साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

लघुकथा : चिलहरुको बार्तालाप

ratna book ads

घन टाउके – होइन लेखक सानो छँदा त “हरियो बन नेपालको धन” घोक्दै हिडेको सुनेको होइन ?

बाँकटे – हो नी ! अहिले त “हरियो बन” कताको धन पत्तो पाउन गार्हो छ |

दुई चिलहरूको बार्ता चलिरहेको छ |

उ हेर आज यो सामुदायिक बनतिर धेरै पर्यटक तथा अन्य आगन्तुकहरुको आवतजावत बढेको छ | रामे प्रजाका दम्पति खुशी हुने भए |

घन टाउके – कसरी नी ?

सम्बन्धित पोस्टहरु
डा. हिम लाल श्रेष्ठ
डा. हिम लाल श्रेष्ठ

बाँकटे – सुन ! हाम्रा लागि यो अग्ला अग्ला सिमलको रुख जति महत्वपूर्ण छ, त्यति नै महत्व मौरी र मौरी पाल्ने मानिसहरुलाई छ | अनि यो ठाउँमा मौरी पालक प्रजाहरु छन् | किसानहरुलाई चिउरीको बोट , तोरी बारी र मौरीको घार उत्तिकै महत्वपुर्ण छ |

हामी सिमलको अग्लो रुखको डालीमा बसेर तल हेर्छौं | साना साना मुसा समेत देखेर सिकार गर्छौं | त्यसले किसानहरुको बालिनाली सप्रिन्छ | जब तोरिबारिमा लह लह तोरी फुलेर पहेलो हुन्छ | मौरी आउँछ र रस चुसेर मह बनाउन लैजान्छ र आफ्ना पखेटा र खुट्टामा भएका मसिना रौँहरुले तोरीको पराग फूलहरुमा छाड्दै जान्छ र तोरीमा फल लाग्दछ |

धोक्रो भरि भरी तोरी त अस्तिनै रामेको परिवार सबै मिलेर लिएर गएको देखेका थियौ नी तिमीले पनि | तोरी पेलेर तेल भित्र्याईसके | महको घार उघारेर पटक पटक मह काढे | अब आज आउने “हरियो बनका” पाहुनाहरु चिउरीको मह भन्दै, तोरीको शुद्द तेल भन्दै अनि प्रजाहरुको स्थानीय उत्पादनहरु मनग्य किन्ने छन् | पैसा खर्च गर्ने छन् | रामे प्रजाको पसलको सामान धेरै बिक्री भएपछि, आम्दानी धेरै भएपछि रामे पनि खुशी अनि रामेकी बुढी पनि खुशी | हामी पनि खुशी – होइन त घन टाउके ! कहिले घर चलाएर हेरेको भए पो थाहा हुन्छ | तिमीलाई त खाली चार चौरास डुल्दैमा ठिक्क छ | आफुलाई – आफुलाई भने हरेक रात कुन पहरामा बास बस्ने, ती छिचिमिरा जस्ता बच्चाहरुको खान्की शिकार कहाँ खोज्नु भन्ने चिन्ता हुन्छ, तिमी भने डुल्यो, खायो |

 

अश्राङ्ग, गोरखा
(हाल – कटुन्जे, भक्तपूर )

प्रतिक्रिया
Loading...