म आफ्नाे शीरमा
सर्वोच्च शिखर सगरमाथा राखेर
युगौँदेखि याे संसार चियाइरहेकी
प्रकृतिको अनुपम सृष्टि धरा हूँ
म कहिल्यै थाकेन
कर्तव्य च्युत पनि भएन
किनकि याे सृष्टिका हरेक प्राणी
मेराे आफ्नै जस्तै लाग्छन्
यहाँका जल,जंगल र जमिनलाई छातिमाथि बाेकेर
निरन्तर हरेकको निःस्वार्थ सेवा गरिरहेँ
सबैलाई आफ्नै मानिरहेँ
मैले आफू दुखेर पनि
महाविनाशक भूकम्प, बाढी र पहिरो व्यहोरी रहेँ
त्यतिबेला मलाई लाग्थ्यो
मानव संसारकै बौद्धिक प्राणी हो
यसको चेतनाले म पनि
उज्यालिने छु एकदिन
तर अहँ ऊ कहिल्यै सचेत भएन
विकासका नाममा कहिले वन फँडानी
कहिले चुरे दोहन
त कहिले सुन्दर बस्तीलाई
कंक्रिटको मरुभूमि बनाइरह्यो
सचेत प्राणी मानिस
जब-जब स्वार्थले प्रेरित भइरह्यो
तब-तब म आफू
प्रकृतिका विनाश लीलाहरूले प्रताडित भइरहेँ
अहिले मेरो शीरको गौरव बनेका हिमालहरू
निरन्तर पग्लिँदै जाँदा
समुद्र तटमा रहेका सहरहरू
भयावह संकट व्यहोरिरहेछन्
अनि म आफैँ कुरुप बनिरहेको छु क्रमशः
कुनै न रियाे द जेनेराे सहरले
मेराे सुरक्षाका लगि पृथ्वी सम्मेलन त गरेकै थियाे
मानव जातिलाई सचेत बनाउँदै
याे ब्रह्माण्डमा बढ्दै गरेकाे तापलाई घटाउन
भनेकै त थियाे
तर स्वार्थले प्रेरित मान्छेहरुले
गर्दै गरेकाे महाभयानक याे भूलकाे मूल्य
तिनीहरूले तिर्नै पर्छ ।
दाङ
हाल: काठमाडौं
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।