साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पर्यावरण गजल

Chovar Blues Mobile Size

खिम केसी

आजभोलि जङ्गल बढेर हराभरा छ
बगैंचामा पनि उस्तै सुन्दर भमरा छ ।।

बचाउनु छ सबै चराचुरुङ्गी र जनावरहरू
ख्याल गर्नु पैठारी गर्नेको लागि कठघरा छ ।।

बाघ बढेर दोब्बर भएको उपलब्धिमा
शुभमुहूर्त मनाउने हाम्रो परम्परा छ ।।

कहिले न्यास्रो लागे जङ्गल सफारी जानू
मन भुलाउन गाउदै बसेको कोइली चरा छ ।।

sagarmani mobile size

ढुक्क भएर रमाइलो गरे हुन्छ निकुञ्जमा
डर छैन तिमीलाई राज्यको ठूलो पहरा छ ।।

प्रतिक्रिया
Loading...