साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

इको कविताः बिझायो विकास

गंगा भण्डारी

चौतारा लामा पिपलु छायाँ साथीका साथमा
हाँस्दै र खेल्दै हिँडेका दिन आउँछ यादमा।
चटक्क ढुङ्गा चौतारी मञ्च वरको छायाँमा
सुस्केरा हाली गाएका गीत के थियो जमाना ।।

bahulako diary small and inside post

बिझायो यहाँ विकास नयाँ डाँडा र शहर
जंगल मास्यो पहाड भास्यो योजना नभर।
पानीका मूल सुकेका कुला जमिन बाँझियो
वनकी चरी बिलौना गर्छे जंगल मासियो।।

गाउँका पाखा गोरेटा बाटा चौतारा लजाए
झ्याङ्गिए घर पिपलु वर नादान बनाए।
हातमा ऐना सञ्जाल चैन जाँगर निदाए
सुस्केरा हाली शितल ताप्ने सिमाली हराए।।

सम्बन्धित पोस्टहरु

गाउँको रुप फेरियो बाटो घरमा धारा छन्
हरियो बारी गुडेर गाडी धुलाम्य पाखा छन्।
पहाडी ठिटो कोदोको पिठो मिलमा पिसायो
जिल्ल भो जाँतो हातमा हातो ओखली भोकायो।।

स्यालले बोल्न छोडेछन् आज मासियो प्रजाति
सिमाली छायाँ मान्छेको माया महँगो भो अति।
साथ र हात टाढिए पर बा-आमा रुँदैछन्
हराए निष्ठा सत्संङ भेट रकमी बन्दैछन्।।

यस्तैछन् धेरै विकास ठुलै निकास बिनाको ।
फस्ने पो हो कि भासमा कतै सौन्दर्य ऋद्धको।।

स्वीन्डन, युके

प्रतिक्रिया
Loading...