केही प्रचलन हाल हटिसकेको देखिन्छ भने केही भने समयसापेक्ष परिमार्जन गर्दै पछिल्लो अवस्थामा सुधारोन्मुख प्रयत्न गरेको देखिन्छ ।
पृष्ठभूमि:
मध्यकालमा बाइसे राज्यहरूमा सबैभन्दा शक्तिशाली मानिने डोटी राज्य (हालको डोटी, दिपायल क्षेत्र) अन्तर्गत पर्ने सम्पूर्ण क्षेत्रलाइ प्रत्यक्ष/अप्रत्यक्ष रुपमा डोटेली शासकहरूले शासन गरेको देखिन्छ। सन् १७९० को डोटी विजय र त्यही वर्ष कुमाउ विजयको ग्रेटर नेपाल अभियान पश्चात धेरै जसो कुराहरु रीति, थिति, विधि, पद्धति, चालचलन, संस्कृति भेषभुषा, रहनसहन, लवाइखवाइ जस्ता पक्षमा समय चक्रसँगै वर्तमानसम्म उतारचढाव र बदलाव आइरहेको देखिन्छ।
उत्तर आधुनिक शासनको झुकाव मा हाम्रो समाजसमेत अछुतो रहन नसकेको तथ्य हाम्रा सामु जगजाहेर नै छ । हाम्रो डोटेली चालचलन, भाषा, बोली, चाडपर्व, संस्कारका परम्परागत मान्यता हराउन लागेको र ती परम्परामा समाहित हुन युवा पुस्ता कराउन र डराउन लागेको एवं ग्लोबलाइजेसनको भूमरीमा पाश्चात्य संस्कृतिको आकर्षणमा युवा उत्सुकताको हुटहुटी रहेको भयावह परिदृश्यको झल्को हामी माझ छर्लङ्ग देखिन्छ । संघीय व्यवस्थामा बामे सर्दै गरिरहेको हाम्रो नविन कदमले ‘ इनडाइजनस नलेज ‘ र ‘इन्नोभेटिभ ट्रेन्डस’ लाई  सम्बोधन गर्दै सन्तुलनसाथ अघि बढ्नु आजको आवश्यकता हो।
केही परम्परागत डोटेली प्रचलनहरु:
– नीति, नियम सम्बद्ध प्रचलन : पन्च, मुखिया, प्रधान, जम्म्वाल, डिट्ठा, कोतवाल, कचहरी, बैदार जस्ता प्रशासनिक एवं न्यायिक पदमार्फत मन्दिर, गोर्याखलो, भणार, रैका अड्डा धर्मशाला, चौपातो, डिट्ठाघर, बाबसाइ दरबार लगायत नामबाट भेला हुने, छलफल गर्ने, पन्चायत गर्ने, निसाफ गर्ने जस्ता कार्य सम्पादन गर्ने गरेको देखिन्छ।
– चाडपर्व विशेष प्रचलन : लोलि गो:रा, दशैँ, दुत्त्या, गौँनान, जाँत, हरितालि, चैते भिटाउलो, आइन बातै,सिस्नु लगाउने ।
– कामकाज बिशेष प्रचलन : परसाँइ, रोपनरा, अडम पडम, ऐँचो पैँचो, खेडि झोडी, बनारी ।
– खेलका प्रकार बिशेष प्रचलन : मेलापर्व बिशेष – दोभाका, ठाडि, ढुस्को, चाँचरी, डेउडा, ठेउका, आइन बातै ।
   चाडपर्व बाहेकका खेल – लोड्या, घुसुडी, घुघुति, च्यु मुसि च्यु, कालकुत्या, अड्डु, गट्टा, लुक्कि,चडि चूक ।
– स्थान बिशेष : खर्क, लेक, इजर, कुकुड्या खो:ड, गौन, कौसि, सबिल, ओछि, फलिणी, हुल्याघर, देलिद्वार, छुयो        खोड्पो आदि ।
– सँस्कृति, भेषभुषा सम्बद्ध प्रचलन :
लुगाफाटो बिशेष : सन्दरा:स, झम्पर, गामन, घागरो, आङडो, पेटकोट, गम्छा,नडो, पागडो, फेटा, पैजमा, बुस्कैट ।
गहना बिशेष : सुता, पैडा, नथु, फुलि, किलो, गलबन्द, पैसा, माला, ढाकर, झुमझुम, चउन्नि अठन्नि माला, बाला आदि ।
नाता बिशेष : पैजु, बज्या, अमा, परबज्या, भिनाजु, कैसि, चेलि, नाति ।
खाना विशेष : फाँडो, मैरि, धुल्याभात, भट्ट्या, कट्कि, कलाकन्द, कलकत्या, ढिण्या, ढुल्लो, लेट्या, बट्कु, डुब्का, भात,                          गतानि, माण, चड्कानि,डडा ।
सामान बिशेष : अगपाडो, चानन, हुक्काचिलम, सुल्पा, हलिउडो, हलो, तिखुन, लकडा ।
 मांगलिक गित : सगुन, फाग,  हलराया, गोधुली, भैलो, होरि, भलौलो, भैन, डेउडा आदि ।
– अर्ति उपदेश सम्बद्ध प्रचलन – जस्तै:
क) आइ गाड बसि जानु,बाँजि घट्ट रैजानु
ख) झुटी गद्दु कालि पार ,जो रैजाउ दिन चार
ग) घोडाका पैथर नजानु , ठालुका ऐतर नजानु
घ) दुबला गाइले कनला चरिखानु
ङ)जसातसा भात है फाँडो,जसि तसि स्वानी है राँणो
– अन्धविश्वास प्रचलन :
क) गलो छोया नफुक्याले गलगाँड हुन्छ।
ख)आनन भयाले कसैका गू डिठ पडि होलि ।
ग) छिङ्का आयाले गू खा ।
 घ)राँणि धेक्या असिद्देरि डिठ पडि।
ङ) बिल्लाले बाटो काटे भावि नाइभै आदि
-एकता गराउने प्रचलन:
क) चेलो,कोथलि,बल्ल एकैको नाइ हुनो ।
ख) जैको बुडो बौलिनो उइको कुडो बौलिनो
ग)तोइ चाइय नालि चार,मुइ चाइय कालि धार
घ) जैको ब्या,उइकि लग्गै न ग्या कस्याँ होलो ?
ङ) हुनेइ छाँचका दुइ सपड्का
– संस्कार :  न्वारन , नाज चखौन्या ,व्रत,ब्या, मृत्यु, लगन काज्य,
– अन्य चलन/बदचलन : घरपैसो, घर ढुँवो लाउनु, सिरन, रिटाउलो, उणाल , चुच्चाइ, ब्या, जारी, मात, कमैतान, उख्यौलाँइ, छुँचाइ ।
– परम्परागत प्रविधि : घट्ट, ओखल, जाँतो, अगपाडो, पतबिडीँ, रोस्स्यो, मनानि, छाँचिको पारो, ढुङ्गाको धारो, सिलो लोडो, कुलो, इचलि, न्वालो ।
– भाषागत, जातिगत विविधता : डोटेलि, बैतडेली, डडेल्धुरेलि, अछामि, बझाङी, स्वराल, कुमाउनी भाषा सँगै विविध जातिगत व्यवस्था रहेको ।
– बोलिमा मिठासपूर्ण प्रचलन : पुइला, जिरेइ, साइनो ।
– बिमार रे ओखदो : चड्कन्या, बुकौन्या, सोड्डु, टाँट, उपसासि, जर, सन्सारी, घोड्या ज्वान, बासिङ, कालो बासिङ, अग्निजोला, खोडि, झाडहजार, कौना, गनराकि मैरी, सेकापोका, परतोलो, कालो गजार, वैदेउलाइ, धमेउलाँइ ।
– अन्य प्रचलन :
क) चैतलि
ख) हुड्केउलि
ग) भडाहा
घ) पुतलो बाद्ने चलन – घरघरमा गइ ज्ञान गुनका कविता सुनाउने र अन्न ,धन माग्ने । प्राप्त नभएमा त्यहि मान्छे को कविता बनाएर ठाउँ ठाउँमा सुनाउने चलन
ङ) वैदिक चलनमा हवन , यज्ञ र सोह्र संस्कार विधि
च) खलो,तलारास
छ) अगलेउडो
ज) थितो
झ) बाँडो – सकराँतको बाँडो,पन्यु/औँशीको बाँडो
ञ) नेसरा -औशि,पन्यु,सकराँत वा संस्कार बिशेष ब्राहण पुरोहित लाई अन्न दान,भोजन दानको स्वरुप
ट) जेठकि दोफरी पिपिरी,बासुलि बजौन्या
ठ) भाग्यवादि र कुण्ठित सोच
ड) डिठ,मुठ,मन्त्र, तन्त्र, हेद्दि गण्णि ,धामि , झाक्री,वादि मानसिकता
ढ) देउता पुकार्ने घात गर्ने चलन,बलि प्रथा,देउता पुजा
     स्या,देउरो,उपासु,जागर,पछाइ,बिन्ति,डेउडाइ,दोपानि
ण) पूर्व समयमा देउता सँग मितेरी लगाउने चलन,
त) छोरी ,छोरीका मुण्डामा फोली(देउकि),गा:त तामा ले ,सुनले छाउने गरि भाग्ने प्रचलन(हाल नरहेको)
थ) कमारा,कमारी राख्ने चलन
द)भाग ,हिस्सा,अंसबण्डामा पन्च राख्ने चलन
ध) नयाँ बुहारी लाइ सुस्नो लगाउने चलन
ब) पैसा खाएर छोरी बिहे गराउने प्रचलन (हाल नरहेको)
भ) बिहेमा साँटो गर्ने चलन
उपर्युक्त उल्लेखित प्रचलनबाहेक थुप्रै व्यवस्था विद्यमान रहेको हाम्रो डोटेली सांस्कृतिक विविधता रहेको देखिन्छ जसमध्ये केहीले भने अन्धविश्वास, कुप्रथा समेत अँगालेको र केही भने वैज्ञानिक एवं तथ्यपरक रहेका चलन देखिन्छन् । केही प्रचलन हाल हटिसकेको देखिन्छ भने केही भने समयसापेक्ष परिमार्जन गर्दै पछिल्लो अवस्थामा सुधारोन्मुख प्रयत्न गरेको देखिन्छ ।
उपसंहार :
“Strength lies in differences,not in similarities “.
नेपाल त्यस्तो मुलुक हो जहाँ १२९ भाषा र १२५ जातजाति को बसोबास देखिन्छ,जसमा देशको मल्टिडाइनामिकल डाइभर्सिटि प्रस्ट रहेको देख्न सकिन्छ ।
हाम्रा पुर्खाले आर्जेका ज्ञान,सिप र प्रविधिको विकास नभइकन पनि उल्लेख्य प्रगतितर्फ परिलक्षित संस्कृतिको धनी हाम्रो डोटेली संस्कृतिमा विचलन देखिएको र साँस्कृतिक एकताको खडेरी को संभावना समेत रहेकोमा कल्चरल इमेजलाई चालचलन र विगतमार्फत देखाइ संरक्षण गर्ने वा यहिँ रहिरहने भन्ने यक्ष प्रश्न खडा छ। अहिलेको युवा पुस्तालाई हाम्रा सांस्कृतिक धरोहर,सभ्यता , चालचलन,रीतिरिवाज र डेउडा भन्दा पनि र्याप, पपगित, अङ्ग्रेजी गीत गुनगुनाई  अर्धनग्न पारदर्शी वस्त्र पहिरेर टिकटकमा कतिखेर भिडियो पोस्ट गरुँ भनेर रमाइरहेको युवापुस्तालाई  उचित सम्बोधन गर्न नसकेमा निकट भविष्यमा विचलन आउन सक्ने देखिएकोले यस बारेमा  सबै सचेत नागरिक, बुद्धिजिवी,संस्कृतिविद् , राजनीतिकर्मी लगायत सबै सरोकारवालाको ध्यान जानु अपरिहार्य देखिन्छ ।