एक तमास हुरी चलिरहँदा
ठिंग उभिएको रुख झैँ
मलाई उभिन मन छ
झरून् मेरा पात सबै
मलाई अर्को हिउँद पर्खी
फक्रिन मन छ
कहिलेकाहीँ मन्त्रमुग्ध हुन्छु
एकोहोरो हाँसी बस्छु
जब तिम्रा बास्नाले
मेरा मन मुटु छुन्छ
खुल्ला आकाशमा
फुल्न मन छ
तिमीसँगै
हाँस्न मन छ
एक बथान चराको हुलसँगै
भिज्न मन छ
निरकुंश आँधी र हुरीसँगै
पीडा सहनु छ
चिसो हिउँ परेका काला रातसँगै
तिम्रा बास छन् जहाँ
प्रकृति हाँसेको छ त्यहाँ
तिम्रो वर्णन गरूँ म कहाँ
स्वयं अप्सरा मन्त्रमुग्ध छ यहाँ
तिमीसँगै अग्लो डाँडा–काँडामाथि बसी
एकटक यो प्यारो सञ्जाल नियाल्न मन छ
फिजाउँदै मनका पीर
सूर्यको किरणसँगै रमाउन मन छ
राष्ट्रिय फूल तिमी
मलाई बस्न मन छ
मनैभरि
जहाँ हुन्छ मीठो आभास
मलाई फुल्न मन छ
वनैभरि
चिनाउँदै सारा संसारलाई
स्वच्छ वायुमा रम्दै
फुल्न मन छ, स्वर्गपारि ।ुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला