शरद्शोभा
स्कुल पढ्दा कल्पना गर्थेँ
अहिले बुझ्न प्रयास गर्दै छु
न्युटनको चालसम्बन्धी नियम
‘प्रत्येक क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ ।’
कतै बाढीपहिरो
कतै अनावृष्टि
कतै अतिवृष्टि
बदलिँदो जलवायु
विश्वव्यापी उष्णता
यही त होला
भौतिक सुखका लागि मान्छेले गरेको
प्रकृतिदोहनको प्राकृतिक प्रतिकृया
मान्छेको अविवेकी कर्मको
बराबर तर विपरीत प्रतिक्रिया ।
महाङ्काल -४, कालेश्वर, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला