विश्वलाई नै त्रास र अनिश्चितताकाे भूमरीमा धकेल्दै मानव जातिकै लागि चुनाैतीका रुपमा देखापरेकाे काेभिड-१९ काे संक्रमणबाट नेपाल पनि अछुताे छैन। पर्याप्त स्वास्थ जनशक्ति एवं भाैतिक पुर्वाधार नभएका हामीजस्ता मुलुकहरुकाे दिन दुई गुणा रात चाैगुणा हुँदै फैलिरहेकाे भाइरसकाे संक्रमण राेक्ने प्रमुख उपाय नै बन्दाबन्दी (लकडाउन) हाे र हामी यही उपाय अपनाउँदै छाैँ ।
यस विषम परिस्थितिमा विभिन्न मुलुकका नागरिकहरु देशलाई एकतामा बाँध्दै काेराेना विरुद्धकाे संग्रामकाे अग्रमाेर्चामा खटिने स्वास्थकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुकाे मनाेबल अभिवृद्धि एवं सम्मानका निमित्त विभिन्न कार्य गरिरहेका हामीले देखेकै छाैँ । त्यस्तै धार्मिक आस्थावानहरु पनि काेही दियाे बालिरहेका छन्, काेही अल्लाहलाई पुकार्दै छन् त काेही रेकाथालाबा… भन्दै पुकारी रहेका छन् । जे हाेस्, आस्थावान् समुदायले विश्व शान्तिका लागि प्रार्थना गर्नु कुनै नाैलाे कुरा हैन र यसलाई असामान्य मानिरहनु पनि पर्दैन । तर केही धार्मिक दलाल र अतिवादीहरु भने याे चुनाैतीलाई अवसरका रुपमा उपयाेग गर्दैछन् ।
भारत, नेपाल लगायत दक्षिण एसियाली मुलुकमा प्रारम्भिक चरणमा अधिकांश संक्रमण मुस्लिम धर्मावलम्बीहरुमा देखियाे। मुस्लिम समुदायकाे अन्तर्राष्ट्रिय स्तरकाे धार्मिक भेलामा विदेशी अतिथिसँगै काेराेना भित्रिएकाे र उनीहरुबाटै भारतमा संक्रमण फैलिएकाे तथ्यहरु बाहिर आए । अनि त “के निहुँ पाउँ कनिका चपाउँ” भनेर बसेका भारतीय मिडियालाई के चाहियाे ! यही विषयलाई लिएर समग्र मुस्लिम समुदायप्रति ठूला भनिएका मिडिया अफवाह फैलाउन लागे। हरेक विषयमा धार्मिक रङ घाेल्न सिपालु भाजपा र भाजपा समर्थित मिडिया हरेक दारीवालहरु काेराेना नै हुन् भन्ने जस्ता देखाउन लागिपरे । त्यसैकाे उपज भारत आज काेराेनाभन्दा पनि “इस्लामाेफाेबिया” बाट भयानक स्थितिमा छ ।
भारत आज काेराेनाभन्दा पनि “इस्लामाेफाेबिया” बाट भयानक स्थितिमा छ।
छिमेकमै यस्ताे घटना घटिरहँदा नेपाल चाहिँ के अछुताे रहन्थ्याे? आफूलाई सनातनी र हिन्दुत्वकाे पहरेदार सम्झने माेदी चाचाका पुजारीहरु “बसुधैव कुटुम्बकम्” र “सर्वधर्म समभावः” लाई भुलेर समग्र मुस्लिम समुदायप्रति नकारात्मक टिप्पणी गर्न पछि हटेनन्।जीवन मरणकाे दाेसाँधमा रहेका संक्रमित मुस्लिम भाइहरु र जीवित नै रहेकाहरुलाई पनि हताेत्साहित पार्ने क्रियाकलाप र प्रतिक्रियाहरु आइरहेका छन्। धार्मिक सहिष्णुता र साैहार्दपूर्ण एकतायुक्त मुलुकका रुपमा चिनिने नेपालमा आज धार्मिक सहिष्णुता त परकाे कुरा सामान्य मानवीयता पनि गुमाएकाे जस्ताे घटना देखिनु खुसीको कुरा पक्कै हाेइन ।
यस विषयमा एकाधबाहेक अधिकांश नेपाली मिडिया सजग देखिन्छन् । तर पक्षपाती र नस्लीय पत्रकारिताले ग्रस्त भारतीय मिडियालाई राम्राे देख्ने केही अतिवादी प्रकृतिका नेपालीहरु भने नेपाली मिडियालाई गलत देख्छन् । जे जस्ताे हाेस् यस विपद्काे घडिमा धार्मिक द्वन्द भड्काउने भन्दा पनि जनस्वास्थ्य र संक्रमण नियन्त्रणकालागि निरन्तर खबरदारी गर्ने नेपाली मिडियाकाे प्रयास सम्मान याेग्य छ ।
यस्ताे वैश्विक संकटकाे घडिमा धार्मिक, जातीय एवं नस्लीय द्वन्द्व भड्काउनेहरुकै कारण नेपाल भारत जस्तै काेराेना भन्दा पनि “इस्लामाेफाेबिया” बाट बढी ग्रसित हुने त हैन भन्ने प्रश्न खडा भएकाे छ । याे अकल्पनीय विपद्काे घडिमा मानवीय मूल्य मान्यतालाई जाेगाउँदै काेराेना भाइरसमाथि विजय हासिल गर्नु र गिर्दाे अर्थतन्त्रलाई सन्तुलनमा ल्याउनु समग्र मानव जातिकाे प्रमुख चुनाैती हाे । अन्त्यमा, धार्मिक सहिष्णुता र मानवताकाे ख्याल राखाैँ, सुरक्षित रहाैँ, शारीरिक दुरी कायम गराैं, सामाजिक एकतामा जाेड दिऔँ ।
शंखरापुर, काठमाडौं
धार्मिक सहिष्णुता र मानवताकाे ख्याल राखाैँ, सुरक्षित रहाैँ, शारीरिक दुरी कायम गराैं, सामाजिक एकतामा जाेड दिऔँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।