हुँदैनन् देखिएका जति सबै सत्य । हुन्छन् सत्यभित्र पनि गहिरो सत्य । नहुन पनि सक्छ एकपटकको सत्य सधैँको सत्य । हुन्छ सत्य सधैँ अपूर्ण । भेटिँदैन केही पनि गर्दा खोजेजस्तो मात्र । खोजियो भने आत्मविश्वासले । भेटिन्छ भएजति भित्रको पनि भित्र । हुँदैन नभेटिने खोजेपछि केही पनि ।

गर्छ खोजी विज्ञानले सत्यको पनि सत्यको । हुँदैन त्यसैले अन्त्य कहिल्यै अनुसन्धानको । काम हो यो कहिल्यै नसकिने । हुन दिँदैन पुरानो पनि कहिल्यै । हुँदैन यस्तो अन्य क्षेत्रमा । हुने गरेको छैन झन् नेपाली साहित्यमा । नहुने होइन खोज्ने काम सिर्जनामा । गरेरै शल्यक्रिया समालोचकले । नहुने मात्र हो मूल्याङ्कन सही ।

देविका तिमिल्सिना

देविका तिमिल्सिना

देखाउँछन् धेरैले गरेर अधि मूल्याङ्कन । बढेको विकृति पनि हो यसैले साहित्यमा । हो यो पनि भ्रष्टाचार साहित्यको । भएका छन् कम मूल्याङ्कन हुनुपर्ने भन्दाको । सिर्जनाको दृष्टि र योगदानले पनि । मिलाउँछन् जान्नेले घडीको समयजस्तै हातले । हुनेगरी सम्मान, पुरस्कार आफू अनुकूल । नजान्नेहरू मात्र हिँडिरहन्छन् एकनासले । हो भनेर साधनाको क्षेत्र । बन्नुभएको छ उदाहरण देविका तिमिल्सिना । भएर उदाहरणको पनि उदाहरण ।

छैन जस्तो लाग्छ नसुन्ने नाम उहाँको कोही पनि । हुनासाथ कुरा साहित्यको । भनिहाल्छन् कथाकार जसले पनि । भन्छन् परिवर्तन चाहने प्रगतिशील कथाकार । भन्छन् बेथिति र भेदभावविरुद्धका कथाकार । भन्छन् अन्याय, अत्याचार विरोधी कथाकार । भन्छन् श्रम र पसिनाको सम्मान गर्ने कथाकार । भन्छन् भुइँमान्छेको कथा लेख्ने कथाकार ।

हुनुहुन्न कदले अग्लो । हुनुहुन्छ तर विचारले अग्लो । हुनुहुन्न कट्टर केही कुरामा पनि । हुनुहुन्छ अग्लो जिम्मेवारमा पनि । बन्नुहुन्छ शालीन भेट भएजतिसँग । हुनुहुन्छ व्यावहारिक पनि त्यस्तै । देखिँदैन रिसाउनुभएको कहिल्यै । सुनिएको छैन बोल्नुभएको ठूलो स्वरले पनि । रुचाउनु हुन्छ गरिरहन ठट्टा । गरेर व्यवहार सरल । जित्नुहुन्छ काम जस्तै भए पनि हाँसेरै । बनेको छ कलाजस्तै हाँसो र हतियार उहाँको ।

हुन्छ ओठमा फिल्टर भएको चुरोट बेलाबेलामा । मारिरहनुहुन्छ धीत तानेर धुवाँ । फ्यालेर पनि धुवाँ नै । हुनुहुन्छ सोखिन त्यस्तै चियाको ।  भन्नुहुन्न अरू केही खानेबस्ने कुरामा । चल्छ जस्तो भए पनि । बोल्नुहुन्न केही पनि । सक्नुहुन्छ मिल्न जस्तोसुकै ठाउँमा पनि । भएजस्तै स्वभाव पानीको । जहाँ पनि र जहिले पनि । चाहिने भनेको हो मात्र चिया र चुरोट ।
हुनुभए पनि वरिष्ठ कथा क्षेत्रमा । होइन लेख्नुभएको कथा मात्रै । लेख्नुहुन्छ कविता, निबन्ध र अन्तर्वार्ता पनि । हुन्छन् पात्र सबैमा समाजका त्यस्तै । गर्नुहुन्छ विरोध जे लेख्नुभए पनि ढोँगी परम्पराको । सक्नुहुन्न सहन हेपेको मान्छेले मान्छेलाई । मान्नुहुन्न गरेको विभेद जातको कारण । भन्नुहुन्छ, मान्छे जस्तो भए पनि, हो मान्छे नै । हुनुपर्छ व्यवहार समान सबैले । छन् स्वर सिर्जनाका यस्तै कथा, कविता, निबन्धमा ।

भयो भेला चाबहिलमा युवा स्रष्टाहरूको । निकाल्यो त्यही समूहले तेत्तिस सालमा कथासङ्ग्रह ‘नौलो प्रभात’ । गरियो विक्री सबैतिर कथासङ्ग्रह । बचेपछि केही रकम । मिलेर गोविन्द वर्तमानसँग । निकाल्नुभो चौतिस सालमा ‘लालिमा’ कवितासङ्ग्रह । बीसजना चाबहिलकै कविहरूको । बन्यो त्यसपछि समूह साहित्यमा क्रियाशील । हुन थाल्यो मासिक गोष्ठी नियमित । थाल्यो मनाउन जन्मजयन्ती प्रगतिशील लेखकहरूको ।

चलिरहेको बेला तयारी एकपटक वाल्मीकि क्याम्पसमा । मनाउन जन्मजयन्ती हृदयचन्द्रसिंह प्रधानको । गर्‍यो हस्तक्षेप हुनै नदिने गरी पञ्चायती सरकारले । गरायो महसुस त्यही समयबाट । रहेछ चाहिने आफ्नै भवन भन्ने । भएर त्यही पीडा र आवश्यकताको । जन्माएको थियो बौद्ध, रामहिटीमा साहित्य सदन नेपालको भव्य भवन ।

गर्नुभएको छ यात्रा पूरै पाँच दशक साहित्यमा । बनिसकेको छ इतिहास पचास वर्षको । छापिएको थियो कविता आधा शताब्दीअघि नै । थियो पत्रिका सगरमाथा साप्ताहिक । वर्ष थियो प्रकाशनको दुई हजार तीस । थियो शीर्षक राजाले दिएको प्रतियोगिताको लागि । खियाऊ हातका नङ्ग्रा । असहमत भए पनि व्यवस्थाको । हुनुहुँदैन भने पनि राजा देशमा । मन पराउनुभो शीर्षक । भएकोले श्रमको सम्मान । भएकोले आव्हान मजदुर किसानहरूलाई । लेख्नुभो पहिलो कविता त्यही शीर्षकमा । छापिएको हो कथा त्यसपछि । आएर बत्तिस सालमा ‘चाहना’ । पत्रिका थियो ‘तन्नेरी’ ।

भएको भए पनि यात्रा साहित्यमा पाँच दशकको । छन् मात्र तीन कथासङ्ग्रह । चवालीस सालमा पहिलो राखेर शीर्षक ‘मृत्यु दोस्रो पुस्ताको’ । एकाउन्नमा ‘सीमाहीन सीमा’ र ‘पेथ्वी आफ्नै अक्षमा घुमिरहेको छ’ । छापियो कवितासङ्ग्रह अहिले पुग्दा सत्तरी वर्षमा ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ नहुँदै मध्य महिना असी सालको । हुनुहुन्न मात्र सर्जक उहाँ । हुनुहुन्छ सम्पादक, स्तम्भकार र अन्तर्वार्ताकार पनि । हुनुहुन्छ अहिले कार्यकारी सम्पादक ‘अभिव्यक्ति’ द्वैमासिकको । निस्किरहेको छ निरन्तर चवन्न वर्षदेखि । होइन बन्नुभएको रहरले मात्र अहिले ।

गर्नुहुन्थ्यो सम्पादन उतिबेलै ‘उत्साह’ साहित्यिक पत्रिकाको । हुनुहुन्थ्यो रमेश विकल प्रधान सम्पादक । हुनुहुन्थ्यो सम्पादक उहाँ । गर्नुभो सम्पादन छपन्न सालसम्म । गर्नुभएको थियो सुरु पैँतीस सालदेखि । चलाउनुभएको थियो अभियान नै उत्साहको । भएका थिए विभिन्न क्षेत्रमा साहित्यिक गोष्ठी । पन्ध्र दिनमा पहिले र पछि महिनामा एकपटक ।

हुनुभए पनि समर्थक वामपन्थी विचारको । बन्नुभो सिकार पनि कट्टरपन्थीहरूबाट । उग्र र सङ्कीर्ण विचार राख्नेहरूबाट । छापिएपछि एउटा कविता ‘उत्साह’ मा उहाँको । जनाइयो आपत्ति हुनसम्मको । भयो विरोधी विचार र क्रान्तिको भनेर । बस्यो बैठक आपत्कालीन । रमेश विकलसहित सम्बद्ध सबैजनाको । गरियो निर्णय एकमतले कविता विवादास्पद र आपत्तिजनक भएको । सहनु परेपछि अपमान विना अपराधको । घोषणा गर्नुभो त्यही बैठकमा बिदा लिने पत्रिकाबाट । लगाएर एक हप्ता पोतियो कालो । भएजति कविताको पानामा । पठाइयो बजारमा भएपछि एक हप्ता । लाजमर्दो सुन्दा मात्र पनि । सम्पादक भएको आफ्नै पत्रिकामा । कारबाही हुने आफ्नै रचना छापिएकोमा । पराकाष्ठा नै हो यो राजनीतिक कट्टरताको ।

हुनुभएपछि खाली कहिल्यै । गर्नुभयो सम्पादन फेरि सैँतिस सालमा ‘हल्कारा’ को । गर्नुभाथ्यो संयुक्त सम्पादन ‘बेदना’ को । गर्नुभो ‘सङ्गम’ त्रैमासिकको चौसठीमा । गर्नुभो संयुक्त सम्पादन मानवअधिकार पत्रिका जनसेवा, अधिकार र हिमराइटसको पनि ।

हुनुभएको छ पाको वर्षले सिर्जनामा । हुनुहुन्छ अनुभवी सम्पादनमा पनि । गर्नुभए पनि काम यति धेरै । छैन भएको मूल्याङ्कन फेरि किन ? बनेको छ प्रश्न आफैमा । झन् गम्भीर प्रश्न बनेको छ अरूका लागि । गर्नुभएको थिएन काम कुनै पनि भूमिगत ढङ्गले । भएको थियो थाहा पाउने गरी सबैले । सिर्जना साहित्यकै । सम्पादन साहित्यकै । गोष्ठी साहित्यकै ।
लाग्छ अचम्म सम्झँदा पनि । भएर पो हो कि सिर्जनामा विरोध अन्यायको । भएर हो कि विरोध गरेर अन्धविश्वासको । भएर हो कि विरोध कुरीति र कुसंस्कारको । भएर हो कि विराध लैङ्गिक विभेदको । खोजेर हो कि काट्न जरै भ्रष्टाचारको । भएर हो कि पक्षपाती भुइँमान्छेहरूको । भएर हो कि पक्षमा पसिना बगाउने श्रमजीवीहरूको ।

भएको किन होला अन्याय यति धेरै ? न्याय हुनुपर्छ भन्ने माथि नै फेरि ? हो कि बिग्रेर साहित्यमा न्यायको तराजु ? हो कि बिग्रिए हल्लेर मूल्याङ्कन गर्ने हातहरू ? छन् उठेका प्रश्नमाथि प्रश्नहरू नै ।

छोट्याउनुभो नाम आफैले, राखिएको भन्दा बाबुआमाले । हटाएर नन्द नामबाट । बन्नुभो मात्र देविका । बन्नुभएपछि पुरुष नामबाट महिला । ठानिनुहुन्छ अहिले पनि लेखिका नै । होइन अनौठो भएपछि नाम नै महिलाको । होइन अस्वाभाविक झुक्किनलाई पाठक । झुक्किएका छन् मै हुँ भन्ने समालोचकहरू पनि । देखाउँछ यसले हैसियत समालोचकहरूको । लेखिदिएपछि एकजनाले । सार्छन् मात्र यताउति गरेर अलिअलि । देखाउँछ यस्तैबाट गर्दैनन् मेहनत समालोचकहरू भन्ने । बन्नुभएको छ त्यसैले साहित्यमा महिला कथाकार ।

हट्ने गरी पुरुष परिचय । बनाउनुभो किन स्रष्टा नाम महिलाको जस्तै ? छैन उत्तर किन होलाको । लेख्नुभएको थियो पहिले फरक नामहरूले पनि । छन् अनेकअनेक । बनेर कहिले देविका चिन्तित । कहिले अणु शर्मा । कहिले चन्द्र तिमिल्सिना । कहिले नन्द तिमिल । लेख्नुभो अनेक नामले । हुनसक्छ अलमलेका पाठक यही कारण नै । हुनसक्छन् झुक्किएका  समालोचकहरू पनि यसरी नै । आधार हो यो मात्र चित्त बुझाउने । हुँदैन माछा ठूलो फुत्केको मात्र । हुन्छन् नपाएका र नभेटिएकाहरू पनि । भएजस्तै सम्भावना सधैँ सुन्दर ।

जन्मनुभो काठमाडौँमा । चाबहिल, मैजुवहालको घरभित्र । साइत पारेर भदौ दुई गते एघार सालको । हुनुहुन्थ्यो बाबु रघुनन्दन पूरै कर्मकाण्डी । सन्तान छ जनाको । हुनुहुन्थ्यो देविका  तेस्रो तर छोरामा दोस्रो । हुनुहुन्थ्यो रोगी केटाकेटीमा । हुनुभएपछि पनि स्वस्थ पठाइएन पढाउन स्कुल उहाँलाई । पढाउनुहुन्थ्यो बाबुले घरमै रुद्रीचण्डी । हुनुभएपछि नौ वर्षको उहाँ । थाल्नुभो रोइकराई जानलाई स्कुल । पाउनुभो त्यसपछि जानलाई बहिनी पढ्ने स्कुलमा । नपढेको भए पनि कक्षा एक र दुई । गरिएको थियो भर्ना एकैपटक कक्षा तीनमा । थियो स्कुल कुमारीगालमा श्रमवीर प्राथमिक पाठशाला ।

पढिरहेका थिए दाजु भने संस्कृत पाठशाला रानीपोखरीमा । पाउनुभो पढ्न कक्षा छ सरहमा । थाल्नुभो पढ्न वेद । हुन्थ्यो पढाइ लघुकौमदिनी सिद्धान्त, अमरकोश, हितोपदेशहरू । साथीहरू भने टोलका पढ्दथे अङ्ग्रेजी । पझढेकै कारण संस्कृत । गरिरहन्थे जिस्क्याउने, उडाउने । पढेको भए पनि संस्कृत । भइरहेको थियो गाहाे बुझ्नलाई । पर्थ्यो बुझाउनु गुरुलाई हरेक दिन पढेको पाठ । खानुपरेको थियो दैनिक नै कुटाइ नसकेर बुझाउन । भइरहेको थियो एकातिर गिल्ला साथीभाइको । थियो कुटाइ गुरुको अर्कोतिर ।

नसक्ने भएपछि दुवै कुरा । गर्नुभो सल्लाह दाजुसँग । मिल्यो कुरा नपढ्ने अब संस्कृत भनेर । निस्कन्थे घरबाट समयमा नै गएजस्तो गरेर पाठशाला । जान छोडेर पाठशाला त्यसपछि । घुमिरहन्थे दाजुभाइ काठमाडौँका गल्लीहरूमा यताबाट उता, उताबाट यता । भएपछि समय छुट्टी पाठशालाको । पुग्दथे घर समयमा नै दुवैजना । चलिरह्यो यो क्रम पाँच महिनासम्म निरन्तर । थाहा पाउनुभएपछि एक दिन बुबाले । खानुपर्‍यो कुटाइ मजाले नै । खानुपरेको थिएन कहिल्यै त्यसअघि कुटाइ । खानुपरेको थियो कुटाइ त्यसपछि । काटेर टुपी बन्दा विद्रोही । भए पनि बाहुनको छोरा । खाँदा फुटालेर काँचै अण्डा ।

गरिदिनुभो भर्ना त्यसपछि पशुपति मित्र माविमा । पढ्ने गरी फेरि कक्षा छमा नै । लगाउन थाल्नुभो ध्यान त्यसपछि पढाइमा कसेर । हुनुपरेन असफल त्यसपछि कहिल्यै ।

पढाउनुभो स्कुलमा गरेर जागिर केही वर्ष । गर्नुभो सरकारीमा पनि । गर्न थाल्नुभएपछि काम एनजिओ र आइएनजिओको । सेवा सुविधा दुवैले गर्दा । रमाउनुभो त्यही क्षेत्रमा मज्जाले । गर्नुभो केही वर्ष रेडक्रसमा । गर्नुभो केही वर्ष इन्सेकमा । गर्नुभो मानवअधिकार क्षेत्रमा पनि । हुनुहुन्छ अहिले पनि महासचिव निर्वाचन पर्यवेक्षण समितिमा । हुनुहुन्छ महासचिव नेपाल स्रष्टा समाजमा । हुनुहुन्छ संस्थापक सचिव साहित्य सदन नेपालको । रमाउनुहुन्छ व्यस्ततामा नै । बस्नुहुन्न चुप लागेर एकैछिन पनि । होइन उमेर त केही पनि । पुग्नुभएको छ सत्तरी बल्ल ।

साधन हो उहाँको मोटरसाइकल । जानु परे पनि जतासुकै । पर्नुभो एकपटक ठूलै दुर्घटनामा । राख्नुपर्‍यो खुट्टामा स्टिलका रडहरू । सक्नुभएन चलाउन छ महिना जति मोटरसाइकल । सक्ने भएपछि चलाउन पहिलेजस्तै । दौडिरहनुहुन्छ दिनभरि नै यताउता । बानी त्यस्तै छ उहाँको लागेपछि लागिरहने । लिएपछि जिम्मा कामको । लागिरहनुहुन्छ एकनासले नसकुन्जेलसम्म । बिर्सनुहुन्छ सबै कुरा काम अगाडि भएपछि । मान्नुहुन्छ हो पूजा नै काम । बन्न सके इमानदार काममा । कमाइन्छ पैसाभन्दा बढी विश्वास । हुन्छ कमाई जीवनको सबैभन्दा ठूलो त्यही ।

छ घर ठूलो नयाँवस्तीमा जोरपाटीको । छैनन् भएका प्रयोग कोठाहरू । बस्नहुन्छ मात्र दुईजना । धर्मपत्नी मन तिमिल्सिनाका साथमा । छन् छोराहरू दिवस र मनिष । छन् दुवै विदेशमा परिवारका साथ । हो सबैकै यस्तै । बनेको छ प्रचलन नै नेपाली समाजको । बढेपछि वैदेशिक रोजगारी । सजिलो भएपछि सामाजिक सञ्जाल । नजिक भएका छन् टाढा बस्नेहरू । टाढा भएका छन् एकै घरधुरीकाहरू ।

छ ऊर्जा गजबकै उहाँसँग । भन्नुहुन्न थाकेँ कहिल्यै । नहुनुभएकोले स्वस्थ धर्मपत्नी । पर्छ खुवाउनु औषधी समयसमयमा । गर्नुपर्छ हेरविचार पूरै आफैले । भन्नुहुन्न नाइँ त्यही पनि जानलाई कार्यक्रममा, बस्नलाई साथीभाइसँग । भन्नुहुन्न सक्दिन जुनै काम परे पनि । सक्नुभएको छ व्यवस्थापन गर्नलाई समयको । हो पनि त्यही वास्तवमा । सक्दिन, भ्याउँदिन भन्नेहरू नै । हुन सक्दैनन् व्यवस्थित आफैसँग पनि । मान्नुपर्छ उहाँलाई यस मामलामा । गर्नुपर्छ तारिफ खुलेरै ।

भइसकेको छ लगानी आधा शताब्दी सिर्जना र साधनामा । होइन कम यो समय कुनै दृष्टिले पनि । भए पनि लाग्दैन भएको मूल्याङ्कन खासै उहाँको । होइन होला नचाहनुभएर पक्कै पनि । भएको छ अन्याय हुनसम्मको देविका तिमिल्सिनाको । उहाँको सिर्जनाको ।

नदेखेका हुन् पक्कै देख्नुपर्ने आँखाहरूले ? नसुनेका हुन् त सुन्नुपर्ने कानहरूले ? नगरेका नै हुन् त प्रयोग विवेकको ? बढेपछि प्रश्नहरू । लाग्छ अचम्म पनि, अचम्मै लाग्ने गरी ।