प्रतिसरा सायमि

एक दिन !
अँध्यारो साँझ !
पट्टाइ लाग्दो हिउँदे झरी झारेर
आकाश रोइरहेकी थिइन् ।
अकस्मात् !
कानको जाली नै फुट्ला जस्तो
एउटा त्रासदपूर्ण
नारी चीत्कार गुञ्जियो ।
मेरो अगाडि—
एउटी नारीको
अस्मिता लुट्न आतुर
मानिसको अनुहार भिरेका—
दैत्यहरू देखिए
सलबलाए मेरो सामु—
चलचित्रका
बलात्कारका दृष्य ।

पाटीमा थिएँ म—
कुँजिएका खुट्टा भिरेको
नाम मात्रको मान्छे !

उनको त्रासदपूर्ण
गुहारको चीत्कारले
कठै !
कति धिक्कारिन् होला उनले
–मलाई !
–अँध्यारोलाई !
–जाडोमा रुँदै गरेको आकाशलाई !
–टाढाटाढाका बहिरा घरहरूलाई !
–घरभित्र न्यानोमा गुटमुटिएका मानिसहरूलाई !

त्यसैले—
मलाई सधैं चहर्‍याउँछ—
सम्झनाले घरी घरी चस्काउँछ, घोच्छ
जाडोयामको त्यो रातको झरी !
त्यो झरीको सिमसिमे पानी !

देख्छु म !
अनि प्रत्येक थोपामा
उनलाई भएको बलात्कारका
–एक एक विवश पलहरू !
–एक एक विवश निःश्वासहरू !

ती प्रत्येक झरीका थोपाहरू
उनलाई भएको अन्यायका दसी हुन्
म पो कुँजो भएँ
बेजान मुढो भएँ त !

हुन त—
सोच्छु म !
ती निर्दयीहरूलाई पनि
अवश्य पोल्छ होला—
ती निरीहको निःश्वासले !
उनको त्रासदीपूर्ण चीत्कारले !
त्यसैले त होला—
गर्मी याम अघिको
पट्टाइलाग्दो हिँउदे झरीले
उनको अस्मितालाई निमिट्यान्न पारेको
त्यो रातको दसी–प्रमाण खोज्न
झरीका ती कोमल थोपाहरू
रुँदै रुँदै
त्यो भुइँमा सप्रेम म्वाइँ खाँदै खाँदै
पश्चातापसहित—
उनको सम्झनालाई अँगाल्न
उनलाई मरेको कुकुरसरि
घिसार्दै लगेको भुइँमा—
उनको सम्झनालाई समेत
कतै नचहर्‍याओस् भनी
वर्षाले आफ्ना अश्रुधाराले—
त्यो भुइँ पखाल्न आउँछ
प्रेमको—
शितल लेप लगाइदिन !

अनुवादः आर. मानन्धर

 

कवि परिचय

भक्तपुरमा जन्मेकी प्रतिसरा सायमि (ने. सं. १०७५) नेपालभाषाको गद्य कविता विधाका सशक्त हस्ताक्षर हुन् । बि.सं. २०३० बाट कविता लेखन थालनी गरेकी उनका नेपालभाषामा छवटा पुस्तक प्रकाशित छन् । तीसँगै चार गीति एल्बमले उनको शव्द पाएका छन् । अनेकौं पुरस्कार र सम्मानहरूबाट सम्मानित भइसकेकी उनी ने. सं. ११३० मा ‘श्रेष्ठ सिरपाः’बाट सम्मानित भएकी थिइन् ।
साथै, उनले अनुवादतर्फ पनि हात बढाएकी छिन् । उनले उर्दू लेखक इन्तिजार हुस्सैनको ‘सिमा हः व मेमेगु बाखं’ (लीभ्स) कथा–संग्रह नेपालभाषामा अनुवाद गरेकी छिन् ।
सायमिका कविताको नेपाली अनुवाद ‘पाइलाहरूमै सडक’ (बि. संं. २०६३) पुस्तक प्रकाशित छ ।

मूल कविता नेपालभाषामा

व वा फुतित !
जि सिँग्वं !
— प्रतिसरा सायमि

ख्यूंगु चिकुलाया सनिलय्
पितिपिति वा गायेकास्
सर्गस् ख्वयाच्वंगु इलय्
छत्थु चिल्लाय् दंगु सस् थ्वल-
जिगु न्हायपं पिलि गुइथें च्वंक।
जिगु न्ह्योने-
छम्ह मिसामचाया अस्मिताया गाच्वस् सास्पिं
मनूया ख्वास्पालं पुयातस्पिं—
दैत्यत खनेदत
इलिंफिलिं-
संकिपा दुनेया
बलात्कारया लु जिगु न्ह्योने।
फल्चाय् जि !
तुति आचाकलिं दास्म्ह
नां जकयाम्ह मनू !
वइगु चिल्लाय्—
वं फ्वंगु ग्वाहालिया सलं
गुलि धिक्कार यात जुइ वं—
जितस् !
ख्यूँयात !
चिकुलां ख्वयाच्वंम्ह सर्गस्यात१
न्हायपं ख्वातुपिं तातास्पास्गु छेँया—
लुम्मुक छेँ च्वनाच्वंपिं—
छेँजस्पिन्त !
उकिं—
जितस् न्ह्याबलें पू—
लुमना वइ—
चिकुलाया चान्हय् वइगु
पितिपिति वाया फुतिफुतित
अलय् व प्रत्येक फुतिइ
वइत जूगु बलात्कारया छगू छगू पल !

व प्रत्येक वा फुतिफुति
वइत जूगु अन्यायया दसिपौ खस्
जि जकं—
गनं थ्यंके मफुम्ह सिँग्वं जुल का
खयेतला—
व निर्दयीतयेत नं अवश्य पू जुइमास्
उम्ह अबलाया झसुकास्लं
वयागु चिल्लायनं !

उकिं हे खइ—
ताल्ला वये न्ह्यो
सदां चिकुलां
वइगु अस्मिता नचुकूगु
उगु चाया दसि मालेत
व वा फुतित ख्वख्वं अन बँय्
चुप्पा चुप्पा नयास्
पस्ताय् चायास्
वइगु लुमन्ति मूं वइ ।
वइत खिचासीथें लुत्तुलुयास्
सालायंकूगु बँय्-
वइगु लुमन्तियात तकं
हिइसे मच्वनेमा धकास्
वाया ख्वबिधास्लं—
बँ च्वयेकस् वइ
मतिनाया सिच्चुक—
पावासस् पाकस् वइ !

(यो कविता उनले ‘हलिं नेवाः गुथि’को आयोजनामा हाल सालै सञ्चालित अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलनमा सुनाइएकी थिइन् ।)