अनुवाद : हेम विश्वकर्मा

मिताली चक्रवर्ती
मेरो रङ के हो ?
सेतो, कालो वा गुलाबी
यी सब मानिसले दिएका नाम
प्रकाशको भिन्न प्रतिविम्बन
यी नामहरु जसले बनाउँछन्
रङहरु बिचको सिमाना
आदिम इन्द्रेणीले पोखेका रङहरु
अहिले रक्तपात मच्याईरहेछन्
फैलाईरहेछन् घृणा र हिंसा
र रक्तमुछेल बनाइरहेछन् ।
कहाँ छ ?
ललोनले गाएको प्रेम?
त्यो सुर कहाँ छ ?
जो कालो र सेतो एकसुर भएर बज्दछ
बाँसुरीमा ।
पियानोका बटनहरु कहाँ छन् ?
जो सेताहरु कालाहरुसँगै मिलेर गुञ्जन्छन्
माधुर्ययतामा ।
भन,
कहाँ छन् ?
नारी– पुरुष, सेतो– कालो
के यी नै हुन् अभिप्राय जातसंहारको?
म फूलहरुको रङ हुँ
सुर्योदय, दिन र रात हुँ
म सबै रङहरुमा रङ्गिएको छु र बेरङ छु
म जो हुँ त्यही हुँ — अलौकिक अनुरागको एक अंश हुँ ।
पहिलोपटक countercurrents.org मा अङ्ग्रेजीमा प्रकाशित
मिताली चक्रवर्ती एक लेखक तथा Borderless Journal को संस्थापक सम्पादक हुन् । ऊनी सूर्यको किरणहरुमा सवार भएर उनको आदर्श व्यक्ति, अठारौँ शताब्दीका कवि ललोनको आदर्शको वादलमा तैरँदै बिस्तारै उड्न चाहान्छिन् । ऊनी संसार प्रेम, सहिष्णुता र दयाले भरिपूर्ण भएको हेर्न चाहान्छिन् ।
कवि तथा अनुवादक हेम विश्वकर्मा कविता तथा लघु कथा अनुवाद गर्दछन् । उनका अनुवाद र कविता देश विदेशका अनलाइन साहित्य जर्नलहरुमा प्रकाशित छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

