धनी राष्ट्रका वैज्ञानिकहरु मंगल ग्रहमा जीवनको खोजीमा दत्तचित्त भएर लागिपरेका छन् । मंगल ग्रहमा बस्न लायक बनाउने सूत्र मानिसको जिनमा होला त ?

मंगल ग्रहमा मानव बस्ती बसाउने कुरा हुँदा हाम्रो ध्यान चाहिँ प्राविधिक समाधानतिर जाने गर्छ । जस्तो स्पेस सुट, सुरक्षित खान्की र अन्य चिजबिजहरु । तर क्रिस्टोफर जेसनले भने मानिसको अहिलेको प्रजाति त्यहाँ बाँच्न नसक्ने बरु त्यसका लागि आवश्यक पर्ने जेनेटिक परिवर्तनको प्रस्ताव राखेका छन् । खासमा यो के हो ? जेनेटिक परिवर्तन भनेको के हो ? यो किन आवश्यक छ ?

हुन पनि अहिलेसम्म हामीले सामान्य रुपमा अन्तरिक्षमा जाँदा भौतिक वा प्राकृतिक या यान्त्रिक सुरक्षाका उपायहरुका बारेमा सोच्ने गर्छौं । औषधीय उपायका बारेमा सोच्छौँ । के कस्ता औषधी खाँदा हामी अन्तरिक्षमा पनि बाँच्न सक्छौँ भन्ने कुरामा घोत्लिने गर्छौं । ती सबै कुरा हामीले प्रयोग गरेर हेरिसक्यौँ । तर अब जैविक तरिका प्रयोग गर्ने समय आइसकेको छ ।

उदाहरणका रुपमा, सिएआर–टी कोशिकाहरु (कार्ट सेल) एक किसिमको डिजाइनर टी कोशिका हुन् । तिनको प्रयोग अचेल ल्याबहरुमा गर्ने गर्न थालेको निकै भइसक्यो । तिनले मानिसलाई क्यान्सरबाट मुक्त गर्छन् । विशिष्ट तरिकाले यस किसिमको कोशलाई प्रयोगशालामा उत्पादन गरिन्छ, त्यसलाई क्यान्सरजस्ता रोगमा उपयोग गरी रोगमुक्त गरिन्छ । यसका बारेमा मानिसलाई न त कुनै चिन्ता छ, न त मानिस छक्क परिरहेका नै देखिन्छन् ।

कतिपय अवस्थामा यसको प्रयोग अझ बढी विशिष्ट किसिमका जिन सम्पादन गर्न कयौँ रोगीहरुमा गरिएको छ । र, यो कुनै एक या दुई जनामाथि होइन, सयौँमाथि प्रयोग भइसकेको छ । यसलाई क्रिस्पर– जिन सम्पादन टेक्नोलजी पनि भन्ने गरिन्छ ।

मङ्गल ग्रहमा ज्यूँदै रहने औजार

क्रिस्टोफर मेसन

मानिसले आफ्नो शरीरमा स्वस्थ र सर्वश्रेष्ठ कोशिका बनाउनका लागि निकै मिहिनेत गरिरहेका छन् । माइक्रोबायोम अर्थात् जीवाणुहरुलाई रुपान्तरित गर्नेदेखि लिएर प्रतिरोधक कोशिकालाई परिवर्तन गर्नेसम्मका कार्यमा यसको प्रयोग भइरहेको छ । यी सबै रोगको उपचार गर्ने या रोग लाग्न नदिनका लागि भइरहेको छ ।

ठीक यही कुरा हामीले अन्य ग्रहमा जानका लागि पनि गर्न सक्छौँ । यो मात्रै एउटा तरिका नहुन सक्छ । अन्य धेरै तरिका हुनसक्छन् । र, त्यो पत्ता लगाउन अझै हामीलाई २०÷३० वर्ष लाग्न सक्छ । र, त्यो बेलासम्म हामीले अन्य ग्रहमा जानका लागि र त्यहाँ बाँच्नका लागि हामीलाई चाहिने सही किसिमको शारीरिक संरचना हामीले प्राप्त गर्न सक्छौँ । त्यसैले पनि हामीले आउँदा पाँच सय वर्षका लागि यस्तो योजना बनाउनुपर्छ भनेर किताब लेखेको हुँ ।

अब हामीले ज्यादै चरम पर्यावरणीय अवस्थामा पनि कसरी ज्यूँदै रहने भन्ने कुरा केही जीवजन्तुबाट सिक्न सक्छौँ । जस्तो कि, एक्सट्रिमोफाइल्स । यी जीव चरम पर्यावरणहरु महासागरका अत्यधिक गहिराई या उष्मजलीय निकास रहेका ठाउँमा बस्ने गर्छन् । अन्तरिक्षमा पनि महासागरका जस्ता चरम वातावरणीय परिवर्तनका अवस्थाहरु भोग्नुपर्ने हुनसक्छ । अत्यधिक गर्मी या अत्यधिक जाडो या अत्यधिक सुख्खापन या अन्य किसिमका वातावरणीय प्रभाव, जुन हामीले कल्पनासमेत गरेका छैनौँ ।

एक्सट्रिमोफाइल्सका अध्ययन त्यसैले जरुरी छ । ती सूक्ष्मजीवहरुमध्ये कतिपय त अन्तरिक्षमा पनि पाइन्छन् । तिनले अन्तरिक्षको वातावरणलाई पचाएका छन् । विकिरणको प्रतिरोध, सुख्खापनको प्रतिरोधका अतिरिक्त ती सूक्ष्मजीवमा डिएनए मर्मत गर्ने कुन तत्त्व छ भनी हामीले खोजी गरिरहेका छौँ । तिनमा चरम अवस्थामा पनि बाँच्ने खुबी छ र तिनलाई हामीले खोजी गर्नु जरुरी छ ।

चरम वातावरणीय अवस्थामा बाँच्ने जीवजन्तु हामीले देखिरहेका छौँ भने हामीले हामीमा पनि त्यस्तै गुणहरु हासिल गर्न आवश्यक हुन जान्छ । जस्तो ससाना ढाड नभएका जन्तुको जीनहरु अध्ययन गर्दा तिनले विकिरणप्रतिरोधी क्षमता देखिन्छ । हामीले पनि त्यस्तै जिनहरु बनाएर हामीले विकिरणीय खतरालाई ८० प्रतिशतसम्म बढाउन सक्छौँ । प्राविधिक रुपमा अब यो सम्भव भइसकेको छ ।

मानिसले जिन सम्पादन खराब हो या यो गर्नु हुँदैन भनेर चिन्तित भइरहेको देखिन्छ । जिनलाई पटक पटक खोल्दै बन्द गर्दै गर्दा त्यसको ‘क्षणिक सक्रियता’ पनि हामीले देखिरहेका छौँ । तपाईं विकिरणको चपेटामा पर्नुभएको छ र तपाईंको जिनलाई तलमाथि गर्न थाल्यो भने एउटा अर्कै चिज बन्ने खतरा हुन्छ ।

अन्तरिक्षको सेक्स

वैज्ञानिकहरु मंगलग्रहमा जनसंख्या कसरी बढाउने भन्नेमा चिन्तित छन् । आउँदा २०० वर्षसम्म मंगल ग्रहमा सन्तान जन्माउन कठिन नै हुने देखिन्छ । सन् २०३० वा सन् २०४० सम्म मानिस मंगल ग्रह जान सफल भयो भने र तिनको बसोबास पक्का हुने भयो भने १० वर्ष लगातार बस्दा त्यहाँ सन्तान जन्मन सम्भव हुनसक्छ । तर अर्को पुस्ताबाट तेस्रो पुस्ता जन्मन भने समय लाग्ने हुनसक्छ ।

मंगल ग्रहमा जब सन्तान हुर्कन थाल्नेछन्, नयाँ पुस्ताका आँखा फरक हुने छन् किनभने त्यहाँको वातावरणीय प्रभाव नै त्यस्तो हुनेछ ।

क्रिस्टोफर जेसन, जेनेटिसिस्ट वैज्ञानिक हुन् । उनको पुस्तक द नेक्स्ट 500 इयर्सः इन्जिनियरिङ लाइफ टु रीच न्यु वर्ल्ड्स हालै प्रकाशित भएको छ ।