आफ्नो के त ?
(दशगजामा देश खाजिरहेका नेपालीहरूका लागि प्रख्यात भारतीय कवि ओमप्रकाश वाल्मीकिको कविता)
साहूको कुवा
चुलो माटोको
माटो पोखरीको
पोखरी साहूको
भोक रोटीको
रोटी कोदोको
कोदो खेतको
खेत साहूको
सम्बन्धित पोस्टहरु
गोरू साहूको
हलो साहूको
हलोको अनौमा हात आफ्नो
उब्जनी साहूको

पोखरी साहूको
पानी साहूको
खेतबारी साहूको
गल्ली टोल साहूको
आफ्नो के त?
गाउँ?
शहर?
देश?
अनुवादः राजेश घिमिरे