नलगाएजस्तै गरेर कुनै रङ रोगन । नभएजस्तै कृत्रिमता अलिकति पनि । हुनुहुन्छ त्यस्तै देखिनुभएजस्तै । छ व्यवहार त्यस्तै बोल्नु हुन्छ जसरी । मान्नु भएकाले धर्म नै अक्षरलाई । बन्नुभएको छ इमानदार पनि लेख्नुभएजस्तै ।

===

नबोल्नेहरूले पनि यो धर्तीमा । हुन्छन् चिनाइरहेका आफूलाई । हुन्छन् बुझाइरहेका अरुलाई पनि । चिनिन्छन् भेटै नहुँदा पनि । नपरेजस्तै भन्नलाई । हुन्छ हिउँ भनेर हिमालमा । पोल्छ छोएपछि भनेर आगो । चलेजस्तै बतास उक्लिएपछि डाँडामा । होइन कुरा प्रकृतिको मात्र । हुन्छन् मानिसहरू पनि  कोहीकोही त्यस्तै । नभए पनि देखिएको, लाग्छ चिनिएजस्तै दखिनासाथ नाम । फैलिएजस्तै आफैं सुगन्ध फूलको । सुनिएजस्तै बजेको घण्टी टाढैबाट मन्दिरको । उज्यालो भएजस्तै उदाउनासाथ सूर्य । हुनुहुन्छ त्यस्तै नभने पनि गोविन्दराज भट्टराई । आए पनि सन्दर्भ जुनसुकै नेपाली साहित्यको । लिने गरिन्छ नाम श्रद्धा र सम्मानले उहाँको । हुनुभएको भए पनि टाढा भूगोलले जतिसुकै । हुनुभएको छ देखिएजस्तै आकाश जतासुकैबाट ।

हुन्छन् कसैका मनै नपर्ने मुहार नभए पनि नचिनेको । भए पनि केही नबिगारेको । लाग्छन् कोही भने नजिकैको जस्तो । नभएको भए पनि भेटघाट र परिचय । हुन्छ होला दृष्टिकोण किन यस्तो ? हुने गरी गहिरो अर्थ मुहारमा नै ? देखिने भएकाले हो कि मुहार नै पहिले ? भए पनि जेसुकै । देखिनासाथ मुहार भट्टराई सरको । लाग्दैन पटक्कै नचिनेकोजस्तो । लाग्छ मान्छे भए नै जस्तो असल । हुनैसक्दैन भनेजस्तो खराब । लाग्छ बताइरहनु भएजस्तै भट्टराई सरले नबोल्नु हुँदा पनि केही ।

छ निधार ठूलो । छन् हाँसिरहने आँखा । निस्किरहेजस्तै धून मीठोसँग बाजाबाट । निस्किरहेजस्तै आवाज शालीनसँग ओठबाट । भएजस्तै उज्यालो बालेपछि बत्तीको । छ मुहार त्यस्तै भट्टराई सरको ।

प्रा.डा. गोविन्दराज भट्टराई

जन्मनुभयो पहाडमा पूर्वी नेपालको । भएको भए पनि ताप्लेजुङ । लेखिएको नागरिकतामा भने छ जिल्ला पाँचथर । भए पनि फरक जन्मेको ठाउँ । छैन फरक वर्ष भने दश सालको । झर्नुभएको थियो परिवार नै पाँचथरबाट दमक । भए पनि स्थायी ठेगान दमक । बन्नुभएको छ स्रष्टा द्रष्टा ट्याङ्ग्लााफाँट, कीर्तिपुरको । राखिएको छ नाम सुकर्म टोल । राखेको होला नाम कसले ? देखेर पो हो कि भट्टराई सरलाई । भएर होला कि अरु पनि प्राध्यापक भट्टराई सरहरू । देखेर होला गरिरहेको कर्म सृजनाको । गरेर आशा नहोला भनेर कुकर्म गर्नेहरू । छ घर त्यहीँ सुकर्मी भट्टराई दम्पतिको । दायाँपट्टि सुकर्म सडकको झर्नासाथ ठाडै ओरालो ।

गर्नुभएको थियो प्रारम्भ पढाउन प्राथमिक विद्यालयबाट । पाउने गरी तलब एकसय पाँच रुपियाँ । पढाउनुभयो लामो समयसम्म विभिन्न क्षेत्र र तहहरूमा । जोडिनुभयो अडतीस सालमा त्रिभुवन विश्वविद्यालयसँग । गर्नुभयो विवाह पनि त्यही वर्ष अन्जना वस्तीसँग । पाउनुभयो पढाउनु भएर निरन्तर पद प्राध्यापकको । गर्नुभएर अनुसन्धान पाउनुभयो विद्यावारिधि पनि । हुन्छ अपुरो अहिले नराख्दा नामअगाडि भट्टराई सरको प्राध्यापक र डक्टर । हुनुहुन्छ भाउजू पनि प्राध्यापक डक्टर नै । विषय पनि छ अङ्ग्रेजी नै दुवैजनाको । बन्नु भएर प्राडा दम्पति । हुनुहुन्छ विद्वान् अङ्ग्रेजीको दम्पति । हुनुहुन्छ स्रष्टा नेपाली साहित्यको पनि दम्पति । नभएर यो गर्व विश्वविद्यालयको लागि मात्र । बनेको छ समाजकै लागि पनि । होइन यो उदाहरणमात्र विद्वत घर र विद्वत दम्पतिको । बन्नुभएको छ उदाहरण साहित्यिक संसारको पनि त्यस्तै ।

छैन होला नलेख्नुभएको कुनै पनि विधामा नेपाली साहित्यको । छरिनुभएको छ हुनुभएर कवि, कथाकार । उपन्यासकार, नियात्रा र निबन्धकार । बाँडिनुभएको भएको भए पनि जतासुकै सृजनामा । थाहा हुन्छ पढ्नासाथ रचना भट्टराई सरको । हुन्छन् सुगन्ध मौलिक भट्टराई सरको । होला विशेषता भनेको पनि यही सृजनाको । होला शक्ति भनेको पनि यही सृजनाको ।

हुनुभएको भए पनि सन्तुष्ट बढी सृजनामा । पाउनुभएको छ प्रसिद्धि समालोचनामा बढी । आउनासाथ नाम भट्टराई सरको । आउँछ मुहार पहिले वरिष्ठ समालोचकको । चढ्छ होला किन बुई सृजनामाथि समालोचनाले ? नहुने रहेछ चाहेर मात्र आफूले । लाग्दो रहेनछ केही गरे पनि । पत्याएपछि सृजनाको  समाजले ।

होइन होला पत्याउनु भएको त्यत्तिकै समालोचनामा देशमा र विदेशमा पनि । होला पुर्याउनुभएकैले योगदान विशिष्ट । गर्नुभएर होला समालोचना राखेर धर्म समालोचकको । नहेर्ने गर्नुभएकाले होला अनुहार समालोचना गर्दा सृजनाको । नगर्नुभएकाले होला प्रशंसा र टिप्पणीमात्र समालोचनामा । भत्काउनुभएकाले होला शास्त्रीयता समालोचनामा । गर्नुभएर होला प्रमाणित । हुँदैन भनेर समालोचना एउटै संरचनाको मात्र । गर्नुभएर होला परिवर्तन परम्परामा । गर्नुभएर होला समालोचना आवश्यक भएजस्तै आजको । गरिएको भए पनि अनुमान होलाहोलाको । लगाइसकेको छ टाँचा साहित्य संसारले विश्वासको ।

छोड्नुभएको थियो भट्टराई सरले घर हुँदा मात्र तेह्र वर्षको । झर्नुभएको थियो मधेश पहाडबाट एक्लै । थाल्नुभएको थियो पढाउन लागेदेखि वर्ष अठार । पुग्नुभयो भूटान पढाउनलाई नै । आउनुभएपछि काठमाडौँ । बस्नुहुन्थ्यो ठमेलको एउटा कोठामा । पढाउनुहुन्थ्यो अङ्ग्रेजी ग्रामसेवा माविमा । जानुपर्थ्यो पढाउन धर्मस्थलीमा छ दिन हप्तामा । पढिरहनुभएको थियो अङ्ग्रेजी नै डिग्रीको । जानुहुन्थ्यो कीर्तिपुर त्रिभुवन विश्वविद्यालयमा । थियो साधन मात्र एउटा साइकल थोत्रो । चलाएर पाइडल चढिरहनुहुन्थ्यो साइकल । हुन्थ्यो गुडाइ दैनिक ठमेलबाट धर्मस्थली । पुग्नुहुन्थ्यो कीर्तिपुर धर्मस्थली त्यहीँबाट । फर्किनु हुन्थ्यो बस्नलाई बास फेरि ठमेल नै । पाउनुभएको थियो काम त्यही बेला । जाँच्नलाई कपी एसएलसी परीक्षाको । भएको थियो अतिरिक्त कमाइ त्यहीबेलादेखि ।

गर्नुभएकाले दुःख सानै उमेरदेखि । सक्नुभएकाले गर्न नथाकेर परिश्रम । सक्नुहुन्न गर्न घमण्ड अहिले पनि पटक्कै । हुँदा पनि परिस्थिति आवश्यक । होइन बनेको सम्पति त्यत्तिकै भट्टराई सरको । नछोड्ने गरी कहिल्यै सरलता र शालीनताले । सक्नुहुन्छ बनाउन त्यसैले अप्ठेरोलाई पनि सजिलो । देख्नुहुने भएकाले सबैलाई आफूजस्तै । भएको भए पनि गाँठा मनमा अरुको । सक्नुहुन्छ जित्न पगालेर मन सजिलै । हुनुहुन्छ भएजस्तै सृजनाका अक्षरहरू आफ्नै । भन्नुहुन्छ पनि त्यस्तै । मुटु हो सरलता सबै लेखनको भनेर ।

सुन्ने गर्नुहुन्थ्यो बालखैमा भट्टराई सरले । गाउनुभएको भजन पिताजीले झ्याउरे लयमा । नदेखिने भए पनि जरा रुखको । गरिरहेजस्तै काम फलाउने, फुलाउने । भयो त्यस्तै गायन पिताजीको भट्टराई सरलाई । थियो उमेर हुर्कदैँ गरेको त्यतिबेला । थियो बढ्दै गरेको चेतना पनि । परेको थियो प्रभाव थाहा नपाउने गरी पिताजीको । राख्नु भएजस्तै सुनेर कानले दिमागमा । थियो परिवार आफैंमा बौद्धिक । बनेको थियो वातावरण साहित्यको घरदेखि नै । टुसाएको थियो बिउ सृजनाको त्यहीबेलादेखि ।

छापिएको थियो रचना गोरखापत्रमा पहिलोपटक । थियो सम्वत् एकतीस साल । भयो प्रकाशित पनि त्यही वर्ष उपन्यास ‘मुगलान’ । भइसकेको छ पचास वर्ष पहिलो प्रकाशनको । मनाइरहनुभएको छ स्वर्ण वर्ष कृति जन्मिएको । भइसकेका छन् प्रकाशित कृति पाँच दर्जन अहिले । छन् उपन्यास पाँच । भएका छन् तीनवटा नियात्राका । छन् निबन्धका कृति आठ । छन् कृति कविताका दुई । भइसकेका छन् सिद्धान्त र समालोचनाका कृति आठ । छन् नौवटा अनुवाद भएका । भइसकेका छन् तेह्रवटा सम्पादनका कृति । भइसकेका छन् एघार त सम्पादन अङ्ग्रेजीका । भइसकेका छन् तयारी अवस्थाका पाण्डुलिपि पनि एघार थानका ।

होइन हुनुभएको प्रिय सबैका त्यत्तिकै । गरिरहनुभएको छ सृजना र साधना नथाकेर कहिले पनि । होइन कुरा आफ्नो मात्र भट्टराई सरको । सक्नुहुन्न नार्इँ भन्न अरुका लागि पनि । गर्नु परे पनि काम जस्तोसुकै । लेखिदिनु परे पनि भूमिका पुस्तकको । सुनिदिनु परे पनि रचना अरुको । गर्नु हुन्न कन्जुस्याइँ दिनलाई समय र सुझाव । हट्नु हुन्न पछि गर्नु परे पनि सम्पादन । मारेर धाप प्रोत्साहित गर्न अरुलाई । हुनुहुन्न भट्टराई सर जत्तिको सकारात्मक उर्जाका लागि ।

पुगियो भने निवास ट्याङ्ग्लाफाँट एकपटक । भएपछि भेट भट्टराई सरसँग एकपटक । हुन्छन् उत्साही भए पनि जोसुकै । हुन्छ भेटिएजस्तो अनुभव मूलबाटो नै । नसकिरहेको बेला अलमलिएर बढ्न अगाडि  । हुनुभएको छ मुहानजस्तै सृजना, सम्पर्क र प्रेरणाको । बनाउनु घरलाई मन्दिरजस्तै । गरिएजस्तै खुला अरुका लागि । गरिरहनु हुन्छ आराधना बसेर त्यहीँ । उठ्नु भएदेखि ननिदाएसम्म नित्य रूपमा ।

गर्नुहुन्छ स्वागत हृदयले आउनेजति सबैलाई । बनाएर खुला छातीलाई । नभने पनि बनेको छ केन्द्र नै । आस्था राख्ने सृजनामा स्रष्टाहरूका लागि । बनेको छ धामजस्तै साहित्यको अरुका लागि । झन् विशेष भारतीय  नेपाली स्रष्टाका लागि । बनेको छ त्यस्तै अरु देशमा बस्ने नेपाली स्रष्टाका लागि पनि ।

गर्नुहुने भएकाले प्रेम र सद्भाव सबैलाई । हुनुभएको छ प्यारो सबैको । आउँदा पनि विदेशबाट नेपाली लेखक काठमाडौँमा । नगए पनि दर्शन गर्न पशुपतिनाथको मन्दिर । नगए पनि भेट गर्न आफन्तजनसँग । हुन्छन् पुगेका भेट्न भट्टराई सरलाई ट्याङग्लाफाँटमा । भएकाले नै हो आस्था असीम । गर्नुभएकाले परिचय र प्रचार साहित्यिक समाजमा । सकिएन भने भेट गर्न भट्टराई सरलाई । ठान्छन् भयो यात्रा अपुरो काठमाडौँको ।

बनेका छन् बन्धुबान्धव हुनसम्मको गए पनि जुनै देशमा । सक्नुभएको छ जोडिराख्न सम्बन्ध भावनात्मक रूपमा नै । बन्नुभएको छ भाग्यमानी विदेशको माया पाउनेमा सबैभन्दा । पठाइरहन्छन् निम्तो विदेशबाट पाउनासाथ अवसर साहित्यको । गर्छन् खुलेर उनीहरू सत्कार र सम्मान । गएको बेला विदेश हुन्छ भ्याइनभ्याई मान्नलाई निम्तो । पुगिसक्नुभएको छ त्यसैले विदेश तीसपटकभन्दा । होइन हुनु भएर मात्र परिचित स्रष्टा । हुनुभएर हो लोकप्रिय नै धेरै । गर्नुभएकाले हो प्रेम भाषाको । गर्नुभएकाले हो प्रेम सृजना र स्रष्टालाई । नगरिएको भए पनि नियुक्ति परराष्ट मन्त्रालयले । बन्नुभएको छ साहित्यिक राजदूत नेपालको ।

बन्नुभएको छ उदाहरण धेरै सन्दर्भहरूमा । हुँदै हुनुहुन्छ आदर्श व्यवहारमा । सक्नुभएर बनाउन लेख्नेहरूका लागि साहित्यिक घर । आउँदा जोसुकै भए पनि । नपर्ने गरी फर्किन रित्तै । नपर्ने गरी हुनलाई निराश कोही पनि । पुगेपछि सुकर्मटोलको भट्टराई निवास । फर्किन्छन् भरिएर खुशी र हार्दिकताले ।

भन्नुहुन्छ भट्टराई सर हो आत्मप्रकाशन सृजनात्मक लेखन । हुन्छ पाठक आफैंभित्र । हुनुपर्छ पहिले सन्तुष्ट आफैं आफ्नो सृजनाको । बन्छ त्यसपछि सृजना अरुका लागि स्वादिलो । हुनेभएकाले श्रेष्ठता सरलतामा नै । हुँदैन हुन शैली गाँठो परेको । हुँदैन छाता ओढेको पनि शास्त्रीयताले ।

हुनुहुन्छ भट्टराई सर श्रेष्ठ कृतिहरूले । गर्नुभएको छ कायम पनि अनेक कीर्तिको । हुनुभएको छ पहिलो पिएचडी गर्ने अनुवादको अध्ययनमा । सक्नुभएको छ पुर्याउन नेपाली साहित्यलाई विश्वमा । हुनुहुन्छ भूमिका लेख्नेमा उहाँ नै नम्बर एकको । बन्नुभएको छ शिरोमणि भूमिका लेखकमा । हुनुभयो पर्गेल्ने पहिलो लीला लेखनको । हुनुभयो पहिलो अथ्र्याउने पनि उत्तरआधुनिकतालाई । हुनुभयो उठाउने डायस्पोरालाई पनि भट्टराई सर नै नेपाली साहित्यमा ।

हुनुहुन्छ पहिलो पुस्तक लेख्ने पनि यस सम्बन्धमा । हुनुहुन्छ लागेको लाग्यै अड्चालिस सालदेखि । लेखेर, बोलेर सधैँ उत्तरआधुनिकताकै विषयमा । लेख्नुहुँदा ‘उत्तरआधुनिक ऐना’ । बिताउनुभएको थियो तीन वर्ष नभनेर रात दिन । गरेजस्तै गरेर तपस्या ऋषिमुनिहरूले । पढ्नुभयो पुस्तक नै पच्चीस मनजति । लेख्नु पनि भयो पच्चीस नै डोकोजति कागजमा । बनेको त्यत्रो समर्पण र साधनाले । बनेको हो त्यसैले रेखाचित्र नै नेपाली साहित्यको । भन्नुहुन्छ त्यसैले अदृश्य आँखा हो मान्छेभित्रको साहित्य ।

नलगाएजस्तै गरेर कुनै रङ रोगन । नभएजस्तै कृत्रिमता अलिकति पनि । हुनुहुन्छ त्यस्तै देखिनुभएजस्तै । छ व्यवहार त्यस्तै बोल्नु हुन्छ जसरी । मान्नु भएकाले धर्म नै अक्षरलाई । बन्नुभएको छ इमानदार पनि लेख्नुभएजस्तै । गर्नुहुन्छ माया स्रष्टा भनेपछि हुरुक्कै । भएको भए पनि पुराना नयाँ जोसुकै । बस्ने भए पनि गाउँ वा शहरमा । बस्ने भए पनि विदेशमा । भए पनि विदेशी नै । गर्नुहुन्न फरक गर्नलाई स्वागत । भरिदिनुहुन्छ हार्दिकता भरिने गरी मनलाई ।

बिताउनुभएको छ साढे तीन दशक पढाएरै जीवनको । पाउनु भएर पारिश्रमिक स्कूल, क्याम्पस र विश्वविद्यालयहरूबाट । हुनुभए पनि रिटायर्ड विश्वविद्यालयबाट । छोड्नुभएको छैन पढाउन, सिकाउन चाहने जतिलाई । नपाउने गरेर पारितोषिक । भएको छ फरक यति हिजो र आजमा । हुनुभएको भए पनि रिटायर्ड विश्वविद्यालयबाट । छैन हुनुभएको फरक पटक्कै व्यवहार र व्यस्ततामा ।

हुँदैन फुर्सद सितिमिती भट्टराई सरलाई । सुनाइरहनु हुन्छ मन्तव्य प्रमुख अतिथि आशनबाट । गरिहनु हुन्छ समीक्षा कृतिहरूको । दिइरहनु हुन्छ शुभकामना र सम्मान कार्यक्रमहरूमा । गरिरहनु हुन्छ ग्रहण पुरस्कार र सम्मानहरू । गरिरहनु हुन्छ वाचन कार्यपत्रहरू । देखिरहनु हुन्छ भूमिकाहरूमा अनेकअनेक । पुगिरहनु हुन्छ गुडेर जिल्लाका कार्यक्रमहरूमा । पुगिरहनु हुन्छ उडेर बेलाबेलामा विदेश । सकेका छैनन् अरु स्रष्टा भट्टराई सरजत्तिको दौडिनलाई । भएजस्तै गरेर गोडामा पाङ्ग्रा र प्वाँख । बस्नुहुन्न एकछिन पनि घरमा चुप लागेर । खुलेदेखि आँखाहरू बिहान सबेरै । हुँदैनन् बन्द ननिभाउँदासम्म उज्यालो ।

भन्छन् भन्नेहरू हुन्छ नसाजस्तै सृजना पनि । लाग्न थालेपछि नसा सृजनाको । हुँदैन थाहा बितेको समय र उमेर पनि । थालेपछि लेख्नलाई हराइन्छ थाहा नपाउने गरी आफैंसँग । पल्टाउन थालेपछि पानाहरू पुस्तकको । पाइँदैन थाहा भइसकेको दिनबाट रात र रातबाट बिहान । डुबेर चुर्लुम्म आफैंसँग भट्टराई सर लिनु हुन्छ आनन्द हुनसम्मको । डुबेजस्तै गरेर गहिरोसँग समुद्रमा । लाग्छ हुनुहुन्छ यस्तै नै भट्टराई सर । भन्छन् होला त्यस्तै अरुले पनि ।

भन्नुस् त नढाँटिकन भट्टराई सर । लाग्छ कस्तो आफूले हेर्दा आफैंलाई ?