प्रिय तिम्रो उत्कर्षको दिन
तिम्रो अस्तित्व र तिम्रै अन्वेषणमा
तिम्रा हरेक लिलाको सोध
जुनेली रात भित्रको खोज
अँधेरी रात,गोधुली साँझ
उषाको परिभ्रमणमा
हुने सबै तिम्रा उत्कर्षमा
सुनगाभा फूलले सजिने छ तिम्रो बाटो
र
अन्तिम उत्सवमा जिबनको
मसानको भष्म बनेर
सेतो फूलको परलौकिकता
भविष्यको दिव्यतामा चम्किने छ,
प्रिय तिम्रा हरेक उत्कर्षमा
नि:शब्द उत्तर बनेर
जन्म र जिबनको बिदाइ गर्दै
तिम्रो,मेरो र जगत
अस्तित्वको निष्प्राण समाधिमा
सहलेश फूलले सजिने छौं
प्रिय तिम्रो महान प्रेम
निलो गहिराइमा सहलेश बगैंचाबीच
सेतो दिब्यतामा
अस्तित्व रक्षाको आह्वान गर्दै
सन्त सत्यको संखनाद सित
अन्तिम निमेष
र भबिष्य यात्रा सम्झाई दिने छ
स्वेत बोधी
मालिनको सुनगाभा सेतो फूल
प्रिय तिम्रो उत्कर्षको निमेष
र
तुफानको संगीत सम्झाई दिने
महाअन्वेषणमा खोज
मन र आत्मा ज्ञान खोज
उदय र अन्त्यको स्मृति बोध
सबै सम्झनामा
फुलिरहनेछ सहलेश
सबै प्रलयमा युगको
योग फूल सजिने छ’
ढकमक्क फुलेर
दिब्यताको प्रकास
बासनामा दौडिने छ
आगतमा
तिम्रो समाघिलाई चम्काउने छ
प्रिय योग सेतो फूल,
तिम्रो देहको अन्तिम सृंगार
तिम्रै देहलाई चम्काउदै
निष्कलंकित बनाउदै
पबित्र भष्म
देह भष्ममा फुल्ने छ।
प्रिय तिम्रो उत्कर्षको दिन
तिम्रो अन्तिम निष्कर्षमा
जिबन धाराको खोज्
बितेका रातहरुको खोज्
उदय र अन्त्यको खोज्
सबै तिम्रा उत्कर्षमा
सहलेश फुली रहने छ
सेतो फुल चम्कि रहने छ
तिम्रो देहलाई निष्कलंकित बनाउदै
बिलयमा समाहित गर्ने छ
पावन गर्ने छ
प्रिय सेतो फूल,
युद्ध र कोलाहल बीच
जिबन सान्तिको समागम
मानवताको महायज्ञमा
पुनर्जागरण भित्र
सभ्यताको आवरणमा
चादनीमा चाँदीको घेरा
कालो बादल भित्र
उज्यालो सृंगार
प्रिय सेतो फूल,
हिंसाको कालो बादलमा
अन्धकार
रक्त उन्माद
कोलाहलको संगीत
तुफान
सबैको बिदाईमा
सन्त वृक्षमा सेतो फूल
पारिजातमा सेतो फूल
लौकिक स्वतन्त्रता
न्याय र भातृत्वको
जागरण ताण्डबको लागि
मृत संजिबनिको गित लेख्दै
आत्मा ज्ञान
सृष्टि र बिप्लवको कलामा
सौन्दर्यको लागि
सेतो फुल सजिने छ,
बुद्धको ज्ञान योग जस्तै
एउटै संकल्प लिएर
हिरोशिमाको चिहान
नागासाकिको सन्नाटासंगै
सुसाउदै रोएको मानबता जहाँ
खरानीमा फुलेको सेतो फूल,
प्रिय तिम्रा आधिमय समयमा
तिम्रै पुर्ख्यौली अतित सम्झाउन
तिम्रै आँगन सजाउदै
परलौकिकता चम्काउदै
तिम्रै अन्तिम पल
र अस्तित्वको अतित सम्झाउदै
आँफैलाई माया सिकाउदै
तिम्रै देहमा सजिने छ
श्रद्धान्जली भरि सेतो फूल,
प्रिय तिम्रो सम्झनामा
स्फटिक जस्तै स्वेत
सितल,निर्मल,सन्त र तृप्त
आवाजसंगै फुलेथ्यो
त्यो आशाको झंकार
भविष्यको मोहकता
र समुन्द्र ज्ञान
तिम्रो उत्कर्षको दिनमा
प्रत्येक युगमा
अगरबत्तीहरु बालिने छन्
र तिम्रै देह माथि राखिने छ
भियतनामी चिहान
इन्डोनेशियाको कबर्स्तान
अमेरिकी आदिबासी
जिउदै जलाइएका बस्ति
ग्यास चाम्बर
र सेन्टपिटरबर्ग
सेतो फूलमा सजिएर
अगरबत्तिको महक
ममबतिको उज्यालोमा
सेतो फूलको आसनमा
सजिदै युगौं युग सम्झिने छ
सहलेशकि प्रिया
मालिनको सुनगाभा,
ह्रिंसक मनहरुलाई
तिम्रो युग पछि पनि
ललकारी रहने छ
स्फटिक जस्तै सितल
तृप्त आवाजमा
आकासे बत्ति
भबिश्यको उषाजस्तै
ज्ञान बनेर फुली रहने छ
तिम्रै जिबनको सार्थकता खोज्दै
तिम्रै देहलाई सुगन्ध दिन
तिम्रै संदेहमाथि फुल्ने छ
मानवताको चिनगार पारिजात,
पृथ्वी सुसाउँदै गरेको
सान्त शितमणि
आफ्नै अन्तर्यमा चम्कने छ
दिब्य प्रकाशले सेतो फुल
सार्थक पल
निष्कर्षको पल
उत्पत्तिको पल
महाप्रलय
तिम्रै अनुरोधमा
गित बनेर गुन्जिने छ वियोगको
र पुन जोड्ने छ आवाज सृष्टिको
धर्तीमा पालुवा
भर्दै बैंस
हजारिबाट बर्षिने पानिझैँ
बादल पग्लिने छ
मन्दाकिनी मुस्कुराउने छ
अस्तित्वको निर्णय सुनाउदै
र फेरी धरा हराभरा हुने छ
प्रित बनेर लहलहाउने छ
सहलेशको बगैचामा
सहलेशकै सम्झना बनेर फुल्ने छ
मालिनको सुनगाभा सेतो फूल।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला