क्रोध वा रीस एक भावना हो । यो डरबाट उत्पन्न हुन सक्छ । जब व्यक्तिले डरको कारण रोक्न प्रयास गर्छ तब व्यवहारमा डर स्पष्ट रूपमा व्यक्त हुन्छ । क्रोध मानिसको लागि हानिकारक छ । क्रोध कायरताको लक्षण हो ।विलक्षण व्यक्तिमा झन् रीस उठ्छ र परिस्थितिको बोझ बोक्ने हिम्मत र धैर्य हुँदैन ।रीस पीडाले भरिएको अवस्था हो । शारीरिक स्तरमा, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ ।  रीस एक नकारात्मक मनोभावना हो । रीसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो ।

रीस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन् । दुख, द्वेष इत्यादि रीसका विभिन्न रूप छन् । रीसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ । अधिकांश मानिसलाई धेरथोर रीस उठ्छ नै । कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन् । समय र परिस्थितिअनुसार मनमा उठेका भावना स्वतः हराउँछन् पनि । रीस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ । धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ । पारिवारिक समस्या पनि पर्छ । करियरमा पनि असर पर्छ । बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन । पछि गएर ऊ एक्लै हुन जान्छ ।

क्रोधित अवस्थामा मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट खसेको हुन्छ । रीसको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो ।उपेक्षित, घृणित र तल्लो ठानिएका व्यक्तिहरू बढी रिसाउँछन् । किनभने तिनीहरू क्रोधजस्ता नकारात्मक क्रियाकलापहरू मार्फत समाजलाई आफ्नो अस्तित्व देखाउन चाहन्छन् ।आक्रोशको उद्देश्य कुनै व्यक्ति वा समाजबाट मायाको अपेक्षा गर्नु पनि हो ।

क्रोध पीडाले भरिएको पीडाको उच्च अवस्था हो । क्रोधले मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट झर्छ । क्रोधको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो । बेवास्ता, घृणित र घृणित मानिने मानिसहरू झन् रिसाउँछन् । क्रोध, जसलाई रीस पनि भनिन्छ, एक कथित उत्तेजना, चोट, वा धम्कीको लागि कडा असहज र असहयोग प्रतिक्रिया समावेश गर्ने तीव्र भावनात्मक अवस्था हो । क्रोध एक प्रकारको भावना हो । गहिराइमा व्याख्या गरिदिने हो भने डरका कारण उत्पन्न हुने अनुभूति हो । जब एक व्यक्तिले डरका कारणहरूलाई रोक्न खोज्छ, क्रोध उत्पन्न हुन्छ । क्रोध मानिसको लागि हानिकारक छ ।

कुनै पनि भावनालाई अत्यधिक रूपमा व्यक्त गर्नु पनि हानिकारक छ । यी भावनाहरू क्रोध पनि पर्छे । क्रोध मानिसको शत्रु हो । प्रायः मानिसहरू, जब तिनीहरू धेरै क्रोधित हुन्छन्, तिनीहरूले पछि पछुताउने कुरा बोल्छन् वा गर्छन् । क्रोधले अक्सर सम्बन्ध बिगार्छ । आमाबाबु आफ्ना छोराछोरीसँग अत्यधिक रिसाउनु, दम्पतीहरू एकअर्कासँग अत्यधिक रिसाउनु वा कार्यालयमा उनीहरूका सहकर्मीहरू एकअर्कासँग अत्यधिक रिसाउनु घातक हुनसक्छ ।

क्रोध प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो । समय, परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरू विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सञ्चालन गरिरहेको हुन्छ । तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये क्रोध एक हो ।

सामान्यतया हाम्रो मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतराजन्य अवस्था अनुभूति गरेको क्षणमा हामी क्रोधित हुन्छौं । । यस्तो अवस्थामा क्रोध सृजना हुँदा यसलाई नराम्रो अथवा अव्यवहारिक भन्न मिल्दैन । क्रोधको अभिव्यक्ति हल्का झोंक चल्नेदेखि लिएर उग्र हुनेसम्म हुनसक्छ । तनाव थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभूति, दुःख, कष्ट, अन्याय इत्यादि हुँदा सामान्यतया हामी क्रोधित हुन्छौं ।

क्रोधको कारण पेट पोल्ने समस्या हुन्छ र बढी रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सरसमेत हुन सक्छ । रिसाउँदा शरीरबाट रसायनतत्व (हार्मोन्स) निस्किन्छन् । यी रसायन तत्त्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै रक्तचापलाई पनि बढाउँछ । अत्यधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरू खुम्चने हुँदा हृदयाघात पनि हुन सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने धेरै रीस गर्ने व्यक्तिलाई छालासम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ । रीसलाई दबाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ ।

क्रोधको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतामा र विवेकमा क्षति पुग्न सक्छ जसले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटित हुन सक्छ । रीस उठेको अवस्थामा हामीले प्रभावकारी ढङ्गले आफ्नो विचार व्यक्त गर्न अथवा सञ्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकारात्मक असर पर्न सक्छ । प्रायः जसो परिस्थिति अनुसार रीस व्यक्त गर्नु स्वस्थवर्धक प्रतिक्रिया नै हुनसक्छ । तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रीस उठ्ने, उग्र हुने, रीसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यसले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्‍याउन सक्छ । यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ । काममा, व्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ ।

क्रोधित व्यक्तिहरूले धेरै कदम चाल्छन् जुन गलत साबित हुन सक्छ । रीसमा गलत बोल्नु भन्दा धेरै रीस उठ्दा चुप लाग्नु राम्रो हो । केही नबोल्दा विवादको अवस्था आउँदैन । रिसाएको बेला मौन रहनुभयो भने रीसमा गलत शब्द प्रयोग गर्नबाट पनि बच्नुहुनेछ । मुद्दा त्यहाँ शान्त हुनेछ । बोल्ने हो भने सोचेर बोल्नु आवश्यक छ ।

सबैभन्दा पहिले रीस किन र के कति कारणले उठ्यो भनेर अन्वेषण गर्ने र आफैँले आफैसँग कुरा गर्ने गर्नु पर्दछ । वास्तविकता के हो र के रहेछ भनेर बुझ्न कोशिश गर्ने, रीस उठ्दा हाम्रो शरीरमा के–कस्ता चेतावनी मूलक चिह्नहरू उत्पन्न हुने रहेछन् भन्ने कुराप्रति सजग हुने । यी चेतावनीमूलक लक्षणहरूलाई नियन्त्रणमा ल्याउनलाई उपयुक्त पाइलाहरू चाल्ने । नकारात्मक सोचहरूलाई चिन्ने, रीसको शारीरिक अनुभूतिहरूमा ध्यान केन्द्रित गर्ने, लामो–लामो श्वास लिने, तनावपूर्ण स्थितिबाट एकछिन टाढा बस्ने, व्यायाम गर्ने, एकछिन हिंड्ने,आँखाले सुन्दर र रमणीय दृश्य देखेको स्मरण गर्ने, कानमा कर्णप्रिय धुन बजेको स्मरण गर्ने, जिउ तन्काउने, तनाव खिचाव महसूस भएको शरीरको भागहरूलाई मसाज गर्ने, वास्तविकताको चेक जाँच गर्ने (त्यो अवस्थामा रिसाउन कतिको उपयुक्त थियो ? मैले देखाएको प्रतिक्रिया त्यो अवस्थामा जायज थियो कि थिएन ? रीस सम्हाल्नलाई मैले के गर्न सक्छु ?

रीस किन र कसरी उठ्यो, त्यसको कारणलाई किटान गर्नुस्, सम्बन्धलाई प्राथमिकता दिनु  पर्दछ । वर्तमानमा ध्यान केन्द्रित गर्नुस्, माफ गर्न इच्छुक हुनुस्, दोष दिने अथवा आरोप प्रत्यारोप लगाउने काम नगर्नुस् । महात्मा गान्धीले भनेका थिए–‘रीस एक क्षणको पागलपन हो । जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सामर्थ्य राख्छ । हुन पनि मानवीय संवेदनाको एक हिस्सा रीस केही बेरका लागि पागलपन मात्र हो । रीस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रीसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रीसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरू पाइन्छन् । रीसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरू केही दिँदैन । त्यसैले आफ्नो रीसमाथि विजय पाउन आवश्यक हुन्छ ।