मनुहाङ किराँती “सोलु”

फूलको डाली खाली भो फूल झरेर
तिमी सँग प्रिती गाँसेँ मैले भुल गरेर

माया भन्थ्यौ पहिले खै के भो ऐले
हृदय पोल्छ मुटु भित्र शुल गढेर

तिमी सँग प्रिती गाँसेँ मैले भुल गरेर
हृदय पोल्छ मुटु भित्र शुल गढेर

मायाले त पोल्ने रहेछ
बिछट्टै पारी बोल्ने रहेछ

जानिनँ मैले कहाँ दुःख्छ
अनि आँसुमै घोल्ने रहेछ

बिछट्टै पारी बोल्ने रहेछ
अनि आँसुमै घोल्ने रहेछ

त्यसै त्यसै आजभोली बित्दैछ जिन्दगानी
बेसुरामै नसालु बोली सित्तैछ जिन्दगानी

आखिरीमा के नै पो रहेछ र बुझ्न बाँकी
आधा उधी उमेरको झोली रित्तैछ जिन्दगानी

बेसुरामै नसालु बोली सित्तैछ जिन्दगानी
आधा उधी उमेरको झोली रित्तैछ जिन्दगानी