छैटौँ वातावरण साहित्य गोष्ठीको प्रथम दिन, जून ५ मा प्रमुख अतिथि प्रा डा खगेन्द्रप्रसाद लुइटेल, प्रमुख वक्ता तमु साहित्य मन्च अध्यक्ष गौरी तमू लगायत नेपाल र बेलायतका ६५ जना भेला भई जुम प्रविधिबाट छैटौँ वातावरण साहित्य गोष्ठी सम्पन्न गरियो ।
यस अवसरमा ४९ जनाले इको मुक्तक वाचन गरे भने विजय हितान सम्पादित इको कविता संग्रह ‘स्वच्छन्द सुसेलीहरु २’ प्रमुख अतिथिको हातबाट विमोचनसमेत गरियो।
कार्यक्रममा गत वर्षका उत्कृष्ट इको कवि गणेश राईलाई सम्मान पत्र र पुरस्कार राशिबाट पुरस्कृत गरिएको थियो।
दोस्रो दिनको ६ जुन ‘छैटौँ वातावरण साहित्य गोष्ठी’ मनाउने क्रममा भारत र विश्वका अन्य राष्ट्रका ४९ स्रष्टाहरू जोडिनुभएको थियो । ३० जनाले इको मुक्तक तथा कविता वाचन गर्नुभयो ।
कार्यक्रममा भारत, जापान, हंगकंग, इजरायल, युरोप, अमेरिका, र बेलायतका स्रस्टाहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा डा गोविन्दराज भट्टराई, प्रमुख वक्ता साहित्यकार ज्ञानबहादुर क्षेत्री, त्यस्तै देवेन सापकोटाद्वारा रचित इको कविता संग्रह ‘परिश्रान्त पृथिवी’ प्रमुख अतिथिको हातबाट विमोचन गरियो। साहित्यपोष्टमा “पर्यावरण साहित्य” सेक्सनको पनि प्रमुख अतिथिबाट समुद्घाटन गरिएको थियो ।
दुवै दिनको कार्यक्रम प्रमुख संयोजक विजय हितान रहनु भएको थियो । कार्यक्रमको प्रमुख संयोजक संस्था विश्व नेपाली साहित्य महासंघ साउथ युके, सहसंयोजक संस्थाहरु लगायत बेलायतका अन्य १३ ओटा नेपाली साहित्य संस्थाहरुले कार्यक्रम सफल बनाउन भूमिका खेल्नुभएको थियो ।
दुवै दिन वाचित उत्कृष्ट एक इको मुक्तकका सृष्टालाई रु १,००० को पुरस्कार दिइने बताइएको छ । सर्वोत्कृष्ट मुक्तककार केही दिनमा घोषणा गरिनेछ भने पुरस्कृत सिर्जनालाई अर्को वर्षको सातौँ वातावरण साहित्य गोष्ठीको अवसरमा सम्मान गरिनेछ ।
लालीगुराँशलाई सभापति मान्ने चलनअनुसार यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएर दुवै दिनको कार्यक्रम सञ्चालन गरिएको विनेसाम साउथ युकेका सञ्चालक अमित थेवेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले पर्यावरणीय साहित्य कसरी सिर्जना हुन्छ भनी उदाहरण दिनुभयो । उहाँले भन्नुभयो, पानी कति कन्चन, लालीगुराँश कति सुन्दर भनेर लेख्यौँ भने त्यो प्रकृतिको वर्णन मात्रै हुन्छ। पानी कसरी प्रदूषित हुँदैछ र लालीगुराँश किन मुर्झाउँदै छ भनेर लेख्यौँ भने त्यो इको लिटरेचर हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।