असारको मैना थियो । हल चलिरहेको थियो। खेतारीहरु खेत रोपिरहेका थिए । आँधि बगिरहेको थियो । तल राजमार्गमा गाडीहरू लस्करै चलिरहेका थिए ।

सिद्धार्थ राजमार्ग नागबेली आकारमा अगाडि बढेको थियो । दायाँपट्टि मिर्दी, जगत सडक खण्ड, चोकैमा गह्रा–गह्रा फाटेको आकृति, चार पाँच गह्रा आकृतिका सिँढी चढेपछि बायाँतर्फ पुनः सिँढी र यसको ठीक चार तलामाथि नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्ट । रेष्टुरेन्टको चारै भित्ताहरूमा आधा खण्डरी सिसैसिसाले घेरिएको थियो र तलपट्टि आधा खण्ड मसिनो जालीले घेरिएको तर भित्ताहरु चारैपट्टि बिल्कुल बन्द थिए । केबल एक ठाउँमा भ्यान्टिलेसनबाहेक । पूर्वतर्फ माछापुच्छ्रेको दृष्य निकै मनमोहक देखिन्थ्यो ।

सिद्धार्थ राजमार्गको आडैमा चारतला माथिको रेष्टुरेन्ट, ठीक राजमार्गमाथि झुण्डिएजस्तै देखिन्थ्यो । चारैतिर वालिङ नगरीको दृष्य स्पष्ट प्रतित हुन्थ्यो । किचनमा कुक खाना पकाउन व्यस्त थियो । उसको सहयोगी कटिङमा व्यस्त थियो, कोही सरसफाई गरिरहेका थिए । वेटर सर्भिस गर्दै थियो ।

यत्तिकैमा भ्यान्टिलेसनको सानो प्वालबाट एउटा भँगेरो पस्यो । रोकिंदै, उड्दै, भुरुर्र–भुरुर्र केही क्षण वरपर उड्यो । केही क्षणपछि ऊ रेष्टुरेन्टबाट बाहिर निस्कन चाह्यो । ऊ भुरुर्र उड्दै बाहिर निस्कन खोज्थ्यो उसको ठोंडा सिसामा ठोक्किन्थ्यो । पुन: फर्किन्थ्यो एवम् रीतले ऊ पटक–पटक बाहिरिन बेग लिन्थ्यो जब सिसामा ठोकिन्थ्यो पुनः फर्किन्थ्यो । मान्छेको चेतना र हृदय न हो, वेटर यस भँगेरोलाई बचाउन चाहन्थ्यो । जति–जति वेटर उसलाई छोप्ने प्रयत्न गथ्र्यो उति नै भँगेरो बाहिर भाग्नको लागि उडाईको बेग लिन्थ्यो ।

यत्तिकैमा भ्यान्टिलेसनको सानो प्वालबाट एउटा भँगेरो पस्यो । रोकिंदै, उड्दै, भुरुर्र–भुरुर्र केही क्षण वरपर उड्यो । केही क्षणपछि ऊ रेष्टुरेन्टबाट बाहिर निस्कन चाह्यो । ऊ भुरुर्र उड्दै बाहिर निस्कन खोज्थ्यो उसको ठोंडा सिसामा ठोक्किन्थ्यो ।

वेटर र भँगेरोको द्वन्द्व जारी थियो । वेटर उसलाई बचाउन चाहन्थ्यो, भँगेरो बाँच्न चाहन्थ्यो तर न वेटर भँगेरोलाई समाउन सक्षम हुन्थ्यो न त भँगेरो सिसाबाट बाहिरिन सक्थ्यो । एवम् रीतले वेटर भँगेरोलाई समाउन हातको निसाना लगाउँथ्यो भँगेरो बाहिरिन पटक–पटक सिसामा जम्प हान्थ्यो । पटक–पटकको बेगले भँगेरो थकित देखिँदै गयो । उसको ठोंडमा रगतको छिर्का देखिन थाल्यो ।

वेटर भँगेरो समाउन तब सफल भयो जब ऊ पटक–पटकको संघर्षबाट घाइते बनी भुँइमा पछारिन पुग्यो । उसका पखेटाहरु मुटुको घड्कन जस्तै भ्याट–भ्याट चलिरहेका थिए । आँखा पानीको ताल जस्तै शान्त देखिन्थे । आँखाले एक किसिमको याचना मागिरहेको प्रतित हुन्थ्यो । यस हृदयमा उक्त क्षण सम्झिँदा पनि द्रवित हुन्छ मन । कम्पित हुन्छ तन र अमिलो हुन्छ मन । वेटरले भँगेरोलाई सुस्तरी हातमा च्याप्प च्याप्यो । कचौरामा पानी दियो तर भँगेरो नादान देखिन्थ्यो । उसले कुनै प्रतिकृया जनाएन । ऊ क्षणक्षण कमजोर बन्दै गइरहेको थियो । अन्तत: उसका मुटुको घड्कनजस्ता पखेटाका चालहरु बन्द भए । आँखाहरु स्थिर बने । खुट्टाहरु तनक्क तन्किए । जड बन्यो सम्पूर्ण अङ्ग ।

दिपावलीको समय थियो । सडकमा पटकाहरु पड्किरहेका थिए । देउसी भैलोको आवाजले पूरा शहर गुञ्जायमान थियो । घरहरु सितारा, माला बत्तिहरुले झर्लक्कै बलेको थियो । दुःख कतै नभएजस्तो प्रतित हुन्थ्यो । यस्तो लाग्थ्यो सम्पूर्ण जगत खुशी नै खुशीले भरपुर थियो । देउसी खेल्नेहरु देउसी खेलिरहेका थिए । तरुनी तन्नेरीहरु सडकमै आ–आफ्ना धुनमा थिए ।

घर–घरमा पाहुनाहरू आवतजावतको भिड थियो । माला गाँस्नेहरु माला गाँसिरहेका थिए । घरमा बार्दलीको चारैतिर पालामा बत्तीहरु जाज्वल्लमान थिए । तास खेल्नेहरू तास खेलिरहेका थिए । कौडा हान्नेहरूको खालमा निकै भिडभाड थियो । होहल्ला टाढा–टाढासम्म फैलिएर कल्याङमल्याङ आवाजले पूरै शहरमा गुनगुनाहटको आवाज आइरहेको थियो । फट्याङ्ग्रा, भ्यागुता वा अरु केही मन्द गतिमा धुन दिइरहेका थिए ।

यस्तैमा एउटा चमेरो यमानको पखेटा हल्लाउँदै मन्द गतिमा उडिरहेको थियो । यस्तै अवस्थामा म तासको खालबाट शौचालयतर्फ हुत्तिएँ । शौचालयको सतह सेतो टायलले पूर्ण थियो । कम्बोटमा छिप्कली फ्यात्त खस्यो । कम्बोटको पिंध पानीले भरिएको थियो । छिप्कली चिप्लिंदै पानीभित्र पस्यो । देखिएन । एक्कै क्षण गौर गरिरहे । ऊ बिस्तारै पानीबाट कम्बोटको सतहतिर ठडियो । सुस्त सुस्त अति मन्द गतिमा माथि–माथि ठडियो । सुस्त–सुस्त अति मन्द गतिमा माथि –माथि ठडिंदै थियो ।

जब ऊ कम्बोटको सतहको कोप्चेरोमा जान्थ्यो अलिकति कोप्रिएको भागबाट माथि आउन सक्दैनथ्यो । जब ऊ कम्बोटको कोप्रिएको कापनेर आउँथ्यो ऊ पछारिँदै कम्बोटको पिंधमा पानीको सतहभित्र पुरिन पुग्थ्यो । फेरि केही क्षणमै पानीबाट निस्कन्थ्यो । सुस्त–सुस्त उही कम्बोटको किनारामा आउँथ्यो । ठडिन्थ्यो कापनेरको किनारा पार गर्ने असमर्थतामा ऊ पुनः पुनः गुल्टिन पुग्थ्यो र उही कम्बोटको पिंधमा विलिन हुन्थ्यो पानीको सतहभित्र ।

तीन पटकसम्म म यस दृश्यलाई अवलोकन गरिरहेँ तर चौथो पटक छिप्कली यो पसर भरको पानीको सतहबाट माथि उक्लिन सकेन, आएन । मिनेट, केही मिनेट सायद चार पाँच मिनेट जस्तो गौर गरिरहेँ अझै ऊ पसर भरको पानीको सतहबाट बाहिर निस्कन सकेन । सोचें कसैको ज्यान त हो । आत्मा छ, सजिव हो, हिंड्न सक्छ, देख्न सक्छ, ज्यान हो, आत्मा हो बचाउनु पर्छ । बाँच्न पाउनु अधिकार हो ।

सोच्दा सोच्दै, गौर गर्दा गर्दै चौथो पटक यो छिप्कली माथि निस्कने राह पर्खिदा–पर्खिदा आशा, भरोसा टुट्दै गयो । मैले कत्तिपनि छि–छि दुर्दुर नगरी कम्बोटको पानीमा हात पसाएँ । केको पानीमा, दुर्गन्धमा, फोहरमा, छिः छिः र दुर्दुरमा बिस्तारै छामेँ तर मैले छिप्कलीलाई पाउन सकिनँ ।

स्याङ्जा, वालिङ -६
मिर्दी

सोचें कसैको ज्यान त हो । आत्मा छ, सजिव हो, हिंड्न सक्छ, देख्न सक्छ, ज्यान हो, आत्मा हो बचाउनु पर्छ । बाँच्न पाउनु अधिकार हो ।