प्रभुत्वको लडाइँमा खण्डहर भूमिले
बोकेको छ एउटा डरलाग्दो निसान
युद्धको युद्धको परिणाम पर्यावरण संकट
हिजोको हरियो जङ्गल आज उजाड छ
मसरुम क्लाउडको नाजुक नृत्य
तोपको गर्जन र बमको बकबकले
घातक प्रतिध्वनि छोडिरहन्छ
प्रभुत्वको लडाइँमा मानिस मात्यो
आफ्नै अहङ्कारले थिचिएर शाश्वत सत्य भुल्यो
प्रकृतिको सद्भाव जीवनको जरा हो
प्रकृतिको साथ हाम्रो निर्भरता हो
हरियो समृद्ध पृथ्वी बिना कुनै विजय छैन
पृथ्वीको सम्मान हाम्रो साझा पुर्खाको उत्सव
हतियार बनाउने प्रतिस्पर्धामा छ मानिस
स्नेहले गुँड बनाइरहेछन् चराहरू
प्रकृति दोहन खोक्रो सम्पन्नताको
साधन बनाइरहेछ मानिस
शक्ति र बलको फरक प्रयोग
सुकेको रुखको हाँगामा बसेर
चराहरू गाइरहेछन् आशाको गीत
अराजकता र पीडाको बीचमा पनि
जीवन फेरि खुल्नेछ नयाँ दिन बनेर
हे ! तथाकथित जीवश्रेष्ठ मानिस
चराहरूबाट सिक्नुहोस्
स्नेही बन्दै आशाको गीत गाउनुहोस्
प्रभुत्वको लडाइ छोडेर
प्रकृतिप्रेमी साझा इच्छा व्यक्त गर्नुहोस्
सङ्क्रमित घाउ निको पार्न
हरियाली जोगाउनुहोस्
उज्यालो भोलिका लागि
पृथ्वीलाई सम्मान गर्नुहोस्
यही हाम्रो प्रार्थना
वातावरण दिवसको शुभकामना ।
महाङ्काल – ४, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।