मलाई अचम्म लाग्छ, भएको ‘हिन्दू राष्ट्र’लाई हटाएर संविधानमा किन धर्म निरपेक्षता ल्याइयो?
नेपाल हिन्दू राष्ट्र हुँदा इस्लामदेखि क्रिश्चियनसम्म नेपालभित्रै अटाएका थिए। नेपाल हिन्दू राष्ट्र हुँदाखेरि नै हो काठमाडौंको घण्टाघर नजिकै इस्लामहरूले मस्जिद बनाएको पनि। अनि क्रिश्चियनहरूले चर्च पनि नेपाल हिन्दू राष्ट्र हुँदाखेरि नै बनाएका हुन् ।
नेपालमा २०६२/६३ सालमा चलेको दोस्रो जनआन्दोलको गलत व्याख्या गरेर केही विदेशी संस्थाहरूको स्वार्थमा परेर नेपालका राजनैतिक दलका अधिकांश नेताहरूले नेपालको संविधानबाट ‘सनातन हिन्दू राज्य’लाई हटाएर धर्म निरपेक्षता व्यवस्था गरेर विधिवत रूपमा नेपालमा धर्म निरपेक्षता ल्याइयो।
धर्म निरपेक्षताको माग नेपाल ‘हिन्दूराष्ट्र’ हुँदा बनेका इस्लाम र क्रिश्चियनहरूको पक्कै पनि थिएन । युरोपियन युनियन र केही पश्चिमा मुलुकका पैसा खाएर जो क्रिश्चियन बने, केही पैसाको लालचमा धर्म परिवर्तन गरेर जो कट्टर हिन्दूविरोधी बने, तिनीहरूलाई चाहिएको हो नेपालमा धर्म निरपेक्षता। धर्म निरपेक्षताका पक्षपातीहरू नेपालमा यति शक्तिशाली बनेका छन् कि उनीहरूले देशका सांसददेखि प्रधानमन्त्रीसम्मलाई प्रत्यक्ष रूपमा आफ्नो प्रभावमा पारेका छन् । जसको पछिल्लो उदाहरण हो होली वाइन प्रकरण हो ।
बहुसंख्याक हिन्दू भएको समाजमा आएर एउटा विवादित एवम् अराजक क्रिश्चियनहरूको झुन्डले नेपालका जनप्रतिनिधिहरूलाई होली वाइनको रसपान गरायो। नेपालले हिन्दू राज्यलाई हटाएर धर्म निरपेक्षता बनाएपछिको यो सबैभन्दा ठूलो उपहार हो- नेपालका लागि ।
संविधानमा हिन्दू राज्य हुँदा, चिया पसलमा धर्मको बारे विवाद गरेको देखेको थिइन। कुनैपनि इस्लामिक मित्रले त हिन्दू, कुनैपनि क्रिश्चियन मित्रले त हिन्दू भनेर फरक व्यवहार गरेको अनुभव मैले गरेको थिइनँ । धर्म निरपेक्षाता हुनुभन्दा अगाडि मसँगै मन्दिर जाने मेरा क्रिश्चियन मित्रले अहिले मन्दिराको म उच्चारण गरेको सुने भने रिसार हिंड्छन् । म पनि चर्चमा निर्वाद रूपमा जान्थ्ये मुलुक धर्म निरपेक्षता हुनुभन्दा अगाडि। वर्षौँ अगाडि गएको चर्चमा आज जान म किन हिच्किचाउँछु,अनिवर्षौँअघि मेरा मित्रसँग बकर ईद मनाउन मस्जिद छिरेको म आज किन मस्जिदभित्र छिर्न डराउछु? के यही हो धर्म निरपेक्षताको उपहार? यदि यिनै उपहार हुन भने हामीले यो धर्म निरपेक्षतालाई हटाउन ढिला गर्नु हुँदैन।
नेपालका अधिकांश रितिरिवाज र संस्कृतिहरू धर्मसँग जोडिएका छन् । हामीले नेपाल भ्रमणवर्ष भनेर घोषणा गर्दै मनाउँदै आएकाछौँ । नेपाल हिन्दू राज्य हुँदा जति पर्यटक नेपालमा घुम्न आउँथे र नेपालमादशैँ-तिहार जसरी हर्षोउल्लासका साथ रमाउँथे, त्यसरी के अहिले पर्यटकहरू आएर रमाइरहेका छन् ? यो प्रश्नको उत्तरमा सरकार र सरकारका प्रतिनिधिहरू मौन छन् ।
हामी बच्चा हुँदा दशैँ आउँदा जतिखुसीहुन्थ्यौं,त्यतिखुसी अहिलेका बच्चा दशैँमा हुँदैन नत त्यतिखुसी अहिलेका बच्चाहरू क्रिसमस मनाउदा हुन्छन् । अर्को कुरा, नेपालमा घुम्न आउने पर्यटक के हेर्न आउने भन्ने मुख्य कुरा हो। पर्यटकहरू नेपालमा चर्च हेर्न आउँदैनन् । चर्च हेर्नलाई त पश्चिमा मुलकका देशहरू नै प्रयाप्त छन् । त्यही छन्ठूला चर्च त्यही छन्,ठूला पादरीहरूतिनीहरूलाई बेवास्ता गर्दै नेपालमा पैसाको लालचमा फैलेको धर्मलाई हेर्न नेपालमा पर्यटक आउँलान् त?
नेपाललाई संस्कृतिकै धनी र धार्मिक महत्वको एउटा गन्तव्य बनाउने हो भने नेपालको संविधानमा व्यवस्था भएको धर्म निरपेक्षतालाई तत्काल खारेज गर्नुपर्छ। हामीले आफ्नो परिचय बनाउने हो। विश्वमा नेपाललाई कसरी चिनाउने हो भन्ने अहिलेको मुख्य विषय हो। हामीलाई सगरमाथा र हिन्दू राज्यको देश भनेर विश्वमा चिन्दैआएका थियो, विश्व समुदायले। त्योमध्ये एउटा पहिचान हिन्दू राज्य हामीले समाप्त पारिसकेकाछौ, बाँकी सगरमाथा मात्रै छ | त्यो पनि कुन दिन चाइनाले हाम्रो हो भनिदिन्छ, त्यसपछि हाम्रो चिनाउने सबै कुरा सकिन्छ र हामी विश्व समुदायले चाइना र भारतमध्ये एउटा देशको प्रान्तको भनेर व्याख्या गर्ने छ।
हामीलाई त्यो दिनमात्र थाहा हुने छ हिन्दू राज्यको महत्त्व जुन दिन हाम्रो राष्ट्रियता संकटमा पर्ने छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।