साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः फागुनको महिमा

सेबन्त पोख्रेल परदेशी

 

सेबन्त पोख्रेल
bahulako diary small and inside post

भारतवर्षमा यसै महीनालाई
कान्छो पनि भन्दछन्
पूर्णिमामा नक्षत्र फाल्गुनी परे
फाल्गुन मास जान्दछन् ।।

महिना माघपछि अघि बढीकन
फागुन आयो जसै।
चिसो मौसमको रूखो धरणीको
अन्त्य गरायो तसै ।।

नाङ्गेका, बट वृक्ष डालहरूमा
माघको जुन डर थियो
फागुनले आगमन गरेर सबमा
आफ्नो आभासै दियो ।।

मुर्झाएका सब डाल-डालहरूमा
हरियो छायो जसै
धुम्मिएको त्यो आकाश गङ्गा अबलौ
मुस्काउन लाग्यो तसै ।।

लाली छायो जता-ततै प्रकृतिको
यौवनले तात्तियो
फागुनको रसले चराचर जगत्
सम्पूर्ण उन्मात्तियो ।।

गएका डेरा छोडी पक्षीहरू ती
फागुनमा फर्किए
मिठो स्वाद बनाई सुशील स्वरले
धेरैथरी चर्किए ।।

वृद्धजनहरूको यो न्यानो महीना
फागुन आयो जसै
पीडा गो तनको आनन्द मनको
आयो सबैमा तसै ।।

धार्मिक उत्सवको मधुर पलको
सौगात छ पासमा
शिवरात्रि अनि होलीको रस मिठो
फाल्गुनको मासमा ।।

ऋतुमध्ये छ उत्तम महिनामा
वसन्तलाई जानिए
धेरै छन् तुलफूल असाध्य रसिला
फागुनमा पाइने ।।

हुरुरु आँधी र धुलोको छ दङ्गा
तै पनि फागुनमा मन हुन्छ चङ्गा
फागुनमा फैलियो स्वास्थ हाम्रो
फागुनमा प्रकृति पनि अत्ति राम्रो ।।

चैतलाई सामु देखेको डुल्दै
हर्षित फागुन समय सीमा भुल्दै
फर्केर आउने छ आउँदो होलीमा
घर फिर्यो फागुन, माघको टोलीमा ।।

कोक्राझार, असम, भारत

प्रतिक्रिया
Loading...