हुँदैन परिभाषा सिर्जनाको । भन्छन् कोही उद्वेग । छन् जन्मजात भन्ने पनि । लेख्छन् कोही सङ्गतले । लेख्नेछन् पढेर पनि । लेखाउँछ वातावरणले पनि । चाहिन्छ कसैलाई सहारा पनि । छन् बाध्यताले लेख्ने पनि । छन् लेख्ने रहरले पनि । लेखाउने छन् पैसाले पनि । अनेक छन् प्रकार लेखकका । हुनुहुन्छ फरक गोपाल अश्क । लेख्नसक्नुहुन्छ पर्नासाथ आवश्यकता । निकालिरहन मिल्ने भण्डारजस्तो कुवेरको । गुगलजस्तै अहिलेको । पाइहाल्ने खोजेपछि ।
सीमा छैन सिर्जनाको । लेख्नुहुन्छ गोपलजी चाहेअनुसार । बाँधिनुभएको छैन एउटै विधामा । बाँडिनुभएको छ अनेक विधामा । चिन्छन् अरूले पनि त्यसैगरी ।
दौडिन्छ कलम धावकजस्तै भोजपुरीमा । पकड छ नेपाली त्यस्तै । प्रवाह छ हिन्दी भाषामा पनि । गर्नुहुन्छ अनुवाद हिन्दी र अङ्ग्रेजीमा पनि । बन्नुभा छ बलियो नै तीन भाषामा । थाहा छैन थाकेँ भनेको कहिल्यै । नलेखेको छैन केही बाँकी । छैन बाँकी विषय पनि केही । लाग्छ कहिलेकहीँ जन्मेकै हुन् लेख्नलाई । भएन पटक्कै कम हुँदा पनि जागिर । थियो रोटीरोजी इन्स्युरेन्सको । पुग्नुभो उपल्लै दर्जामा । गर्नुभाथ्यो प्रवेश टाइपिस्टबाट ।
हो मातृभाषा भोजपुरी गोपालजीको । नजानेरै परेको प्रभाव पिताजीको । नदेखेरै फूल दिएजस्तो बिरुवाले । नभेटेरै फल दिएजस्तो रुखले । गरिरहेजस्तै काम जराले । सुनजाँचकी पिताजी नेपाल बैङ्कमा । बवद्धता बाक्लै आर्यसमाजको । रुचाउने गर्न शास्त्रार्थ धर्मदर्शनमा । लेख्नुहुने कविता गीत पनि ।
सुरज साह सोना नाम पिताजीको । पतियादेवी माताजी । सन्तान हुनुहुन्थ्यो आठौँ गोपालजी । नबाँचेका कोही पनि सातौँसम्म । जन्मस्थान बन्यो वीरगन्ज साल अठारमा । पुकारियो नाम कृष्ण भनेर । बन्यो नाम गोपालप्रसाद सर्राफ । रमाउन थालेपछि सिर्जनामा थप्नुभो अश्क । बनाउनुभो छोट्यार मात्र गोपाल अश्क । बनेको छ परिचय ठूलो नाम भएर यही ।
विद्यार्थी कमजोर विद्यालयमा । खाने लठ्ठी सधैँ । उभिने बेन्चमाथि पनि सधैँ । गर्नुहुन्थ्यो केरकार कविताको नाममा । भए पनि विद्यार्थी त्यही । छापिएको भने पैँतालीस सालमा पहिलो । बन्नुभो बलियो नै साहित्यमा । बनाउनुभो पकड बहुभाषामा । भोजपुरी, नेपाली र हिन्दीमा गति छ निरन्तर । नाघिसके चारदर्जन किताब सबैगरी ।
महाकवि नै हुनुहुन्छ भोजपुरीको । छन् छापिएका महाकाव्य दुई थान । छापिएको थियो खण्डकाव्य सतचालीसमै । नगरेको केही छैन भोजपुरीमा । नभएको पनि छैन केही । लेख्नुभा छ उपन्यास, कहानी । गीतिकाव्य र गजल पनि । छ नाटक पनि । लेख्नुभा छ व्याकरण पुस्तक । बनाउनुभा छ पाठ्यपुस्तक पनि कक्षा नौ-दसको । हुनुहुन्छ कोशकार पनि । भएको छ प्रकाशन प्रज्ञाबाट । प्रज्ञा भोजपुरी-नेपाली-अङ्ग्रेजी शब्दकोश । गर्नुभा छ सम्पादन पत्रिका भोजपुरी ‘गमक’को । छन् अरू पनि धेरै । गर्नुभएको छ अनुसन्धान भोजपुरी लोकसाहित्यको । इतिहास भाषासाहित्यको । बन्नुभएको छ स्तम्भ नै भोजपुरीको । हुनैसक्दैन पूर्ण भोजपुरीमा गोपाल अश्कविना ।
होइन गोपालजी भोजपुरीको मात्र । छन् नेपालीमा पनि त्यत्तिकै योगदान । बन्नुभा छ विशेष लघुकथामा । तयार गर्नुभा छ पहिलो सैद्धान्तिक पुस्तक । ‘लघुकथा प्रक्रिया र पाठ’ । प्रकाशन गरेथ्यो साझाले पैँसट्ठीमा । गजलमा बन्नुभा छ झन् विशेष । मानिनुहुन्छ सशक्त नै । गर्नु भो प्रमाणित ‘प्रेमान्तर’ मा । बनाएर महाकाव्य गजलमा । गर्नुभो प्रयोग । बनाउनुभो पहिलो नै नेपाली साहित्यको । छ समाज ,प्रणय र जीवन नै । निस्किएको थियो गजल महाकाव्य बासट्ठीमा ।
छन् कविता, गीत र गजलका पनि पुस्तक । हिन्दीमा पनि छन् । छन् कतिकति अनुवादका । निवृत्तपछि बनेको छ रोजगारी । गर्नुभा छ अनुसन्धान भाषासाहित्य अनेक विषयमा । छोड्नुभा छैन गर्न समालोचना पनि ।
क्षमता छ अथाह गोपालजीमा । भन्नुहुन्न नाइँ केहीमा । सक्नुहुन्छ गर्न पनि त्यत्तिकै । छ आँट पनि त्यस्तै । बस्नुहुन्न चुपलागेर एकदिन पनि । हुन्छ जहिल्यै लाइन कामको । सक्नासाथ एउटा पालो लागिहाल्छ अर्को । सिर्जना, समालोचना, सम्पादन, अनुवाद, अनुसन्धान । बात छैन जे गर्न पनि ।
बिकाउनुभा छ क्षमतालाई बेस्सरी । भनौँ भा’छ राम्ररी प्रयोग । नराखेर आफ्नो नाम । लेखिदिनुहुन्छ किताब अर्काको । बनाइदिनुहुन्छ लेखक नलेख्नेहरूलाई । लेख्नुहुन्छ थेसिस भाडामा । स्नातकोत्तरको मात्र होइन विद्यावारिधिसम्मकै । गर्नुभा छ काम घोस्ट राइटिङको । सर्टिफिकेट राइटिङको पनि ।
होइन गर्नुभाको रहरले पक्कै । गराउने हो बाध्यताले यस्तै । सङ्केत हो अश्क राखेको सर्राफबाट । हो सम्पन्न हुनसम्मको सिर्जनाले । धनी पनि हो प्रतिभाले । भएन सद्भाव अर्थसँग गतिलो । पछ्याइरह्यो दुःखले सधैँ । सकेन छोड्न साथ कहिल्यै । बाँधेजस्तै गरी डोरीले । दिएको छैन फुत्कन अभावबाट । नभएरै गर्न सक्नुभएन आँट लैजान आमालाई कुम्भमेला । नलैजाने भएपछि एक्लो छोराले । निस्कनुभो नदिई थाहा कसैलाई सुटुक्क । आउनुभएन फर्केर कहिल्यै । गरियो खोजी गर्नसम्मको । गएर ठाउँहरू सम्भावनाका । भएन भेटिनु कतै जति खोज्दा पनि । गर्नुभो संस्कार सल्लाहले मृत्युपछिको । गरेर विश्वास नरहेको सशरीर ।
बनेको छ जीवन सङ्घर्षकै । अभाव र समस्याको भारी सानैदेखि । भएको थियो विवाह पनि सत्रमा नै । पाउनुभएन हिँड्न सुविधामार्गमा न सुविधानगरमा नै । परिरह्यो पैताला अभावकै माटामा । नखोजेको पनि होइन गर्न केही । नगरेको पनि होइन काम सानो-सानो पनि । गनुभो काम कपडा पसलमा । सक्नुभएन बस्न त्यहीँ । बेच्नुभो कपडा फुटपाथमा । मागेर पैसा पिताजीसँग । डुब्यो सावाँ पनि गर्न खोज्दा कमाइ ।
ल्याउनुभो कपी रक्सौलबाट । बेच्नुभो उभिएर हातैहात । भएको कमाइले भर्नुभो पेट । नभएपछि काम । नसकेपछि कमाउन । लाग्नुभो भारत सिक्न पेन्टिग । फर्केर चलाउनुभो एकवर्ष पूजा आर्टस । बनेर पेन्टर आफैँ । चलेन व्यवहार त्यसबाट पनि । बनाउन थाल्नुभो चित्र देवीदेवताका । बसेर सडकपेटीमा नै । मात्र चलिरह्यो जीवन जसोतसोमात्र ।
जन्मिइन् छोरी त्यही बेला अस्पतालमा । नभएर पैसा सक्नुभएन निकाल्न दिनभरि । माग्नुभो सापटी भनेर पेस्की । गएर घर-घर ट्युसन पढाउनेहरूका । सक्नुभो ल्याउन घर रातिमात्र ।
चढिरहनुभा छ पहाड समस्याका सानैदेखि । बनाउनुभो घर फेरि आँटैले काठमाडौँमा । भए पनि थातथलो । भएन सजिलो त्यसपछि पनि । देखेनन् दुःख देख्नुपर्नेहरूले । होला नबुझेर बुझ्नुपर्नेहरूले । बोक्नुहुन्छ भारी समस्याको उठ्नासाथ बिहान हरेक ।
वर्ण छ कालो । उज्यालो छ अनुहार । होचो छ कद । अग्लो छ उत्साह । आँट पनि छ त्यस्तै । प्रतिभा छ प्रशस्तै । अनेक छन् कला । काम अक्षरको मात्र होइन । आवरणचित्र बनाउनुभो आफ्नै किताबको । बनाउनुभो अरूको समेत एकाउन्न ओटा । चिनिनुपर्ने हो कलाकार गोपाल पनि ।
बनाउने चित्र मात्र होइन । गर्नुभो अभिनय पनि नाटकमा । नगर्ने को पो छ र जीवनमा । हुन् सबै कलाकार नै जीवनका । मञ्चन गर्नुभा छ रङ्गमञ्चमा धेरै । गाउनुहुन्थ्यो गीत पनि त्यत्तिकै स्कुलमा । गाउनुहुन्छ अहिले पनि गजल ।
लेख्नुभा छ नाटक । गर्नुभा छ अभिनय र निर्देशन पनि । पारेर छठ गर्नुभो हिन्दीमा नाटक सुरुमा । लेखेर आफैँ गर्नुभो सडकनाटक पनि । गर्नुभो भोजपुरीमा त झन् धेरै नै । ल्याउनुभो पटकपटक प्रज्ञाको महोत्सवमा । बनेर जिम्मेवार लेखक, निर्देशक, कलाकार र व्यवस्थापक पनि । शतवार्षिकी सम बालकृष्णकोमा पनि गर्नुभो नाटक भोजपुरी नै । गरेको थियो महोत्सव प्रज्ञाले राष्ट्रिय नाटकको । थियो नाटक ‘बाबा हो तहरा लाजो ना लागे’ । खेलाउनुभो नाटक छोरीहरू पूजा र रूपालाई । छोरीकै भूमिकामा एक जना र बुहारीको भूमिकामा अर्को । नाट्य संस्था थियो आफ्नै -पहचान नाट्य परिषद् ।
छन् क्षेत्र अरू पनि । होइन परिचय यति मात्रै गोपालजीको । अनुभवी पत्रकारिताको पर्याप्तै । बन्नुभाथ्यो नेपाल संवादाता छत्तीस सैँतीस सालमा । ‘बजिकाञ्चल’ पत्रिका भारतको । निकाल्नुभो दैनिक पत्रिका पनि । प्रकाशन हुन्थ्यो वीरगन्जबाट ‘अङ्कुश’ । जिम्मेवारी थियो प्रधानसम्पादककै । कुटाइ पनि खानुभाछ भएर पत्रकार नै आन्दोलनमा बासट्ठीको ।
साधना साहित्यको । पत्रकारितामा नेतृत्व सम्पादकीयको । अनुसन्धान भाषासाहित्यको । कलाकार चित्रकलाको । कलाकार अभिनयको । बनेको छ पेसाजस्तै अनुवादको । भएर पनि यति धेरै व्यक्तित्व । हुनुहुन्छ पानीजस्तै तरल र सरल ।
छौँ हामी सहकार्यमा नै । उन्नयनमा लघुकथाको । हौँ माली लघुकथाको । भइरहेको छ काम निरन्तर । भएका छन् यात्रा पनि साथसाथ । भएका छन् परिणाम । गएका थियौँ भैरहवा । कार्यक्रम थियो सत्तरीमा सिद्धार्थ साहित्य परिषद्को । पुरस्कृत हुनुहुन्थ्यो गोपालजी । साक्षी सम्मानको थिएँ म । परेको थियो छठपर्व त्यही बेला । छोड्नुभो पर्व नाममा साहित्यको । भए पनि तराईबासी ।
थियौँ औपचारिक त्यसअघिसम्म । बनायो हार्दिक यात्राले । गरिरहेका थियौँ कुरा साहित्यिक । उठाउनुभो प्रश्न गम्भीर । नेपाली साहित्य भनेको नेपाली भाषा मात्रै हो त ? उपेक्षा गरिरहेका छन् अरू भाषालाई किन ? प्रश्न पस्यो भित्रसम्मै मेरो । यस्तै छ भइरहेको । तीतो तर सत्य । थिएँ नेतृत्वमा मधुपर्कको । दिएँ वचन त्यही समय । निकाल्ने विशेषाङ्क मधुपर्कमा । निस्कियो पनि बहत्तरमा । कायम गर्यो कीर्ति । गैर नेपाली साहित्यको विशेषाङ्क प्रकाशनले मधुपर्कको ।
गयौँ एकपटक चरीकोट । कार्यक्रम लघुकथाकै । पर्यौँ हामी सँगसँगै बसमा । गर्दै कुरा भयो सल्लाह मिलेर गर्ने प्रज्ञामा । निस्कियो परिणाममा ‘प्रतिनिधि नेपाली लघुकथायेँ ।’ सहभागी छु सयौँ यात्रा साहित्यकै । नमिलेको छैन आजसम्म कुरा कसैसँग । रमाइलो हुन्छ सन्दर्भ साहित्यमा । हुन्छ रोचक पनि त्यत्तिकै । अनुभव छ अनेक-अनेक । भएका छन् परिणाममुखी गोपालजीसँगका । होइनजस्तो लाग्छ संयोग मात्र यो ।
बोल्नुहुन्छ भेटघाटमा मज्जाले । बन्नुहुन्छ सचेत औपचारिकमा । बन्नुहुन्छ सजिलो अनौपचारिकमा । छैनजस्तो एकटुक्रा पनि लुकाउने ठाउँ मनमा । हुन्छन् कुरा पारदर्शी । एक्सरे गरेजस्तै कुराको । नछोपिने गरी कुनै अंश । सक्नुहुन्न लुकाउन र सक्नुहुन्न ढाँट्न पनि जस्तो ।
होलान् गरेका दुरुपयोग पनि कतिले । परेको होला अप्ठेरो पनि । हुँदैनन् सबै इमानदार नजिकैका पनि । हुन्छन् पर्खिरहने मौकासाथी पनि । हुँदैन समस्याको भन्दा बढी नजिककै । धोका पाउनुभाकै होला आफ्नाबाटै । सिक्नुपर्छ पाठ लेख्नेले नै । बन्नुभाछ मर्माहत पटक-पटक । व्यवहारको गाँठोमा आफ्नै । दिनुहुन्न दोष कसैलाई । दुखिरहनुहुन्छ निचोरेर आफैँलाई । देखाउनुहुन्न कसैलाई । पचाएजस्तै अभाव, समस्या र पीडा । विष पिएर महादेवजस्तै । बस्नुहुन्छ बनेर नीलकण्ठ ।
बलियो छ व्यक्तित्व गोपालजीको । बन्नुभएको छ स्तम्भ नै भोजपुरी भाषासाहित्यको । नाटक र व्याकरणको पनि । कोश र पाठ्यपुस्तको पनि । भएको छ काम विशेष नेपालीको पनि । बन्नुभएको छ अग्लो सिर्जनाले । अग्लो योगदानले । छैन दम्भ पटक्कै । हुनुहुन्छ शालीन समुद्रजस्तै ।
गर्नुभएको छ काम उमेरभन्दा बढी । भएको छैन नापजोख कामको हुनुपर्ने जति । कुरै छैन नहुने मूल्याङ्कन । हुन्छ मात्र ढिलोचाँडो । कुर्ने हो दिन बाँच्नलाई । गर्ने हो आशा भविष्यको ।
पढेपछि गोपालजीलाई । बुझेपछि गोपालजीलाई । उठिरहन्छ प्रश्न आफैँसँग । चिन्ने हो कि गोपाल अश्कलाई चिनाउने ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।