तपाईंलाई महाभारत प्रति रुचि र जिज्ञासा छ भने यो लेख तपाईंलाई आध्यात्मिक रूपान्तरणको लागि सहयोगी बन्ने छ भन्ने आशा छ । पहिला बुझौं “महाभारतमा के छ रु” “यसका लेखक को हुन् रु” र “यस महाकाव्यको रचना कहिले भएको हो रु”

महाभारत धार्मिक शास्त्रहरू श्रुति, स्मृति, पुराण र इतिहास मध्ये इतिहास अन्तर्गत पर्दछ । यसमा कुरुवंशीहरू राजा शन्तनु देखि लिएर अर्जुनका नाति राजा परीक्षितसम्मको इतिहास छ । ती इतिहासका पात्रहरू मध्ये सबै पात्रहरूको आ-आफ्नो विशेषता, योग्यता र सामर्थ्य छ ।

महाभारत अथाह छ । यो पढेर बुझेर कहिल्यै नसकिने ग्रन्थ हो । एउटै पात्रमा महाकाव्य बन्न सक्छ । तर, पनि ती प्रमुख पात्रहरूको बारेमा पढ्ने, बुझ्ने मात्र नभएर ती पात्र र घटनाबाट महाभारतका लेखक वेदव्यासज्यूले के बोध दिन चाहनुहुन्छ त्यो अनुभूति अवश्य गर्न सकिन्छ ।

महाभारतको घटना एकदमै धेरै पहिलाको घटना पनि होइन । त्यही लगभग पाँच हजार वर्ष अगाडीको घटना हो । तर, सोचनीय के छ भन्दा “के पाँच हजार वर्ष अगाडी महाभारतमा उल्लेख भएका जस्ता पात्रहरू वास्तवमा थिए त रु”

जस्तै भीष्म आफूले नचाहेसम्म मर्दै नमर्ने । गुरु द्रोण छोरा नमरेसम्म नमर्ने । छोरा अश्वत्थामा फेरी कहिल्यै नमर्ने अष्ट चिरञ्जीवी मध्ये एक । कर्णको कथा त्यस्तै छ । कुन्तीले सूर्यको उपासना गरिन्, सूर्यदेव प्रकट हुनुभयो र छोरा दिएर जानुभयो । द्रौपदीको पनि त्यस्तै एउटी महिलाले पाँच जना पुरुषसँग विवाह गरेर बस्ने । अझ कृष्णकी प्रिय सखा । आदि महाभारतमा कैयौं घटनाहरू छन् । के यो सबै सम्भव छ रु

महाभारतलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । महाभारतलाई सामान्य दृष्टिबाट हेर्ने हो भने दुई भाइको झगडा बाहेक केही पनि देखिंदैन । सत्ताको लागि छल, कपट, अन्याय, हत्याको षड्यन्त्र, बलात्कार, वनवास र युद्ध बाहेक केही पनि छैन । सत्ताको लोभको कारणले पाण्डवलाई अनेकौं बार कौरवले हत्या गर्न कुनै चाल बाँकी राख्दैनन् । विष खुवाएर हुन्छ कि, आगो लगाएर हुन्छ, या कुनै जालझेल गरेर हुन्छ । पाण्डवहरूको अस्तित्व नै मेटाउन चाहन्थे । केहीमा पनि सफल नभए पछि द्रौपदीको वस्त्रहरण गरेर वनवास पठाउने षड्यन्त्रमा शकुनी सफल हुन्छन् । हुन त अरूको अहितमा गरेको काम एकछिनलाई सफलता माने पनि वास्तवमा त्यो सफल भएको हुँदैन । कौरवहरू कुनै पनि काममा पूर्ण सफल हुन पाउँदैनन् । अन्तिममा सबै मारिन्छन् ।

सामान्य घटना राज्यमा घटेको हुन सक्छ । तर, जसरी कथा लेख्‍नुभएको छ, पात्रहरूलाई प्रस्तुत गर्नुभएको छ । ती सबै पहिलो पल्ट महाभारत पढ्दा अचम्म मात्र होइन, अपत्यारिला लाग्छन् ।

मैले एउटा आर्टिकलमा पढेको थिएँ- एउटा विदेशी राइटरलाई पूर्वीयहरूको संस्कृति परम्परा देखेर एकदम अचम्म लागेछ । उनले सोचेछन् यहाँ त कोही monkey god  छन्, कोही Elephant god छन् । यसभित्रको रहस्य के रहेछ भनेर उनले हिन्दूहरूको धार्मिक शास्त्रहरूको अध्ययन गर्ने निधो गरेछन् । हिन्दूहरूको धार्मिक ग्रन्थ श्रीमद्भगवद्गीता हेर्दा खेरी थोरै पेजको जम्मा ७०० श्लोक मात्र । उनले पहिला गीता पढ्ने विचार गरे । १८ मध्ये पहिलो अध्यायमा महाभारत युद्धमा लड्ने महारथीहरूको पात्र परिचय र अर्जुनको दुःखको पीडा छ । पहिलो चोटि अध्ययन गर्दा अर्जुनका तर्कहरू उचित पनि लाग्छन् । र उनलाई पनि मन परेछ ।

तर, दोस्रो अध्यायको शुरू हुँदा बित्तिकै श्रीकृष्ण बोल्नुहुन्छ, “हे अर्जुन ! तिमीमा यो कायरता कहाँबाट आयो रु तिमी नपुंसक नबन । युद्ध गर ।’ू ९गीता २र २ र ४० उनलाई लागेछ ।

यी हिन्दूहरूले कस्तालाई भगवान् मान्दा रहेछन् । भगवानले त झन् शान्तिको मार्ग देखाउनु पर्नेमा लड्न प्रेरणा गरिरहेका छन् । उनले गीता पढ्नै बन्द गरिदिएछन् ।

आध्यात्मिक दृष्टिकोणबाट हेर्ने हो भने महाभारत कुनै भौतिक युद्धको ग्रन्थ नभएर मानसिक युद्धको ग्रन्थ हो । महाभारत मनुष्य भित्रको सकारात्मक र नकारात्मक विचार एवं शक्ति बिचको युद्ध हो । नकारात्मक विचारहरू र शक्ति विरुद्ध लडेर स्वयंको अनुभूति कसरी गर्न सकिन्छ भन्ने बुझाउनको लागि वेदव्यासज्यूले शरीर भित्रका शक्तिहरूलाई प्रतिकात्मक रूपमा विभिन्न पात्र र घटनाहरूको परिकल्पना गर्नुभएको छ । जति पनि पात्रहरू र घटनाहरू छन् ती सबै प्रतिकात्मक छन् । सिम्बोलिक छन् ।

यो ग्रन्थ मनुष्यको कल्याणको लागि परमार्थक ग्रन्थ हो । यस ग्रन्थभित्र कृष्णको महिमा र गीताको गरिमा पाउन सक्छौं । मनुष्य जीवनका रहस्यहरू यस ग्रन्थको माध्यमद्वारा अनुभूति गर्न सक्छौं ।

महाभारतको भीष्म पर्व अन्तर्गत २५ अध्यायदेखि ४२ अध्यायसम्म श्रीमद्भगवद्गीता पर्दछ । यो परम ज्ञान भगवान् श्रीकृष्णले पछि हुनेवाला राजा अर्जुनलाई महाभारत युद्धको बिचमा सुनाउनु भएको थियो । महाभारतमा कृष्णको संवाद धेरै ठाउँमा छ । र त्यहाँ “कृष्ण उवाच” लेखिएको छ । तर, यी अठार अध्यायहरूमा मात्र “भगवानुवाच छ” । यसकारण यो ज्ञान विवाद रहित छ । यसमा सत्य र असत्यभन्दा माथि परम ज्ञानका कुराहरू छन् । जो कसैले आफूले श्रद्धा राख्ने सद्‍गुरु वा भगवानलाई गीतामा देख्नसक्छ । चाहे त्यो हिन्दू, मुस्लिम, इसाई, बौद्ध, जैन आदि जे होस् ।

यो ग्रन्थ कुनै सम्प्रदायमा आधारित पनि छैन । संसारका सबै सम्प्रदायहरूलाई विसर्जन गर्ने ग्रन्थ हो । मात्र मनुष्यको कल्याण कसरी हुन्छ । त्यसमा मात्र आधारित छ । युद्धमा दिइएको ज्ञान त शस्त्र, अस्त्र र युद्ध रणनीतिको विषयमा हुनुपर्थ्यो । तर, कहीँ पनि यस सम्बन्धी छैन । पूरै गीता भरी अन्तस्करण शुद्ध गरेर कसरी इश्वरको अनुभूति गर्न सकिन्छ भन्ने फर्मुलाहरू मात्र छन् ।

महाभारतका प्रमुख पात्रहरू मध्ये एक हुनुहुन्छ श्रीकृष्ण । हेर्दा भोगी जस्तो तर, योगी हुनुहुन्छ । जसका साथी गरीब सुधामा छन् । तर, राजा हुनुहुन्छ । श्रीकृष्ण महाभारतको मुख्य नायक हुनुहुन्छ । श्रीकृष्णले गीतामा १० अध्यायको ३७ वाँ श्लोकमा “पाण्डवानां धनञ्जय” पाण्डवहरूमा म अर्जुन हो भन्नुहुन्छ । पाण्डवमा म अर्जुन हुँ भन्दा अर्जुनको मनस्थिति भ्रमित हुन्छ । पछि अर्जुनलाई लाग्छ लड्ने म, जस पाउने कृष्ण । बरबरीक महाभारत युद्धका प्रत्यक्ष साक्षी थिए । उनले वाण हान्ने पनि कृष्ण, वाण लाग्ने पनि कृष्ण हुन् भनेपछि पाण्डवहरूलाई पूर्ण विश्वास हुन्छ ।

श्रीकृष्णलाई नबुझी, नजानी महाभारतमा प्रवेश गर्न नै सकिंदैन । एउटा कथा छ । वेदव्यासज्यूले सबै पुराण लेख्नुभयो तर पनि उहाँको मन आनन्दमय उल्लासमय भएन । त्यसकारण आनन्दमा रमाउनको लागि अन्तिम पुराण श्रीमद्भागवत महापुराणको रचना गर्नुभयो ।

श्रीमद्भागवद्महापुराणमा कृष्णकै चर्चा छ । कृष्ण सँगसँगै राधा र गोपीहरूको नाम नआउने कुरै भएन ।

जस्तो सुकै परिस्थिति आए पनि कृष्ण मुस्कुराइरहनु हुन्छ । आनन्दमा रहनुहुन्छ । उहाँसँग भएको बाँसुरीले यही संकेत गर्छ । जब कृष्णको बाँसुरी बज्छ गाई, गोपी र राधा दौडी(दौडी आइपुग्छन् ।

को हुन् त गाई, गोपी र राधा रु जब कृष्णले आनन्दको प्रतीक बाँसुरी बजाउनुहुन्छ, अन्तस्करणमा उल्लासमय तरङ्गहरू पैदा हुन शुरू हुन्छन् । पहिला राधा दौडिंदै आउँछिन् । राधा ती हुन जो धाराको उल्टो छन् । इन्द्रियहरू निरन्तर बाहिरी भौतिक विषयवस्तुहरूमा अनवरत बगिरहन्छन् । जसका इन्द्रियहरू बाहिरी विषयभोगमा नबगेर उल्टो भित्र संयमतर्फ दौडिन्छन् ती राधा हुन् ।

अब गोपी को हुन् रु जो गुप्त ज्ञानको बारेमा सुन्न, रमाउन, अनुभूति गर्न, ईश्वरसँग एकाकार हुन लालायित छन् ती गोपी हुन् । किनकि ईश्वर गुप्त छ, रहस्यमय छ ।

अब गाई को हुन् त रु जब गाईले घाँस खान्छन् पहिला पेटको एक हिस्सामा घाँस संग्रह गर्छन् । त्यसपछि बिस्तारै घाँसलाई पुनः मुखमा ल्याएर चबाइरहन्छन् । जब कुनै कुरा सुनिन्छ त्यो कुरालाई गाईले घाँस चबाए जसरी चिन्तन र मनन गर्नुपर्‍यो । राख्नु पर्ने कुरा भए राख्ने नभए हटाइदिने । ती चिन्तक र साधक हुन् गाई । जब कृष्णको मुरली बज्छ अन्तस्करणमा ईश्वरको अनुभूतिको तरंग उत्पत्ति हुन्छ । यिनै तीन प्रकारका व्यक्तिहरू ईश्वरको अनुभूतिको लागि दौडी दौडी आइपुग्छन् ।

कृष्णको सरसरती जीवनी हेर्दा उनलाई जति प्रतिकुल परिस्थिति अरूलाई आउने सम्भावना पनि छैन । कृष्णको जन्म नै प्रतिकुल परिस्थितिको बीचमा भएको छ । कृष्णको जन्म नहुँदै आमा-बुबा जेलमा बस्नु परेको छ । उनकै कारणले उनी नजन्मँदै ६ भाइको हत्या भएको छ । जन्मेपछि पनि सानै उमेरमा उनले धेरै भ्रष्ट शासकहरूको हत्या गरेका छन् ।

त्यसपछि उनको बाल्यकाल मखन चोरीको लीलामा बित्यो । अलि ठूलो भएपछि गोपिहरूसँगको रासलीलामा बित्यो । पछि युवावस्था भएपछि कृष्णको प्रवेश महाभारतमा हुन्छ ।

आफ्नो हक अधिकारको लागि युद्ध गर्न प्रेरणा गर्नुभयो । कृष्णकै योजना बमोजिम पाण्डवहरूलाई युद्धमा विजयी बनाउनुहुन्छ । युद्ध समाप्त हुन्छ ।

एकदिन जंगलमा ध्यान गरिरहेको अवस्थामा एक जना शिकारीले कृष्णलाई हिरण सम्झेर वाण चलाउँछ । त्यसपछि कृष्णको मनुष्य जीवन समाप्त हुन्छ ।

जो कृष्ण जस्तो बन्न चाहन्छ । कृष्णमा भएका गुणहरूलाई आफ्नो जीवनमा विस्तार गर्न चाहन्छ त्यो राज ऋषि बन्छ । भौतिक संसारमा लोक कल्याण र सुशासनको लागि कृष्णको कूटनीति अहिलेका शक्तिशाली राष्ट्रका प्रमुखहरूले अपनाइरहेका छन् ।

महाभारत र पुराणमा भएका पात्रहरूको प्रतिकात्मक बुझ्दा हामीले आफूलाई चमत्कारिक महसूस गर्ने छौं । भगवानको दयालु, कृपा र प्रेमसँग साक्षात्कार हुनेछौं । भगवान् कति सुहृदय हुनुहुन्छ त्यसको महसूस गर्नेछौं । हामीमा जे प्राप्त छ त्यसमा पूर्णताको बोध हुनेछ । जय श्री कृष्ण ।