आधुनिक युगको देन प्रदूषण हो । साँझ, विशेष गरेर जाडोमा यदि तपाईं काठमाडौँको सडकमा हिँड्नु भयो भने आँखा पोल्छ र दुख्न थाल्छ, यदि मुख सफा रुमालले पुछ्नु भयो भने त रुमालमा कालो दाग लागेको देख्न सकिन्छ ।

कारण वायु प्रदूषण । वाहन, माइक र कारखाना आदिको चर्को आवाजले कान बहिरो बनाइदिन्छ । स्वास्थ्य मानिसलाई चिडचिडे र मुटु, रक्तचाप आदिको रोगी बनाइदिन्छ । पानी यस्तो प्रदूषित छ तर के गर्ने ? बाध्यतावश थाहा पाएर नै पानीको साथमा रोग भित्र्याइँदैछ । पश्चिमी मुलुकबाट जुन पर्यटक आउँदछन्, तिनीहरू सादा पानी नखाएर खनिज पानी अथवा सफ्ट ड्रिन्क लिने गर्छन् । प्रदूषणको समस्या सुरसाको मुख जस्तै ठुलो बन्दै छ, जसले सम्पूर्ण मानव जातिलाई नै निल्न खोज्दै छ ।

यसो त सम्पूर्ण देशमा हावा-पानी र माटो यी हदैसम्म प्रदूषित बनिसकेको छ कि अब अझ आँखा चिम्लेर मानव जातिले काल निम्त्याउनु ठिक होइन । के यस समस्याको कुनै समाधान छैन ? जुन हावामा हामी सास फेर्छौं, अथवा जुन पानी हामी पिउँछौँ, के त्यसको कहिल्यै सुधार होला ? के हामीले सरकारलाई मात्र दोष दिने ? अथवा भूल तपाईंको, हाम्रो र वाहन निर्माताहरूको हो ? आखिर गल्ती कसको हो ? गल्ती सरकार अथवा वाहन निर्माताहरूको मात्र होइन, बरु हामी सबैको हो । यस समस्याको समाधान तब मात्र हुन सक्दछ, जब हामीले अरू कसैमाथि दोषारोपण गर्नुको साटो आफ्नो कर्तब्य सबै मिलेर गतिलो पाइला चाल्नेछौँ ।

सबभन्दा पहिले हामी वायु प्रदूषणको कुरा गरौँ । वायु प्रदूषण कति हदसम्म हानिकारक छ ? के तपाईं हामीलाई थाहा छ, राजधानीमा बस्ने तपाईं हामीले सासको साथमा दसदेखि बिस खस्ली चुरोटको जति धूवाँ रोज रोजै हाम्रो शरीरमा भित्रिने गर्छ । देशमा प्रत्येक वर्ष ६ सय भन्दा धेरै मानिसको वायु प्रदूषणको कारण अकाल मृत्यु हुने गर्दछ । वायु प्रदूषणबाट मस्तिष्क, मृगाैला, कलेजो, आँखा तथा सम्पूर्ण शरीर प्रभावित हुन्छ । जङ्गल काट्नु पनि वायु प्रदूषणसँग नै सम्बन्धित छ । पहाडहरू जुन कहिल्यै पूर्ण रूपले हरियो भरियो थियो, त्यहाँ अहिले नाङ्गो चट्टान मात्र छ ।

हरियाली समाप्त पार्नाले काठको अभाव मात्र हुने होइन, बरु बिस्तारै बिस्तारै कार्बन-डाईअक्साइडको कन्सट्रेसन पनि बढ्दै जानेछ । ग्रिन हाउस इफेक्टको कारण पृथ्वीको सतह तातो हुँदै जानेछ । सुन फलाउने माटो मरुभूमि बन्नेछ । यहाँसम्मकी समुद्रको उत्पादनमा पनि कमी आउने छ । हाम्रो वरिपरि यदि कुनै रुख देखा पर्छ भने त हामी त्यसलाई काटे अथवा उखाल्ने प्रयत्न गर्दछौँ, चाहे त्यो अमृत वृक्ष नीम नै किन नहोस् । जसले थुप्रै रोगहरूको निवारण गर्दछ ।

तुलसी, अमला, पीपल, नीम, हर्रे, बर्रे, क्यामुना जस्ता रुखहरू छन्, जसले राती पनि आक्सिजन दिन्छन्, यसकारण यिनीहरूलाई त कहिल्यै पनि काट्नु हुँदैन । यस्ता रुखहरू रातीको समयमा हाम्रो हावालाई स्वच्छ पार्नमा समर्थ छन् । यूकेलिप्टसको बारेमा पनि मानिसहरूको गलत धारणा छ जबकि यसको पातको गन्धले थुप्रै किराहरू मर्दछन् । यूकेलिप्टसले हावालाई स्वच्छ राख्दछ, यसबाट कतिपय रोगहरूको औषधि पनि तयार गर्न सकिन्छ । केही समय अगाडि मानिसहरूका मस्तिष्कमा यस्तो गलत धारणा थियो कि ‘यूकेलिप्टसले जमिनभित्रको पानी सोस्दछ यसकारण यसका सबै जातिको रुखहरू उखेलिदिनु पर्छ ।’

यूकेलिप्टसका २४ जातिहरू छन् । जसमध्ये एउटा अथवा दुइटा जातिहरू यस्ता छन्, जसको जरा निकै तलसम्म जाने गर्दछ । यस जातिका धेरैजसो रुखको जरो तिस इन्चसम्म मात्र जान्छ । अशोक वृक्षको बोक्रा औषधीको काममा आउँछ र पत्ताले पर्यावरणको वायु शुद्ध पार्दछ । जुन अशोक वृक्ष हामी सडक र बगैँचामा शोभाको लागि लाइनले लगाएको पाउँदछौँ ती प्रायशः नक्कली हुने गर्छन्, किनभने असली वृक्ष धेरै मोटो र झ्याङ्गिएको हुन्छ ।

वायु प्रदूषणबाट बच्ने थुप्रै तरिकाहरू छन्, तर यो समस्याको समाधान सबै तिलेमा मात्र हुन सक्दछ । मोटर बाइकहरूमा फेर-स्टोक इन्जिन भएता पनि प्रदूषण फैलाउँदै छ । फोर-स्टोक इन्जिनबाट प्रदूषण फैलाउनमा घटिया स्तरको इन्धन नै हो । पेट्रोल राम्ररी रिफाइन गरिएको हुँदैन र डीजलमा विट्यूमिन हालेर त्यसको आयतन बढाउने गरिन्छ । डीजल सस्तो पाइनुको मुख्य कारण नै यही हो, तर यो कुरा धेरैलाई थाहा नहुन सक्छ त्यो के भने रिफाइड डीजल र पेट्रोल महँगो अवश्य हुन्छ, तर यसले एकदम थोरै मात्र प्रदूषण फैलाउँछ, अर्को कुरा यसको क्षमता मिसावट इन्धनभन्दा धेरै हुन्छ । वास्तवमा वाहनले धेरै माइलेज दिन्छ र सही पनि रहन्छ ।

अर्को हो कैटेलिटिक कन्वर्टर, जो वाहनहरूमा त्यहाँ प्रयोग गरिन्छ, जहाँबाट धुवाँ निस्कन्छ । यसले वाहनबाट निस्कने सबभन्दा धेरै हानिकारक तत्त्वहरू जस्तो कि कार्बन-मोनोक्साइड, नाइट्रोजन-को-आँक्साइड, हाइड्रे कार्बनलाई धेरै हदसम्म हानिरहित बनाउँदछ । माईक्रोप्रोसैर्सलाई केही धेरै गतिमा कारमा प्रयोग गर्दा पनि इन्जनमा धेरै सुधार आएको पाइएको छ । यदि सबै इन्जनमा यस्तो सुधार ल्यायो भने त ७० प्रतिशत वायु प्रदूषण कम पार्न सकिन्छ ।

यसबाहेक नजाने कतिपय अरू पनि तरिकाहरू छन् जस्तो कि धूम्रपानमा रोक, निश्चित समयमा इन्जन परीक्षण, वाहन-प्रदूषण नियन्त्रण र अन्य देशहरूमा जस्तै एक दशकभन्दा बढी पुराना गाडीहरूलाई रिटायर गरिदिनु, जबकि हाम्रो देशमा वाहनहरूको उमेरको कुनै सीमा तोकिएकै छैन । यदि यस तरिकालाई व्यवहारमा लागु गरियो भने त वायु प्रदूषण कहिल्यै हुन नै पाउँदैन । पानीको प्रदूषण पनि त्यति नै गम्भीर समस्या हो, किनभने धेरैजसो बिरामीहरू जस्तो की जण्डिस, पेट सम्बन्धी रोग, आउँ, हैजा, टाइफाइड आदि पनि पानीको कारणबाट हुन्छ । कुनै समयमा बागमतीको पानीलाई अमृत मानिन्थ्यो जसमा नुहाएमा पाप पखालिन्छ भन्ने विश्वास गरिन्थ्यो, अब मानिसहरू त्यसमा नुहाउन चाहँदैनन् । हामीले पिउने पानीको गुण पनि क्रमशः कम हुँदै गएको दाबी वैज्ञानिकहरूको रहेको छ ।

स्वास्थ्यको लागि हितकर खनिज पानी हुन्छ । मानिसहरू चापाकलको पानी पिउन चाहन्नन्, खानेपानीको अथवा घरमा आफैले फिल्टर गरेको या उमालेको पिउने गरेका छन् । खानेपानी संस्थानद्वारा वितरित खानेपानी पनि हानिकारक कीटनाशक समेत हटाइएको हुँदैन र यी कुराहरू हाम्रो शरीरको बोसोमा जम्मा हुँदै गएको छ । सफा पानी र ढलको पाइप पनि टाढाटाढा हुनुपर्छ किनभने ढल र पानीको पाइपमा खिया लाग्यो भने त पिउने पानीमा उल्को पानी नमिसियोस् ।

चापाकल, ढल टाढाटाढा हुनुपर्छ ताकि बर्षाको समयमा ढलको पानी नमिसियोस् । चापाकल गहिरो गाडिएको हुनुपर्छ र त्यसको जगत (डायमीटर)पनि ठुलो हुनुपर्छ साथै ढल, ल्याट्रिन, नाली, पानी जमेको खाल्टोभन्दा टाढा हुनुपर्छ । यस्तो धारणा हामीबिच बन्न गएको छ, पानीको स्रोत नजिकको रुख-पातले पानीलाई सडाउँछ । तर यो हाम्रो भ्रम मात्र रहेछ । धेरै यस्ता रुखहरू छन् जसको पत्ताले पानीलाई शुद्ध बनाउँछ ।

सबभन्दा प्रमुख कुरो त रुखको बलियो जराले पहिरो जानबाट रोक्दछ । अनावश्यक किसिमबाट रुख काट्नाले वायु मात्र होइन बरु पानीको लागि पनि हानी नोक्सानी पार्दछ ।