(कसैलाई पत्रु बनाउनु छ भने शब्दकोशका असल शब्द टिपेर सिंगारिदिनुपर्छ उठाउने हो भने आलोचना गरेर सच्चिने मौका दिनुपर्छ ।)
‘अडिएका पाइला’ देख्नासाथ म ज्यादै उत्साहित भएँ । आजको आख्यान लेखनमा भाव र भाषाले लिएको उचाइ बारे मैले जान्नु थियो । फेरि अंग्रेजीको प्राध्यापक रहिसकेको लेखक, समाज, साहित्य र राजनीतिमाथि आफ्नो गति र मति देखाउने व्यक्तिको नव–प्रकाशनमाथि रुचि बढ्नु स्वाभाविक थियो । म रोकिएँ ।
पढ्दै गरेको पुस्तक ‘विचार मीमांसा’ चटक्क छोड्नुपर्यो | ‘अडिएका पाइला’को भौतिक स्वरुपले मलाई तान्यो । आफैंलाई लाग्दै थियो– ‘विचार मीमांसा’माथि सौता हाल्नु न्यायोचित होइन । तैपनि नवोढाको (नववधू) भंगिमा नौलो र नूतन हुनैपर्छ भन्ने सोचाइले यसका पत्र–पत्र पल्टाउँदै गएँ ।
सुन्दर, अनुपात मिलेको प्याजको पत्र छोडाउँदै गयो तर हात केही परेन भन्ने किम्वदन्ति झूटो होस् भन्ने कामना पनि गरें । सिमल फुलेको देखेर कागले त्यसको फल पाकेपछि मनग्गे खाने कल्पना सत्यमा परिणत हुन सकोस् भन्ने सदिच्छा पनि राखें । तर म यसरी दुवै ठाउँमा निराश भएँ । मेरो मनको चौतारी भत्किएको पीडा अरुलाई देखाउन चाहिनँ, थामेर बसें, तर कतिञ्जेल ?
विचार मीमांसा जस्तो गहन कृति माथिको बौद्धिक विनोद छोडेर नव–कृतिलाई प्रेयसी ठानेर लीला गर्न खोज्नुको मानसिक दण्ड आफैंले चाहेजस्तै भयो । त्यसैले पुस्तकसँग अप्रसन्न भएपनि लेखकप्रति सकारात्मक नै रहें । किनकि तरुण एकपटक चिप्लिएला सधैं चिप्लदैन । समाजले तन्नेरीबाट गरिने आशा मैले पनि गरें । शायद उनको भाषा र सम्प्रेषण तत्वले म संमोहित रहें । त्यसैले आफ्नो र पात्रको मनका अन्तर–कुन्तरका भाव र विचारलाई प्रकट गर्ने भाषा–शब्दावलीको प्रयोग तारीफयोग्य ठानें । वाग्देवीले मलाई पनि यस्तै सरल, सुबोध र सम्प्रेषणशक्ति भएको भाषा प्रयोग गर्ने वरदान दिऊन् भन्ने धारणा राख्तछु ।
लान्छना पनि, आक्रोश पनि, पीडा पनि स्पर्धा र गुनासो पनि हैन । छैन । तर समर्थवान् कलमले पाठकलाई बादलको पर्दा हालेकै हो । गायनमा दक्षता प्राप्त गरेको गायकले दर्जाबाट झरेर च्युति देखाए जस्तै हो । कुशल नर्तकीले त्रुटिपूर्ण नृत्य नाचेर आफ्नो क्षमतालाई असमर्थताको नाटकीय प्रदर्शनभित्र तानेकै हो । हो, कहिलेकाहीं अभिभावकहरु बालक सन्तानसँग बालक भएरै अभिनय गर्छन् । शायद त्यो निन्दनीय वा परिहासको विषय बन्दैन । अपितु हार्दिकता, औधी वात्सल्य र ममताको हेतु मानिन्छ – अलङ्कार पनि ! आश्चर्य, उत्तेजना र प्रमाद कतै होइन । त्यसैले स्रष्टा–कमलधरसँग अर्जी गर्नु सिवाय अर्को बाटो रहेन । अर्जी हालें-
अर्जी -१ , विश्वविद्यालयको प्राङ्गण र उच्चशिक्षाका विद्यार्थीहरु उपन्यासका पात्र बन्छन् भने तिनको चिन्तन र संवादमा, लक्ष्य र संकल्पमा त्यस्तै माथिल्लो तहको युगीन समस्या झिल्काकै रुपमा भए पनि देखा पर्नुपर्ने । कि त्यस बाटाको चिन्तनमा लाग्ने विद्यार्थी थिएनछन् कि ? ताच्छिल्यमा भनौं– ‘मुलुकबाट युवा–पुरुष बाहिरिए अब अफगान लडाकु बहर ल्याएर त्यस्तै लडाकू जन्माउने हो कि मुलुक जोगाउन भन्ने खालको एउटै वाक्य बोल्न लगाएको भए पनि मुलुकले भोग्दै रहेको दुरावस्था पन्सिने आशा गर्न सकिन्थ्यो नि अवाञ्छित भए पनि ! त्यस्तो युवाशक्ति मुलुकको पीडा पन्साउने विषयमा बोल्न नजान्नु आश्चर्य होइन । उच्छलन खै, संघर्ष खै, कथाको ऊर्ध्वगमन खै, द्वन्द्व र त्यसपछिको पराजय र सफलता खै ? कलमधरले पात्रमा उत्साह, तत्परता, क्षमता, ओज, शौ
नारीमा शक्ति, सौन्दर्य, उत्साह र श्री अब रहनुपर्छ- देखिनुपर्छ | साहित्यमा नारीका ती मूल्यवान् गुण अब पनि देखिनु नै पर्छ भन्ने आग्रह राख्ने युग पनि त होइन । कुनै हिसाबले विद्यार्थी भइदिएका वा हुन पुगेका युवा नारीमा विद्रोह, चेतना, आक्रोश प्रतिकार, अपेक्षा, निर्माण र ध्वंश जस्ता भाव उच्च–शिक्षाको प्राङ्गणले भर्न नसक्नु शायद युगानुकूल हुँदो हो– यो विधानले निर्माण गरेको परिवेशमा । यदि यस्तै धारणा हो भने यथास्थितिको जीवन गतिलाई वहन गर्ने यो लेखन अवश्य प्रशंसनीय छ । बरु यस्तो लेखन पूर्ण आलोच्य छ :
‘दक्ष गोपजनको सुरुचिपूर्ण सक्रियता र विवेकले कथित विश्व उत्कृष्ट विधान बनाएकै हो । यसले (विधानले) निर्माण गरेको समाजको विद्रूप मुद्रा सिर्जनामा नदेखिने होला र !अनि साहित्यकार प्रतिपक्षमा कहिले देखिएन र ! शस्त्र र अस्त्र चलाउन ऊ कहिले पछि हट्यो र !’ (प्रकाशक, रुपसेपानीकी ठूली)
जवानीको रङ्ग–तरङ्गले नछचल्किएको युवा शरीरले सौन्दर्यका छटा प्रक्षेपण गर्न सक्तैन भने वस्त्रागारमा सजाएर उभ्याएको शरीर सजीव देखिए फरक के पर्छ र ! मिल्दैन कुनै कृति अर्कोसँग तुलना गर्न मिल्दैन । प्रत्येक शरीरलाई उस्तै वा समान देख्नु भौतिकवादी वा कंनिस्टिक धारणा होला (यस बारे चर्चा फेरि) ।
मलाई यहाँनिर आत्मवञ्चनाको कथा लेख्न मनलाग्यो– म मोमिलाको गद्य लेखनको बडो समर्थक थिएँ । खोजी–खोजी पढ्थें । प्रिय लाग्थ्यो, उनको उबेलाको गद्य लेखन, जवान, रसमय, सौन्दर्यपूर्
शायद लेखकले मौकामा ज्ञानको प्रदर्शन नगरे सिर्जना रोकिंदो हो । लेखक यस्ता अवसरमा चुक्तैन । चुक्नु हुँदैन । हामी यस दिशामा लेखकका पाइला नरोकिउन भन्छौं । हिजोका भनाइ हामी सबैका लागि ज्ञानकुण्ड हुन् । तर औचित्य पनि देश–काल–परिस्थिति, पात्र र पाठक अनुसार नै होला कि ! ‘पुस्तक’ र ‘वाद’ पढाउने चलन धर्म व्याख्याताको मात्र अधिकारको कुरा होला त ! लेखककै विशेष अधिकारको क्षेत्र होइन र ! उत्तरआधुनिक लेखन पनि कि ?
युद्ध भनिने गुरिल्ला आक्रमणले छोडेको चोटको चर्चा थोरै भए पनि छ । युगको बिमारीको संकेत हो । अमेरिका पुगेर फर्केको कथा ‘शार्दूली’मा पनि छ । तर यति शक्तिशाली छैन । श्रम, समय र लगनको परिणाम अझ उन्नत आउन सक्ने आशा गरौं । कतै यो कृति आम साहित्यप्रेमीका लागि भन्दा वर्गविशेषका लागि पो हो कि भन्ने पनि बुझिन्छ । ‘के पाइस् यो पुस्तकमा ?’ यो प्रश्न हामीले सोध्नैपर्छ पढिसकेका पाठकलाई ।
थप अर्जी हो – ‘अस्तित्व’ शब्दले पात्रको नाम हो भन्ने सत्य बारम्बार बोध गराइरहन सकेन मलाई । यसलाई मैले आफ्नो अज्ञान वा अविद्या ठानेको छु ।
मलाई प्रसन्नता भो– परिवेश उन्नत, परिस्कृत भएछ, हामीले नेपाली समाजमा अभिसारिका जन्माएछौं, भेटेछौं अनुमोदन गरेछौं । आजको समाजले अभिसारिकालाई उच्च दर्जा दिनैपर्छ, प्रतिगामी चिन्तन राख्ने किन ? के अभिसारिकाले राजकीय मर्यादा वा शलामी नपाउने छ र ? कि विधान वाधक छ ? ऋतु, मौसम र समयको बहिष्कार पनि अमान्य छ कि ? यो सृजनऋतुको परिवर्तनको संकेत हो ।
‘अडिएका पाइला’ पढिसकेपछि थाह हुन्छ अरु पुस्तक खोजेर पढ्ने कि पाइला अड्याएरै राख्ने । यत्रो पुस्तक लेख्ने लेखकको समय, श्रम र लगन (एकाग्रता) प्रशंसनीय छ । भौतिक स्वरुप उस्तै सुन्दर छ ।
यसमा पाइला रोकिएपछि म फेरि ‘विचार मीमांसा’ पढ्न हतारिएको छु । रामप्रसाद उपाध्याय पोख्रेलको यो पुस्तक अहिले उपजीव्य ग्रन्थको भावले मेरा लागि गीता र रामायण बन्न पुगेको छ । लेखक र दृष्टिकोण बारे नौलो पाठ यसैबाट सिक्ने सोचाइ राखेको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।