष हो ।

मान्छेहरु सुखः खोज्दाखोज्दै विलासितामा विलिन हुन पुग्छन्। अझ आजको विकासको चरम युगमा चिन्तन गर्दा -गर्दा मान्छे मान्छे बीचको सौहार्दता ह्रास हुँदै गइरहेको त छैन ? कैयौं मान्छेले गर्नुपर्ने काम रोबोटले गर्छ। सोफिया भाषण गर्छे। सोफिया मान्छे चिन्छे । सोफिया प्रतिउत्तर दिन्छे। भोलिका दिनमा हिँड्ने बाटाहरूमा रोबोट र मान्छेहरु आआफ्नो काममा सँगसगै हिंड्लान्। अनुसन्धानको लागि मान्छेले सोच्नै नपर्ने होला। कुनै सिस्टमले नै अनुसन्धान गर्ला, गर्नुपर्ने कामहरु रोबोटले गर्ला। भेट्नुपर्ने मान्छे फेसबुकले भेटाइदिन्छ। मान्छेले गर्नुपर्ने कामहरू मसिनले गरिरहेको बेला हामी विकासको रफ्तारमा दौडिरहँदा उद्देश्य के लिनु परोपकार ।

मान्छेको चाहना एउटा पुरा हुन नपाउँदै अर्को जन्मिहाल्छ। यसरी नै चाहनाको पछाडि भाग्दाभाग्दै मान्छेको ईहलीला समाप्त हुन्छ ।यस धर्तीमा मनुष्यको रूपमा जन्मिएपछि मनुष्यको सार्थकता र मृत्युपर्यन्त पनि उसको केही न केही कीर्ति रहिरहोस्। जसले सोच्छ, उसको सदा रहोस् साधना अन्तर्मनको आनन्दका लागि परोपकार परोपकारी मनुष्यको उद्देश्य परोपकार, लक्ष्य परोपकार, दैनिकी परोपकार, मनमुटु सोच परोपकार, ऊ परोपकारमै रमाउँछ, परोपकारमै आनन्द रहन्छ, सुख परोपकारमै खोज्छ। सम्झिन्छु, लक्ष्मीप्रसाद देवकोटाको प्रस्नोत्तर कविताको उद्धरण ।

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ? आफू मिटाइ अरुलाई दिनू छ।

स्याङ्जा, वालिङ-६, मिर्दी