थियौँ अमेरिकामा त्यो बेला । सँगै बस्थ्यौँ साथी दीपक र म । शहर थियो सेन्ट जोसेप । राज्य थियो क्यान्सस । तीन तलाको थियो बस्ने घर । अपार्टमेन्ट दुईवटा थिए भुइँ तलामा । एउटामा हामी र अर्कोमा डेबिट परिवार ।
अग्लो थियो डेबिट उन्नतीस वर्षको । टाटु नै टाटु थिए हातका पाखुरामा । नाडी र घाँटीमा पनि त्यस्तै । मोटीमोटी र होची थिइन् उनकी श्रीमती टिप्mनी । सन्तान थिए तीन । स्कुल जान्थ्यो इटर । सात वर्षको थियो ऊ । दुई वर्षको थियो दानेल । छोरा थियो काखमा पनि ।
महिना थियो फेबु्रअरी सन् नौको । उत्रिएँ एयरपोर्टमा लामो यात्रापछि । आएका थिए लिन दीपक ,डेबिट र टिप्mनी । भेट्नासाथ ग¥यौँ परिचय पहिला । बस्यौँ गाडीभित्र उनीहरुकै । हेरेँ घडी । बजिसकेको थियो रातिको एघार । आएको थिएँ काठमाडौँबाट । क्यालिफोर्निया हुँदै क्यान्सस ।
चिसो थियो असाध्यै । चलाइन् गाडी टिप्mनीले । सल्काइन् चुरोट पनि । थियौँ पछाडि तीनजना । ग्लास दियो दीपकले कागजको । सोेचेँ होला दिन पानी वा जुस । राखिदियो ह्विस्की बोतलबाट । परेँ छक्क एकछिन । थाकेको थिएँ यात्राले मज्जासँग । लाग्यो पनि खुशी । पिउँँदै गरेका निकाले ग्लास उनीहरुले । ठोक्यौँ ग्लास र भन्यौँ चियर्स । अनौठोसँग भयो पहिलो भेट र परिचय डेविट र टिफ्नीसँग ।
सहयोगी थिए उनीहरु । सघाउन आएका थिए दुवैजना त्यहाँ सरेको दिन । केही थिएन कोठामा अरु सुत्नेकुरा बाहेक । देखियो खालीखाली । चित्त बुझेन उनीहरुलाई । ल्याइदिए सोफासेट आपैm कहाँबाट ।
ज्वरो आयो मलाई एकपटक । पल्टिरहेको थिएँ एक्लै । भइरहेको थियो जाडो । ल्याइदिए थप ओढ्ने । ताप्ने हिटर पनि । राखिदिए घडी टेबलमाथि । ल्याइदिन्थे कहिले बंगुरको मासु । कहिले टर्कीको मासु । कहिले केक त कहिले तरकारीहरु । जानेनौँ शुरुमा कोठा तताउने टेम्परेचर मिलाउन । आइदिन्थ्यो डेबिट नै पटकपटक । गफ गथ्र्यो मिलाएपछि मज्जाले । आइरहन्थे उसका बच्चाहरु पनि बेलाबेलामा । एकै भएजस्तो परिवार ।
हार्दिक थियो डेबिट । गथ्र्यो कुरा पनि व्यावहारिक । थियो सहयोगी नै । लाग्थ्यो सज्जन पनि । हुन्थ्यो यस्तै सामान्य अवस्थामा । पिएपछि बन्थ्यो पुरै फरक । हो जस्तै लाग्थेन त्यही मान्छे । पिउँथ्यो प्रायः बियर । बन्थ्यो अनि पुुरै पागल । गर्नथाल्थ्यो व्यवहार पुरै अभद्र ।
थिइन्् टिफ्नी पनि त्यस्तै । बोल्थिनन् कहिले आँखैअगाडि पर्दा पनि । कहिले गर्थिन् नजिकैजस्तो व्यवहार । हुन्थ्यो एक हातमा चुरोट । च्यापिरहन्थिन अर्को हातले बच्चा ।
पढ्थेंँ कि लेख्थेंँ हुँदा एक्लै कोठामा । देखेको थियो डेविटले पटकपटक । खोज्थेन गर्न डिस्टर्ब । भन्यो एकदिन सिधै –‘यो अमेरिका हो ओम, अमेरिका ! नेपाल होइन । काम मात्र जीवन होइन । रमाइलो गर्न सिक र रमाइलो गर ।’
लाग्यो मसँग पिउन खोज्यो आज । लाग्यो प्रस्तावजस्तो नभनीकन राखेको । स्वीकार गरेँ सहजै । भनेँ पिउने हो त ? कुरै थिएन नमान्ने । गयौँ बाहिर दुवैजना । फर्किँदै थियौँ किनेर । जानभन्यो उसकै कोठामा । चुस्की लगाउँथ्यो थोरैथोरै बोतलबाट । सकिनासाथ समातीहाल्थ्यो अर्को । छोडेन उसले पिउन धेरै बेरसम्म । जान खोजेंँ कोठामा आप्mनै । दिएन जान उसले ।
भन्यो कडासँगै –‘मेरो नसकेसम्म तिमी जान पाउँदैनौं । यो नियम हो । तिमी अमेरिकामा छौं नेपालमा होइन ।’ लाग्यो गल्ती गरेँ भन्ने । भनेँ मनमनै पिउँदिन अब डेबिटसँग ।
पन्छिन खोजेँ उसँग त्यसपछि । टाढिएजस्तो पनि बनेँ अलिअलि । पुरानो सम्बन्ध थियो दीपकसँग । आउँथ्यो त्यसैले कहिलेकहीँ । आइहाल्थ्यो पिएको बेला ढोका ढकढक्याउन । न रात न दिन जहिल्यै । सुतिसकेको बेलामा पनि बोलाइरहन्थ्यो उसलाई ।
दिन थियो शुक्रबारको । निम्तो ग¥यो राति खानाको लागि । आउन नसक्ने भनँें मैले । थियो पनि काम । मानेन उसले पटक्कै । गरेपछि बल सकिँन हार्न । दियो स्न्याक्स हल्का र बियर । बज्न लागेको थियो एघार । कुरै गरेन खानाको । गएँ कोठामा । पकाएँ खाना र सुतेँ । बसिरहेको थियो दीपक उसँगै ।
आए तीन बजेतिर दुबै । गफिन थाले ठूलोठूलो आवाजमा । जानुपथ्र्यो छ बजे बिहान । रिस उठ्यो दुबैजनासँग । गइहाल्न भने डेबिटलाई रिसाएर । ‘मलाई जा भनेको भनेर सोध्यो कडासँग । भनेँ फेरि गइहाल्न । निस्कियो कोठाबाट कराउँदै ठूलो आवाजले ।
माफी माग्यो भोलिपल्ट भेट्नासाथ बिहान । ठानेँ अमेरिकी होला संंस्कार यस्तै ।
आयो एक दिन माइकल कोठामा । चिनजान थियो सामान्य । रहेछ डेबिटको बाबु । बतायो जेल बसेको आठ वर्ष डेबिट । लाग्नथाल्यो डर त्यसपछि । सङ्गत अपराधीसँग भएकोमा । सतर्क बनेँ सकुन्जेल । बन्नखोजेँ औपचारिक मात्र । आउँथ्यो कुरा गर्न दीपकसँग कहिलेकहीँ । नआइछोड्थेन मातिएको बेला । दिक्क लगाउँथ्यो अनेक गफ गरेर ।
दुर्भाग्य बन्यो त्यस्तै । बस्नुप¥यो उसकै अपार्टमेन्टमा केही दिन । अन्त्यतिर थियो फेब्रुअरीको । गयो बत्ती हामी कहाँ । नाममा रहेछ बत्ती हामीअघि बस्नेको । निवेदन दिएछन् नाम हटाउन । सार्नुपर्ने भयो हामीमध्ये कसैको नाममा । नगरे समयमा नामसारी । लाइन काटिने बताएको थियो डेबिटले । भन्यो आफ्नो नाममा गरिदिनसक्ने । शर्त थियो तिर्न बाँकी शुल्क तिरिदिनुपर्ने उसको । भनेअनुसार थिएन धेरै बाँकी । चाहेनौँ हामीले खराब मान्छेको नाममा गर्न ।
बस्थ्यो हामीसँगै त्यतिबेला भारतको निखिल । गर्नखोज्यो उसले आफ्नो नाममा । भएन अन्त्यमा । शुक्रवार थियो नामसारी भइसक्नुपर्ने अन्तिम दिन । नभए नामसारी काटिने दिन थियो लाइन । जोडिन्थेन घटीमा पनि सोमवारसम्म । भयो पनि त्यस्तै । कोसिस गरेको थियो निखिलले । काटियो लाइन प्रमाणित हुननसकेर उसका कागजात ।
समय थियो जाडोको । बस्न सकिन्थेन हिटिङ विना एकछिन पनि । गर्ने के ? जाने कहाँ ? थिएन केही पनि । साथीकहाँ जान्छु भनेर गयो निखिल । धन्य, मिलाइदियो डेबिट र टिप्mनीले नै । व्यवस्था गरिदियो उनीहरुकै अपार्टमेन्टमा । पठायो दुईजना बच्चालाई आफन्त कहाँ हाम्रो लागि । कोठा थियो उनीहरुकै हामीलाई । बनाउँथ्यौं खाना पनि त्यहीँ । जान्थ्यो खानलाई मात्र आप्mनो ठाउँमा ।
दिन थियो बुधबारको । थिएन जानुपर्ने कुनै ठाउँ । बाँकी थिए पढ्न लाइब्रेरीबाट ल्याएका किताबहरु । बढेको थियो निकै चिसो बाहिर । सकिन्थेन निस्कन कतै । हेरिरहेको थिएँ टिभी । बसेर कोठामा उनीहरुकै ।
लागिसकेको थियो दिक्क बसेर दिनभरि कोठामा । गएँ आप्mनै अपार्टमेन्टमा । बजिसकेको थियो पाँच । शुरु गरेँ लेख्न । भएको थिएन आधा घण्टा पनि । सकिँन सहन चिसो । फर्किन खोजेँ उनीहरुकै कोठामा । लागिसकेको थियो ताल्चा ढोकामा । बाहिर गएछन् सबैजना । गर्ने के होला अब ? परेँ म अलमलमा ।
अपार्टमेन्ट एउटै तलाको भए पनि पस्ने ढोका थियो फरकफरक । कुर्नथालेँ बसेर लबीमा । आए आधा घण्टाजतिपछि । ल्याएका थिए खानेकुरा पनि । खाए सबैजनाले । दिए मलाई पनि । खाइनँ मन नलागेर । बोलेकी थिइनन् टिप्mनी दिनभरि बस्दा पनि कोठामा । बोलिरहेका थिए डेबिट र बच्चाहरु मात्र । लागेको थियो अप्ठ्यारो निकै । मन नपराएकोजस्तो लाग्यो उनीहरु कहाँ बसेको । नबुझेको त होइन उनको स्वभाव । कुरा उनीहरुकैँ बस्दाको भयो । ।
परिसकेको थियो साँझ । सोध्यो बियरको लागि डेबिटले । पिएपछि बौलाउँथ्यो ऊ । भन्न सकिनँ नाई भनेर । बसिरहेका थियौँ तीन दिनदेखि उसैकहाँ । पठाएँ लिन उसैलाई पैसा दिएर । बियरसंगै ल्यायो माइकललाई पनि । डेबिटको बाउ । आइपुग्यो दीपक पनि नौबजेतिर । तात्न थालेपछि बियरले । नाच्न थाल्याँैं हामी म्युजिक बजाएर ।
मात्तिनेमा माइकल नै थियो बढी । सुत्न गयो हामी सुत्ने कोठामा । खानापछि गयौँ हामी पनि त्यही कोठामा । टिफ्नी गइसकेकी थिइन् आप्mनै कोठामा । कुरा गरिरहेथ्यो डेबिट फोनमा ।
निस्किन् बाहिर केहीबेरपछि टिफ्नी कोठाबाट । टिभी हेरिरहेको थियो डेबिट । कुरा गरे खासखुस सानो आवाजमा । बड्दै गयो क्रमशः आवाज दुबैको । हुनथाल्यो भनाभन चर्को आवाजमा । चिच्याउँदै छिरिन् कोठामा टिप्mनी । कराइरह्यो डेबिट एक्लै ।
निदाइसकेको थियो दीपक । निदाउन सकिँन उनीहरुको झगडाले । होला आधा घण्टा जतिपछि । निस्किन् फेरि टिफ्नी कोठाबाट । कराउन थालिन् एकनासले । विवाद निकै चर्को भयो यसपटक । रुँदै कराउँदै थिइन् टिप्mनी । बढ्दै थियो भनाभन । आवाज सुनियो यताउति फ्यालेका सामानहरु । हान्दैथियो लात्ती सोफामा पनि डेबिट । हान्थ्यो कहिले ढोकामा पनि । कराउँदै निस्कियो बाहिर ढोका खोलेर । फकाउन खोजेकोजस्तो पनि सुनियो टिप्mनीले । कराउनथाल्यो बाहिर बसेर झन् चर्को स्वरमा । खवर गर्नेछ अब पुलिसलाई माथि बस्नेहरुले । आउने छ र लैजाने छ पक्डेर । भएन त्यस्तो केही । डर थियो साक्षी हुनुपर्ने होकि भनेर ।
निदाइरहेको थियो मस्तसँग दीपक । हेरँें घडी मैले । बज्नै लागेको थियो बिहानको चार । साढे पाँचमा गइन स्टोर खोल्न टिप्mनी । नबस्लान् भोलिदेखि सँगै पनि । सुनेको थिएँ हुन्छ नै यस्तै । नभए पनि केही त्यस्तो । नबोल्लान् केही दिन एकआपसमा । थाहा नपाइ निदाएछु कतिखेर ।
आयौँ साँझ बस्न बास । कुरा गरिरहेका थिए हिजोअस्तिजस्तै । केही हुँदै नभएजस्तो हिजोको रात । अचम्म लाग्योे अमेरिकी पारा । परालको आगोजस्तो भन्छन् लोग्नेस्वास्नीको झगडा । फरक नै छन् यिनीहरु । यतिको अचाक्ली नहोलान् अरुका । घरै भत्काउलाजस्तो गरेर गर्छन् झगडा । सरी सरी भन्छन् एकैछिनमा । जोड्न थालिहाल्छन् ओठ फेरि । अचम्मको छ संंस्कृति यिनीहरुका ।
गरिदिएँ थाहा नपाएजस्तै मैले पनि । झगडा नै नभएजस्तो रातभरि । थाहा नै नपाएजस्तो गरी ।
नजिकै थियो कन्भिनेन्स स्टोर । काम गथ्यौँ तीनजना । हुनुपर्नेभन्दा पैसा कम भयो स्टोरमा फेरि । बराबरी तिर्नुपर्ने बतायो मेनेजर हबिबले । मानेनौं दीपक र मैले । भइसकेको थियो पटकपटक पहिले पनि । भन्यौँ ,गल्ती गर्नेले नै तिर्नुपर्ने । हेर्न भन्यौँ भिडियो सिसी क्यामरामा ।
मान्यो हबिबले त्यही । खोल्यो सिसी क्यामरा । देखियो दृश्य अनौठो । पसेछ मध्यरातमा टिफ्नी । खोलेछ सेफ । झिकेछ पैसा । फर्कियो फेरि ढोका लगाएर । भेटियो पूरै प्रमाण । छक्क प¥यो हबिब । तीनछक्क हामी झन् । फोन ग¥यो टिप्mनीलाई र आउन भन्यो तुरुन्तै । आइहालिन् केही मिनेटमै । कराइन रिसाउँदै ‘ के म गरिब छु भनेर चोरको आरोप लगाएको ।’
नबोली देखायो भिडियो हबिबले । बन्द गरिन् मुख र निहुराइन् टाउको । निकालिदियो कामबाट । फिर्ता लियो साँचो । पुलिसलाई भने गरेन खबर । सानैै भएकाले बच्चाहरु । गरिदियो माफी । अन्यथा परिहाल्थिन् पक्राउ ।
बिग्रियो सम्बन्ध त्यसपछि उनीहरुको दीपकसँग । पछाडिको ढोका ढकढकायो त्यही राति डेबिटले । साढे तीन बजेको थियो घडीमा । आयो झगडा गर्न भन्ने ठान्यौ मात्तेर । ढोका खोलिदियो दीपकले । गर्नथाल्यो कुरा सामान्य । उठिसकेको थिएँ म पनि । खासै भनेन केही । डाक्यो भोलिपल्ट कोठामा । दिएछन् धम्की उनीहरुले ।
‘तिमीहरुले मेरी श्रीमतीलाई कामबाट निकाल्यौ । अब तिमीहरुलाई पनि छोड्दिन र स्टोर पनि बन्द गराइदिन्छु ।’ कराएछ आक्रोशित भएर डेबिट ।
हुनथाल्यो तनाव त्यसपछि । फाइदा पनि लिनथाल्यो उसले । लैजानथाल्यो सित्तैमा सामान स्टोरबाट । माग्नथाल्यो पैसा पनि । भन्नसकेको थिएन मलाई केही पनि । तनाव दीपकलाई दिए पनि भइरहन्थ्यो मलाई पनि । गराएपछि जानकारी हबिबलाई । थर्कायो डाकेर दुबैलाई ।
भन्यो हबिबले ‘अब पनि उनीहरुलाई केही भन्यौ वा गर्यौ भने यो भिडियो देखाएर म एक मिनेटमा टिफ्नीलाई जेल पठाइदिन्छु ।’
बोलेनन् त्यसपछि हामीसँंग । भएन सम्बन्ध केही पनि ।
नेपाल फर्किएको दिन थियो दीपक । मात्तेर आयो राति डेबिट हल्ला गर्दै । बस्थ्यो त्यतिबेला भारतकै कृष्ण । निहुँ खोज्यो उसँगै । कराएछ टिफ्नीसँग पनि कोठामा गएर । परेछ झगडा ठूलै । बत्ती निभाएर सुतिहाल्याँै हामीं । डर थियो आउला फेरि डेबिट भनेर ।
थाहा भयो भोलिपल्ट । पक्डाउ परेछ त्यही राति ऊ ।
हात हालेछ झगडा गर्दा टिफ्नीलाई । फोन गरेछ पुलिसलाई । मार्न लाग्यो मेरो लोग्नेले भनेर ।
जेलपरेको सुनाएको थियो माइकलले । ढुक्क भएको थिएँ त्यसपछि ।
देखाप¥यो फेरि ठीक एक महिनापछि ऊ ।
भेट्यो मलाई र भन्यो – ‘टिफ्नीले सोध्यो भने मलाई भेटेको नभन्नु ।’
मतलब थिएन केही पनि । लाग्यो दिनेभो दुःख फेरि ।
गफ गरिरहेका थियौं खाना खाएर त्यही राति । थियौँ पछाडिको ढोकामा । बजेको थियो रातको एघार । देखियो डेबिट आएको हल्लिदै । हातमा थियो बोतल बियरको ।
ढोका बन्द गरेर निभायौँ बत्ती । आउला भनेर ऊ । हेरिरह्यौँ झ्यालबाट । थियौँ हामी मधु, निराकार र म । आयो अगाडि सरासर । टिप्यो ईंंटा भुइँको । हान्ने हो कि भ्mयालमा भनेर स¥यौँ पछाडि हामी । हान्यो जोडले टिप्mनीको गाडीको सिसामा । झ¥याम्म आवाज आयो फुटेको । बर्बरायो केहीबेर त्यहींँ बसेर । कराउँदै ग¥यो त्यसपछि जितेजस्तो गरेर ।
खबर ल्यायो भोलिपल्ट माइकलले । पक्राउ परेको डेबिट फेरि ।
भन्यो निकै दुःखी भएर –‘मेरो छोरा कहिले नसुध्र्रिने भयो । एक महिनापछि हिजो मात्रै जेलबाट आएको थियो । हिजै टिप्mनीको गाडीको सिसा फुटाएर हल्ला गर्दै हिंडिरहँदा पक्राउ परेछ । के गर्ने ? आठ वर्ष जेल बसेर आउँदा पनि नचेतेको मान्छे, अब के सुध्रिएला र ?
भएँ फेरि ढुक्क । भएन धन्य त्यस्तो केही । आएर अमेरिकामा । सम्पर्क भयो त्यस्तो आपराधिक मानसिकतासँग । डर लाग्नथाल्यो त्यसपछि झन् । जेल परिसकेको भए पनि डेबिट ।
बाँकी केही दिन मात्र थियो बस्नलाई यहाँ । जाँदैथिएँ क्यालिफोर्निया त्यहीँबाट । सहभागी हुन साहित्यकै कार्यक्रममा । थियो अनेसासको सम्मेलन ठूलै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।