तिम्रो मनको मरुभूमिमा
लागिरहेको आगो निभाउनु ।
तिम्रो आधुनिक परिवेशको धुवाँले
मक्किसकेको फोक्सोलाई
पुनः निर्माण गर्ने विचारले
साउँ अक्षर मात्र सिकेका
पारी गाउँका धनबहादुरले
तिम्रो वैज्ञानिक मस्तिष्को
कार्बनडायइअक्साइडलाई आफै निलेर
अक्सीजन भर्ने काम गरिरहेको छ।।

रोशन राई चोट
त्यही धनबहादुरले रोपेका वृक्षहरु काटन
आतुर छन् तिम्रो वैज्ञानिक अौजार।
आतुर छन् थुप्रै धनबहादुको गाउँमा
पहिरो चलाउन, पानी सुकाउन रोग फैलाउन।
धनबहादुरले जोगाड गरेको अक्सिजनलाई
आफ्नै सम्झेर बेच्न,
तम्सिरहेको तिम्रो शिक्षित मानसिकतालाई
कुन हातले सलाम गरुँ ।
तल्लो गाउँमा पैह्रो गएर
ना बालकहरुको ज्यान जान्छ।
त्यतिबेला सम्झन्छु
धनबहादुरले रोपेका वृक्षहरु।
पल्लो गाउँमा पानी सुकेर अनिकाल लाग्छ।
रूगा, मार्गी हजारौं रोगले घाँटीमा समात्छ गाउँलाई
त्यतिबेला सम्झन्छु फेरि
धनबहादुरले रोपेका वृक्षहरु।
अब हामीलाई यस्तै साँउ अक्षर सिकेका
धनबहादुरहरुको खाँचो छ।
जसले देशमा अक्सिजन भर्न सकोस् ।
आधुनिकतालाई अंगालो मारेर
पर्यावरणको विनाशमा लागिपरेका
अमानुस हातहरुको बिनाश गर्न
म उ तिमी,हामी,तपाई सबै
धनबहादुर बन्नुपर्छ
धनबहादुर बन्नुपर्छ ।।
रोशन राई चोट
सन्त रोबर्ट स्कुल
दार्जिलिङ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

