आचार्य प्रभा (अमेरिका)

१ )
प्रवास
सम्झाउँदैछ
त्यो बास।

२ )

जिन्दगी
किन पार्यौ
बन्धकी ?

३ )
रोएन
कठोर मन
छोएन।

४ )
भो सस्तो
जीवन किन
भो यस्तो ?

५ )
रसिलो
पारौं माया यो
कसिलो।

६ )
मुस्कान
खुशीको छर्छ
मुहान ।

७ )
सम्झना
बढाउँदैछ
तिर्सना।

८ )
त्यो नभ
कैल्यै झुक्दैन
भो अब।

९ )
नलुक
त्रषित भई
नझुक।

१० )
यो छायाँ
पछ्याउँदछ
भै माया।

 

 

रचना – ४ /४ /२०२२