दुई हात्ती बीचको लडाइँले
हात्तीहरूको समुदायमा मात्र सरोकार राख्दैन् ।
दुई हात्ती बीचको लडाइँमा सबैभन्दा बढी घाँस कुल्चिन्छन्
जसको हात्तीका सम्पूर्ण परिवारसँग कुनै लेनदेन छैन ।
जंगलबाट भोकै फर्किन्छ्न् गाई
र घरमा बच्चा भोकै सुत्छ्न्
चारवटा दाँत र आठवटा खुट्टाद्वारा बच्चाको निन्द्रा सबैभन्दा धेरै घाइते हुन्छ
सबैभन्दा अधिक असुरक्षित बन्छ हाम्रो भविष्य ।
दुई हात्ती बीचको लडाइँमा
सबैभन्दा बढी भाँचिन्छ्न वृक्ष
र अत्याधिक चराहरू मर्छन्
जसको हात्तीका सम्पूर्ण परिवारसित कुनै लेनदेन छैन ।
दुई हात्ती बीचको लडाइँमा हात्तीले भन्दा बढी जंगलले सहनुपर्छ
यो लडाइँमा जति चोट हात्तीको उन्मत्त शरीरमा लाग्छ
त्यो भन्दा गहिरो चोट जंगल
र समयको छातीमा लाग्छ ।
जसरी पनि दुई हात्तीको लडाइँलाई रोक्न जरुरी छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला