शेखर कोइराला
अमेरिका

शेखर कोइराला

 

मैले जहिले हरियो वनसँग मीत लगाए
सधैं सुन्दर वातावरण सँग मीत लगाए

कहिले प्रकोप त कहिले महामारी आयो
बलजफत रिसाउने गगनसँग मीत लगाए

हरियाली स्वच्छता जीवनको पाटो बनाउन
सोच्ने दिमाग राख्ने भण्डार मनसँग मीत लगाए

सबै वस्तु भए एउटा सुन्दर फूल फूल्छ अनि
चैत वैशाख जेष्ठ पछि श्रावणसँग मीत लगाए