प्रदीप देवकोटा

आज विश्व वातावरण दिवस हो । आज संसारभर जैविक विविधताको पुनःस्थापना मूल नाराका साथ यो दिवस मनाइँदैछ । जैविक विविधताको पुनःस्थापनासँग मिल्ने केही तस्बिरहरू आजको दिन हेर्नु वा तिनको प्रचारप्रसार गर्नु यसबारे जनचेतना जगाउनु पनि हो भन्ने उद्देश्यले यहाँ प्रस्तुत गरिएको छ ।

यो संसार मानिसहरूको मात्र होइन । आँखाले देख्न सकिने वा नसकिने, यहाँका प्रत्येक जीवजन्तु सबैको हो । जति मानिसको बाँच्ने हक अधिकार छ, जति मानिसलाइ खान, पिउन र बासको अधिकार छ, उत्ति नै यहाँ बास बस्ने प्रत्येक जीवजन्तु, कीटपतङ्ग, बोटबिरूवाको छ । मानिसलाइ बाँच्न जति न्यूनतम चिज आवश्यक छ, उति मात्र प्रयोग हुनुपर्छ, बाँकी पछिका लागि साँचिनुपर्छ, राखिनुपर्छ । एउटै पुस्ताले प्रकृति नष्ट गरेर सम्पूर्ण स्वर्ग भोग्ने होइन, हामीपछिका सन्ततिका लागि पनि यो वातावरण जस्ताको त्यस्तै हस्तान्तरण गरिनुपर्छ भन्ने मूल ध्येय हाम्रो बचाइ, हुर्काइको हुनुपर्छ ।

बेलाबेलामा वा वर्षमा एक पटक आउने यस्ता दिवसको मात्र भर नपरी हरेक दिन हामीले पर्यावरण जोगाउन के गर्यौं भन्ने भावले मात्र यो प्रकृति अर्को पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण हुन सक्छ । नत्र आज हामीले देखेका कुरा अर्को पुस्ताले देख्न सङ्ग्रहालय पुग्नुपर्ने दिन नआउला भन्न सकिन्न ।