जब प्रदूषणले गर्दा धर्तिमा फूलहरू
फुल्न छाडे, खिल्खिलाउन छाडे
बाँच्नै छाडे तब त्यसैले
आजभोलि फूल बगैंचामा होइन
वैज्ञानिकका प्रयोगशालामा फुल्छन्
वसन्ति सुवास होइन बारुदको
गन्ध छर्छन् फूलहरू
वैज्ञानिकको प्रयोगशालामा
फुलेका फूलसँगै अराजकता
फुल्छन्, बिध्वंस फुल्छन्, विनाश फुल्छन्
नयाँ शताब्दीका मानवहरू
फलको मदिरा पिउँछन् र
बन्दुक सजाउँछन् घरका भित्ताहरूमा
र अराजकताले श्रृङ्गार्छन् धर्तिलाई..।