बुढाे साल
त्यो डाँडामा कहिले देखि उभिएको हाे
बुबाले देख्दा त्यत्रै थियो अरे
बाेक्रा काेट्याई रहेछु
मान्छे जस्तै सास फेर्ने
उसलाई पनि दुःख्दाे हाे
कहिल्यै आया भनेन
कहिल्यै आइलागेन

सालधूपको सलेस राजा रानीलाई धूप दिएर
आमाको ढाड दुःख्ने राेग मन्साउनु छु
सालधूप बेच्नु लानु छ
छाेरालाई गाइड ल्याइदिनु छ

बुढाे साल
ढकमक्क फुलेको छ
ऊसँगै म फुलेकाे छु
फलहरू खसाई रहन्छ
म टिप्दै बजार लगेर बेच्छु
उसबाटै मेरो दिनचर्या चलेकाे छ

बुढाे साल
बुढाे भएर हाँगाहाँगी धाेद्री रहेछ
त्यही धाेद्राेमा सुगा मैनाहरू बच्चा ओथार्छन्
तीनकै बच्चा काढ्न
खाप काटी रहेछु
समाउने फलामकाे छिनाे ठाेकी रहेको छु
ऐय्या भन्दैन
सहिरह्यो
बचेरा बेच्न लानु छ
मरमसाला ल्याउनुछ

बुढाे साल
पाउला बाेकेर झ्यामिन्छ
सँगै म झ्यामिन्छु
ऊ मेरै लागि फुल्ने फल्ने झ्यामिने गर्छ
मेरैलागि बाँचिरहेछ
चाेप चुहाउँछ मेरैलागि

त्यो बुढाे साल नहुँदाे हाे त म, कस्तो हुने थिएँ

पात बजार लगेर बेच्नु छ
त्यसकै पैसाले मच्छडदानी ल्याउनु छ
डेङ्गीसँग जाेगिनु छ

बुढाे सालको देन
छाेराे वनविशेषज्ञ बनेकाे छ
अब
बुढा रुखहरू काटेर
नयाँ वृक्षारोपण गर्ने भन्दै छ
मैले मनमनै साेचेँ- मलाई पर्याकाे श्राप लागे छ ?

त्रियुगा नगरपालिका -११
उदयपुर