

Himal khadka
The Ravana
– Himal Khadka
When someone flatters me
I wear another face,
When my ass is kicked hard
I wear a different one
When someone comes to ask for money
I change and wear a third one
and yet on receiving a favor
I still possess another face
I have the faces
that only a ten headed being
could hold on his torso.
I’m the Ravana
Golden Lanka is perhaps not a myth
’cause I myself want to accumulate so much
that every brick that make my world,
would be made up of gold
I have so many thoughts and plans for riches
that only ten heads could hold
I’m the Ravana
interest I have
never in my own woman,
even in the middle of making love
I imagine the naked bodies of other’s wives, other women.
I have accumulated such debris of nude images
That only ten heads could hold
Yes, yes, I’m the Ravana
I never lose an argument
the intellect has become equal
to that of one hundred pundits
knowledge I have acquired
that only ten heads could hold
I’m the Ravana
O Ravana!
tell me
How more Ravana are you than I ?
रावण
प्रशंसा पाउँदा
मेरो अनुहार एक खालको हुन्छ
अपमानित हुँदा अर्कै
प्राप्तिमा म भिन्न अनुहार ओढ्दछु
दानमा भिन्नै
अनुहारै दस टाउकालाई पुग्नेजति छन् मँसग
म त रावण हुँ
सुनको लंका कुनै मिथक होइन मलाई थाहा छ
कारण म आफ्नो निजी संसारको हरेक इँटा
सुनको चाहन्छु
धनका लागि यति विधि सोच र योजनाहरू छन् मसँग
ती दस टाउकाका लागि काफी छन्
म त रावण हुँ
आफ्नै स्त्रीमा कुनै रूचि छैन मेरो
प्रेमका सघन क्षणहरूमा मेरो कल्पनामा
अर्काका स्त्रीहरू नृत्य गर्छन्
नग्न तस्बिरहरूको यति ठूलो भण्डार छ मेरो मनमा
ती अटाउनलाई दस टाउका चाहिन्छन्
म त रावण हुँ
बहसहरूमा हार
छेउमा आउने हिम्मत गर्दैन
तर्क दुई धारे तरवार जस्ता हुन्छन् मेरा
सय पण्डितका बराबर
ज्ञान जो आएर थुप्रिए
त्यसको भार थाम्न दस टाउकाले मात्र सक्छन्
म त रावण हुँ
ओ शास्त्रीय रावण
कति बढि रावण छौ र
तिमी म भन्दा !

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

