साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

केही अनुत्तरित प्रश्नहरु

निबन्ध

Chovar Blues Mobile Size

छोरी जन्मिई भने लक्ष्मी आइन् भन्ने चलन पुरानाे नै हाे । त्यही चलनमा जन्मेर आमा बाबाकाे न्यानो काखमा हुर्क्याै पढ्याै । समाजलाई चिन्न सक्ने भयाै । बालपनका यादहरुले सजिएको त्यो गाउँ, त्यो घर ती साथीभाइ, ती परिवारका सदस्यहरु आँखा वरिपरि छन् । जन्म दिने आम र कर्मका लागि प्रेरित गर्ने बुबा अहिले पनि साथमै रहेकाे अनुभूतिले भिजेकी छु । धेरैधेरै माया गर्ने आमा, बाबा, भाइ, बैनी र साथीभाइहरूलाई त्यागेर समाजका तथाकथित परम्परालाई आत्मसाथ गर्दै आफ्नो थर र गोत्रसमेत परिवर्तन गरी दान गरिएकी अर्थात् कन्यादान दिएकी छोरीको त्यो क्षण बिर्सन सकिँदैन ।

बाबा-आमाको काखबाट रुँदैरुँदै बिदा भए पनि विवाह मण्डपमा खाएको कसमलाई अहिलेसम्म सम्झिरहेकी छु। काे हाे काेसँग जीवन समर्पण गरी उनैलाई आत्मसात गरेर जीवनका सम्पूर्ण सपनाहरू आँसुमा बगाउँदै आएँ । हिजाेकाे त्याे बाल्यकालीन यादहरूमा बाँचेका दिनहरू सम्झेर दिनहरू कटाइरहनु परेकाे छ । दुःख र पीरका आँसुसँगै आफ्नाे जन्मघरमा पूर्णविराम लगाएर हरेक महिला जसरी बिदा हुन्थिन्, हो त्यसैगरी म पनि बिदा भएकी थिएँ ।

नयाँ बाटो, नयाँ घर, नयाँ परिवार, नयाँ मानिसहरूसँगकाे बोलीचाली मलाई अनौठाे लाग्थ्याे तर थाहै नपाई घुलन हुनुपर्दथ्याे र म स्वयं घुलन भएँ पानीमा चिनी घाेलिएझैँ । त्यतिबेला सम्झन्थे सबै चेलीहरु सायद यसरी नै आफ्नाे सम्पूर्णता लगेर भिन्न परिवेसमा घुलिएर बाँच्दा हुन्। मैलेझैँ उनीहरूले पनि आफूलाई अनाथ सम्झिए हाेलान कि ?

दिन बित्दै गयो ।शुरू शुरूमा त लाग्दथ्याे यो संसारमा म जति भाग्यमानी कोही छैन । म जति राम्रो कोही छैन । म जति प्यारी कोही छैन । मैले गरेका हरेक काम सबै राम्रा छन् । बिस्तारै यसरी नै दिन बित्दै गए । रात बित्दै, गए । समय बित्दै गयो । ममाथि नयाँ जिम्मेवारी थपिन थाल्यो । मैले गरेका सारा कामहरु बिस्तारै बिस्तारै नराम्रो लाग्न थाल्यो। म नराम्री लाग्न थालेँ । घरमा लक्ष्मीको बास हुन छाड्यो।

अनि श्रीमानले सोच्न थाल्छ्न् अर्की ल्यायो भने घर स्वर्ग हुन्छ । त्यही पुरुषले सोच्न सक्दैन, मेरा पनि दिदीबहिनी छ्न्, नभए आमा त अवश्य हुनुहुन्छ। म त्यही आमाको कोखबाट जन्मेको हो, मेरी श्रीमती पनि त्यही महिला हो, जसलाई मैले अग्नि साक्षी राखी ल्याएको हुँ, त्यहीबेला मेरी आमालाई यही चोट परेको भए मैले के सोच्थे होला भनेर …… ।

एउटा पुरुषले दोस्रो श्रीमतीसँग खुसी भएर हिँडिरहँदा सारा खुसी र रहरहरु खुट्टाले कुल्चिएर श्रीमानको गुणगान गाउनु पर्ने । उसको नाउँको चुरा, पोते, सिन्दुर लाउनु पर्ने । समाज यो कस्तो विडम्बना हाेला ? पुरुषले किन सोच्न सक्दैनन् उसको पनि आत्मा हो । ऊ पनि कसैको छोरी हो । उसका पनि हर रहरहरु हुन्छन्। कुनै पनि पुरुषले किन सोच्न सक्दैनन् छोरी हुनु उसैमा अभिसाप होइन, अवसर पाए भने उनीहरू पनि एक दिन आर्थिक रूपमा स्वतन्त्र मह्सुस गर्ने छ्न्, प्रत्येक पुरुषलाई अगाडि बढ्न हौसला दिने छ्न्। अवसर पाएको खण्डमा महिलाले पनि स्कुल कलेज अस्पताल प्रशासन आदिमा आफ्नो कुशलता देखाउन सक्ने छ्न् तर समाजमा अझै केही कुरीति छ्न्, जसले महिलालाई अघि बढ्न रोकिरहेको छ। जस्तै दाइजो प्रथा, छाउपडी आदि । नारी विरोधी परिपाठ र सोचलाई धक्का दिँदै आफू सशक्त हुन जरुरी छ ।

sagarmani mobile size

भनिन्छ एउटा बाबु शिक्षित भए ऊ मात्रै शिक्षित हुन्छे तर एउटी आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ । नारीको महत्त्व बुझाउने यो भन्दा अर्को भनाइ खोजिरहनै पर्दैन । यो घर, परिवारको कुरा मात्र होइन । यो त विम्ब हो, नारीले समाजलाई परिवर्तन गर्न सक्छिन् भन्ने कुराको ।

जुनसुकै प्राणी पनि विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वाभाविक फेरि आकर्षणको अर्थ हिंसा हैन । मायामा कर, बल, तर्क अनि शरीर होइन, मन जित्न सक्ने पुस्ताको खाँचो छ । नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाको विजारोपण गर्न आवश्यक छ । शरीर हैन, मन जित्ने कला सिकाउन जरुरी छ अनि यो सिक्न जरुरी छ कि, नारी पुरुषसँगै हिंड्ने समान समाज आजको आवश्यकता हो ।

जसरी पार्वती बिनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी बिनाका विष्णु आधि छन्, राधा बिनाका कृष्णको कथा रोमाञ्चक हुन्न, त्यसैगरी नारीको प्रेम र आत्मियता बिना पुरुष र पुरुषको साथ र सम्मान बिना महिला पूर्ण हुँदैनन् ।

कुनै पनि पुरुषले किन सोच्न सक्दैनन्, छोरी हुनु उसैमा अभिशाप होइन, अवसर पायो भने उनीहरु पनि एक दिन आर्थिक रूपमा स्वतन्त्र मह्सुस गर्ने छ्न् । प्रत्येक पुरुषलाई अगाडि बढ्न हौसला दिने छन् । अवसर पाएको खण्डमा महिलाले पनि स्कुल कलेज अस्पताल प्रसासन आदिमा आफ्नो कुशलता देखाउन सक्ने छन्।

प्रतिक्रिया
Loading...