थारू लेखक सङ्घ नेपालको आयोजनामा पाँचौँ संस्करणसम्म थारू मानक भाषा बहस प्रमुख स्थान ओगटेको छ । यसै सम्मलेनले नै थारू मानक भाषाको जन्म दियोभन्दा कसैलाई आपत्ति नहोला । यसको प्रमुख श्रेय वरिष्ठ साहित्यकार तथा भाषा विद् डा. कृष्णराज सर्वहारी, सुशील चौधरी, छविलाल कोपिलालगायतका सम्पूर्ण टीमलाई जान्छ ।  यसको पहिलो संस्करण दाङको घोराही, दोस्रो संस्करण कैलालीकाे पटेला, तेस्रो संस्करण बर्दियाको बढैयामा, चौथो संस्करण रुपन्देहीको सैनामैना र पाँचौँ संस्करण सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको छ । यो पङ्तिकार तेस्रो र चौथो सम्मेलनमा प्रत्यक्ष सहभागी भएको थियो ।

नेपाल बहुजाति, बहुभाषी मुलुक हो । संयुक्त राष्‍ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्‍कृतिक संगठन (UNESCO) ले नेपालमा १४० भाषाहरू रहेको बताएको छ । नेपालको संविधान २०७२ को प्रावधानलाई अध्ययन गर्ने हो भने संविधानको धारा ३२ को उपधारा ३ मा नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन र संरक्षण गर्ने हक हुनेछ भनी व्यवस्था गरिएकाे छ । तर राष्‍ट्रिय जनगणना २०६८ को पछिल्‍लो तथ्‍याङ्कअनुसार नेपालमा जम्मा १२३ भाषाहरू रहेको छ । राष्‍ट्रिय भाषा नीति सुझाव आयोग १९९४ ले लेख्‍य परम्‍पराको आधारमा भाषालाई ४ समूहमा वर्गीकरण गरेको छ:

(१) लेख्‍य परम्‍परा भएका भाषाहरू,

(२) लेख्‍य परम्‍पराउन्‍मुख भाषाहरू,

(३) वक्तामात्र भएका भाषाहरू, र

(४) लोपोन्‍मुख भाषाहरू

यी स्थापित मान्यताका आधारमा थारू भाषालाई लेख्‍य परम्‍परा भएको भाषाको रूपमा लिने गरिन्छ। उच्‍चारणको विशेषताका आधारमा संसारभरका भाषाहरूलाई जम्मा पाँच समूहमा वर्गीकरण गरेको देखिन्छ। ती हुन् :

(क) कुसुन्डा

(ख) द्रविड

(ग) आग्नेय

(घ) भोट बर्मेली र

(ङ) भारोपेली

मोतीराम चौधरी ‘रत्न’

यी भाषा समूहहरूमध्‍ये थारू भाषालाई भारोपेली भाषा समूहअन्‍तर्गत राखेको पाइन्छ । नेपालका आदिवासी जनजातिहरूमध्‍ये दोस्रो ठूलो सङ्ख्‍यामा रहेको थारू समुदायको जनसङ्ख्‍या १७,३७,४७०, अर्थात् कुल जनसङ्ख्याको ६.५५ प्रतिशत रहेको देखिन्छ । पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्‍मका तराई तथा भित्री तराई क्षेत्रमा मुख्‍य बसोबास रहेको थारू जनजाति कैलाली, कञ्‍चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत चितवन, नवलपरासी, बारा, पर्सा, रौतहट, सर्लाही, महोतरी, धनुषा, झापा, मोरङ, सुनसरी, सप्‍तरी, उदयपुर र सिरहा आदि जिल्‍लाहरूमा फैलिएर रहेका छन् । आदिम कालदेखि थारू जातिको सभ्‍यता मौलाएको ऐतिहासिक क्षेत्रलाई थरुहट भनिन्‍छ । आदिवासी जनजातिहरूमध्‍ये दोस्रो स्‍थानमा रहेको थारू जाति हाल आएर नेपालको अधिकांश जिल्‍लाहरूमा छरिएर रहेका छन् ।

पछिल्‍लो तथ्याङ्क (राष्ट्रिय जनगणना २०६८) अनुसार १५,२९,८७५ जनसङख्या रहेको थारू भाषीहरू नेपालको कूल जनसङ्ख्‍याको ५.८ प्रतिशत र थारू जातिको जम्मा जनसङ्ख्‍याको ८८.०५ प्रतिशत रहेका छन् । यदि अझै थारू मानक भाषा बनाई कम्तिमा कक्षा ५ सम्म स्थानीय थारू भाषामा पठनपाठन गराउन सकिएन भने यो सङ्ख्या दिनप्रति दिन कम हुँदै जाने पक्कै छ । भर्खरै मात्र त्रियोगी नारायण धामी चौधरीज्यूको संयोजकत्व मध्‍य-पूर्वीय थारू भाषाको लेखनशैली एवं शब्‍दकोश तयार भएको छ । सिङ्गो थारू समुदायअन्तर्गत मध्‍य-पूर्वीय थारू भाषा समूहमा १२ वटा जिल्‍लाहरूमा रहेका छन् । ती जिल्‍लाहरूमा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्‍तरी, उदयपुर, सुनसरी, मोरङ र झापा रहेका छन् । यी जिल्‍लाहरूमध्‍ये झापा, धनुषा र महोत्तरीमा थारूहरूको जनसङ्ख्या थोरै छ भने अन्य जिल्‍लाहरूमा अलि बढी छ ।

जस्‍तै:- झापा (९९८३), धनुषामा (४४२२), महोतरी (९९०९), मोरङ (६०५६६), सुनसरी (९१५००), सप्‍तरी (७३६९७), उदयपुर (२४२४०), सिरहा (२६३८६), सर्लाही (२१७७८), रौतहट (३०८११), बारा (७१९९३) र पर्सा (४५६२०) रहेका छन्।

यसरी समग्रमा हेर्दा मध्‍य-पूर्वीय थारू भाषाको क्षेत्रमा कूल जनसङ्ख्‍या ४,७०,९०५ रहेको छ । यहाँ मानक भाषा के हो ?, र मानकीकरणको प्रक्रियाहरुको सानो चर्चा गर्ने जमर्को गरेको छु ।

मानक भाषा के हाे ?

भाषाको सम्बन्ध संस्कृतिसँग हुन्छ, जसलाई एक संस्कृति प्रपञ्च भनिन्छ । भिन्न-भिन्न संस्कृतिहरुका मानिसहरु एक भाव र विचारलाई विभिन्न शब्दहरुमा व्यक्त गर्न सक्छन् । भाषा सम्प्रेषण एक लोकप्रिय माध्यम हो । भाषाको माध्यमबाट बालक आफ्नो विचारहरु, इच्छाहरु र भावनाहरु एकअर्कासँग व्यक्त गर्न र बुझ्न सक्छ ।

मानक भाषा यसको व्याकरणको हिसाबले लेखिन्छ र बोलिन्छ । मानक भाषाको स्केल यसको व्याकरण हो । जब हामी कुनै अपरिचित व्यक्तिलाई भेट्छौँ, मात्र मानक भाषामा कुरा गर्छौँ । जब हामी प्रश्नको उत्तर दिन्छौं, हामी मानक भाषा मात्र प्रयोग गर्छौँ ।

मानकीकरणको प्रक्रियाहरू

मानकीकरण सामान्यतया एक प्रक्रियाको रूपमा सोच्दछ, जुन चार चरणहरू समावेश गर्दछ । हामीले उनीहरूलाई कालक्रमको रूपमा सोच्न आवश्यक पर्दैन । वास्तवमा, मानकीकरणको प्रक्रिया चलिरहेको छ, र शक्तिको एक विस्तृत श्रृङ्खला कार्यमा छ ।

छनौट : भिन्नता लगभग सबै भाषाहरूको लागि जीवनको तथ्य हो । त्यहाँ विभिन्न क्षेत्रीय बोली, वर्गीय बोली, स्थितियुक्त प्रजातिहरू छन् । मानकीकरणले घटाउने प्रयासलाई प्रतिनिधित्व गर्दछ, न्यूनतम गर्नुहोस् यदि यस उच्चस्तरको परिवर्तनशीलतालाई हटाउँदैन । सबभन्दा सजिलो समाधान छनौट हुने देखिन्छ (मनमानी रूपमा छैन), यीमध्ये कुनै एक मानकको स्थितिमा पुग्नको लागि । हिज्जे, व्याकरण र उच्चारणमा भिन्नता – जुन पहिले जीवनको तथ्यको रूपमा स्वीकारिएको थियो – समाधान हुन समस्याको रूपमा देखिन थालियो ।

पहिलो थारू साहित्य सम्मलेन २०७३ साउन १–३ गतेसम्म दाङको घोराहीमा आदिबासी जनजाति उत्थान प्रतिष्ठानको आयोजनामा डङ्गौरा थारु भाषाको वर्ण पहिचान गोष्ठी भएको थियो । सो गोष्ठीले थारुका १२ वटा स्वर वर्ण, २५ वटा व्यन्जन वर्ण, महाप्राण व्यन्जन वर्ण ४ वटा प्रस्ताव गरेको थियो । त्यस्तै, ११ वटा थारुमा उच्चारण नहुनेलाई थारुमा प्रयोग नगर्ने प्रस्ताव पनि गरिएकाे छ । त्यसमा ञ्, ण्, श, ष, क्ष्, तर््, त्, ज्ञ, थ्, द्, ध्, छन् । यो छनौट प्रक्रियाको पहिलो ड्राफ्ट प्रकाशित भयो, यसैबारे बहस दोस्रो र तेस्रो चरणमा पनि भयो । तर धेरै जनाको लागि चासोको विषय थिएन यो मुद्दा थिएन । तर चौथो चरणको छलफल हुँदा दुई ध्रुव देखा पर्यो ।

स्वीकृति : प्रतिस्पर्धी प्रजातिहरूको भन्दा बढी छनौट गरिएका विविधताका मानदण्डको समुदायले लिएको ‘स्वीकृति’, प्रचारप्रसार, स्थापना र मान्यताहरूको कार्यान्वयनको माध्यमबाट सम्पन्न हुन्छ । यो संस्था, एजेन्सीहरू, अधिकारीहरू जस्तै स्कूलहरू, मन्त्रालयहरू, मिडिया, सांस्कृतिक प्रतिष्ठानहरू, इत्यादिको माध्यमबाट गरिन्छ । वास्तवमा, मानक भाषालाई भाषाको सर्वश्रेष्ठ रूपमा मात्र लिँदैन, भाषा आफैँलाई पनि मानिन्छ। सिंगापुरमा मेन्डारिन चिनियाँ हो भन्ने दाबी विचार गर्नुहोस् । हिज्जे, व्याकरण र उच्चारणमा भिन्नता – जुन पहिले जीवनको तथ्यको रूपमा स्वीकारिएको थियो – समाधान हुन समस्याको रूपमा देखिन थाल्यो ।

नेपालको सविधान २०७२ को प्रावधानलाई अध्ययन गर्ने हो भने संविधानको धारा ३२ को उपधारा ३ मा नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन र संरक्षण गर्ने हक हुनेछ भनी व्यवस्था गरिएकाे छ । हामीलाई सरकारले स्वीकृति दिएको छ, हामीसँग आफ्नै भाषा साहित्य छ, र हाम्रो आफ्नै धर्म र संस्कृति छ । तर हामी अझै पनि चुनाव र स्वीकृतिको चरणमा छौँ । हुन सक्ला, समय लग्ला तर ठोस निर्णयले अगाडि बढ्नु असल होला । थारू भाषाकाे बहस हामी सबै थारूहरुको लागि हाे । यो बहसको समाधान सबै मिलेर गर्नुपर्छ । तर बहसकै आगो यति बढ्यो कि दुई ध्रुवले व्यक्ति विशेषलाई पोल्यो । योचाहिँ एकदमै लाजमर्दों कुरा हो पूरै थारू समाजको लागि ।

विस्तार : चाहिएको मानदण्डलाई प्रतिनिधित्व गर्न चयन गरिएको विविधताका लागि, यसले अमूर्त, बौद्धिक प्रकार्यहरूसहित डिस्चार्ज गर्न भनिएको हुनसक्ने सम्पूर्ण प्रकार्य प्रकार्यहरू डिस्चार्ज गर्न सक्षम हुनुपर्दछ । जहाँ यो गर्न संसाधनको अभाव छ, यी विकसित छन् । यसैले एक मानक भाषा अक्सर “फर्ममा अधिकतम भिन्नता, फारममा न्यूनतम भिन्नता” को स्वामित्वको रूपमा चिनिन्छ ।

कोडिफिकेशन : व्याकरणको मानदण्ड र नियम, प्रयोग, आदि । जसले चयन गरिएको विविधतालाई नियन्त्रणमा राख्नु पर्दछ, र व्याकरण, शब्दकोश, स्पेलरहरू, शैलीको म्यानुअल, पाठहरू आदिमा निश्चित रूपले सेट गर्नुपर्दछ ।

अन्त्यमा, थारू साहित्य पाँचौँ संस्करणसम्म आइपुग्दा कम्तिमा मानकीकरणको तेस्रो चरण विस्तारमा पुग्नुपर्नेमा फेरि पनि थारू समुदायको वकालत गर्ने सबभन्दा पुरानो संस्था थारू कल्याणकारिणी सभाले उल्टो आगोमा तेल हालेजस्तो मात्र गर्यो । फेरि पहिलो चरणको विषयवस्तुलाई बृहत् छलफल नगरी दोस्रो चरणलाई आगोले जलाउन खोज्यो । मौलिकता नै नाश गर्न खोजी नेपालीकरणको झोला बोकी हिँड्न खोज्यो । थारू मानक भाषाका बहसमा नै आगो लगाई थारू मानक भाषाका सूत्रधार आदरणीय डा. कृष्णराज सर्वहारीलाई गोरखापत्रको पृष्ठ संयोजकबाट हटाइयो । अर्को सम्मानको लागि यो गर्यो भनी झूठो आश्वासन थारू कल्याणकारिणीले दियो, आफू केही थान बहस चलाई श्रेय लिन कोसिस गर्यो । जुन मेरो विचारमा अपर्याप्त रह्यो, र यो कुरा के इङ्कित गर्दछ भने राजनितिक, सामाजिक, आर्थिक र व्यक्तिगत श्रेय लिनलाई केही साहित्यकार, भाषाविद्हरु अरुलाई खरानी पार्न र निन्दनीय काम गर्न बेर गर्दैनन् । तर बलेको आगोको रापले नजली थारू साहित्यप्रतिको लगाव र परिश्रमका लागि रातदिन खट्ने आदरणीय गुरु डा. सर्वहारी र सम्पूर्ण टिमले पाँचौँ संस्करण सुर्खेतको विरेन्द्रनगरमा कोरोनाको कहरमा सम्पन्न गर्यो । सदाको संस्करण झैँ थारू मानक भाषाको बहसको काम अगाडि बढायो । सलाम छ सम्पूर्ण टिमलाई तपाईँहरुको नाम थारु साहित्य र मानक थारु भाषाका देनमा स्वर्ण अक्षरमा पक्कै लेखिनेछ।

हामी अझै मानक थारू भाषाको चर्चा गर्न थालेको धेरै भएको छैन । आऊ, सबै मिली थारू मानक भाषा बहसमा बृहत् छलफल चलाऊ तर व्यक्ति विशेषलाई पेलेर, कुटेर, धम्क्याएर, चरित्र हत्या गरेर होइन । फुटेर होइन जुटेर, सबै पूर्वमेचीदेखि महाकालीको थारू समुदाय एकजुट होऔँ, अरु राजनितिक दलहरु फुटाएर राज गर सिद्धान्तमा लागेका छन् । उनीहरुको झोला बोक्ने राजनीतिको गुलाम नबनौँ । थारू मानक भाषाको प्रगतिको लागि हामी एक हुनै पर्छ ।