साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पर्याकविताः गर्भावस्था

Chovar Blues Mobile Size

 


ए वृक्ष
कति दुख्यो होला तिमीलाई
चट् चट् छाला बोक्राउँदा ?
कति चहऱ्याए होलान्
ब्यान्डेज भित्रका घाउहरू
तिम्रा हाँगामा कलम काट्दा ?
..
पीडामा कति छट्पटाए होलान्
तिम्रा सुकोमल तन्तुहरू
रगतरूपी चोप भल्भली बगिरहँदा ?

आएथे एकदिन
माहुरी र पुतलीहरू कानेखुसी गर्न
जनाउन समवेदना
तर
मुस्कुराउँदै उदात्त बोलिथ्यौ तिमीले
‘जितेकी छु पीडालाई,
बोकेकी छु गर्भ डालीडालीमा
जन्माउन अनगन्ती पालुवाहरू
निरन्तर राख्न
प्रकृति परम्परामा
सजाउन यो पृथ्वी हराभरा
किनभने
म जननी हुँ
त्यसैले
गर्वित खुसी छु यतिबेला।’

 

 

XX—XX

प्राध्यापक. असम कृषि वि.वि.,गुवाहाटी, भारत
फोन: 9435309235

प्रतिक्रिया
Loading...