पछिल्लो समय प्लास्टिक हाम्रो जनजीवनको अभिन्न अंग बन्न पुगेको छ । यो यति हावि भएको छ कि प्लास्टिक बिनाको जीवन हामीले कल्पना पनि गर्न सक्दैनौँ ।
अचेल खानपिनका सामग्री प्याकेजिङ गर्न पनि प्लास्टिक प्रयोग हुन थालेपछि केही विज्ञहरु यसले गर्ने स्वास्थ्यसम्बन्धी हानिका बारेमा छलफल गर्न थालेका छन् ।
यसको पछिल्लो उदाहरण, एउटा भाइरल बनिरहेको इमेललाई लिन सकिन्छ । सो इमेलमा प्लास्टिक बोतललाई घाममा राख्दा त्यसबाट निस्कने रसायन पानी हुँदै हाम्रो शरीरमा पुग्छ र त्यसबाट हामीलाई क्यान्सर हुने सम्भावना उच्च रहेको बताइएको छ ।
सो इमेलमा कयौँ पटक एउटा विश्वविद्यालयको खोज अनुसन्धान भन्दै कयौँ पटक उद्धृत गरिएको छ । तर यो इमेल र यसमा दाबी गरिएका कुरा झुटा हुन् । यसमा सत्यता भने छैन ।
इमेलमा व्यक्त गरिएका चिन्तामध्ये बिस्फेनल ए (बिपिए) नामक रसायनलाई लिएर केही वैज्ञानिकहरुले चिन्ता व्यक्त नगरेका भने होइनन् ।
पोलिकार्बोनेट कन्टेनरहरु, काना राख्ने प्लास्टिकका डब्बा मात्र होइन, टिकटमा प्रयोग गरिने कागजसम्ममा बिबिए रसायन पाइन्छ ।
बिपिए एउटा स्त्रैण हार्मोनजस्तै आफ्नो असर देखाएर हानि पु¥याउन सक्छ । हुन त अहिलेसम्म यसलाई प्रमाणित गर्न सकिएको छैन न त यसले कुनै स्वास्थ्य समस्या उत्पन्न गरेको नै कसैले पाएको छ ।
तर यो रसायन हानिकारक हुन सक्छ कि सक्तैन त ? यसका बारेमा प्रमाणहरुले के बताइरहेका छन् त ?
अध्ययनबाट केसम्म देखिएको छ भने, शरीरमा बिपिएको मात्रा आवश्यकताभन्दा बढी हुँदा मुसा र खासगरी गर्भवती मुसी तथा तिनका छाउराछाउरीलाई हानि पु¥याउन सक्ने देखियो ।
तर मानिसले बिपिएजस्ता रसायनलाई अलि बेग्लै किसिमले पचाउने काम गर्छ । अहिलेलाई हामे शरीरमा दैनिक कति मात्रामा बिपिए लिन सकिन्छ वा हाम्रो शरीरले पचाउन सक्छ भन्ने खासै प्रमाण फेला परिसकेको छैन ।
प्याकेजिङको काममा बिपिएको प्रयोग वर्षौंदेखि भइरहेको छ । विकसित देशहरुका अधिकांश वयस्कहरुको पिसाबमा बिपिए पाउने गरिएको छ ।
हुन त प्लास्टिक प्याकेजिङमा बिपिएको प्रयोग नगर्दा यसको खतराबाट जोगिन सकिन्छ । अधिकांश प्लास्टिकमा बिपिए भए या नभएको नम्बर अंकित गरिएको हुन्छ र त्यसबाट यो छ कि छैन भन्ने थाहा पाउन सकिन्छ ।
बिपिए कसरी पत्ता लगाउने ?
त्रिभुजाकार रिसाइक्लिङ चिह्न (♲)भित्र यो देखिन्छ । यसमा १,२, ४ अथवा ५ जस्ता अंक हुन्छन् । यी अंक भएका सामग्रीमा बिपिए हुँदैनन् ।
३ र ७ को अर्थ चाहिँ बिपिए हुनसक्ने सम्भावना हो । तपाईं प्लास्टिकलाई तताउनुभयो र त्यसमा डिटर्जेन्ट हाल्नुभयो भने त्यसबाट बिपिए निस्कन सक्छ । प्लास्टिकमा अंकित ६ को अर्थ यो पलिस्टाइनिनबाट बनेको भन्ने जनाउनु हो ।
युरोपेली संघमा बालबालिकाले प्रयोग गर्ने बोतल तथा खेलौनामा बिपिएमुक्त हुनुपर्छ । हुन त, खानाका डिब्बामा अधिकांशतः बिपिए हुन्छ नै । त्यसैले यसबाट बच्न लगभग असम्भव नै छ ।
बिबिसी हिन्दीबाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।