ओम आचार्य

नाच्न जान्दैन
भन्दै छ टेढो
अर्ती मान्दैन।

काखा र पाखा
गर्दै छन् नेता
फेर्दै छन् भाका।

झर्दैनन् जुका
रुखा बोलीले
चित्त नदुखा।

कुकुर भुक्छ
पाउँछ कलो
पुच्छर लुक्छ ।

जिम्माको काम
नगर्ने लाई
तक्मा इनाम ।

हर्रोछ टर्रो
त्रिफला गुनी
अमला बर्रो ।

सत्ताको मात
देख्दैन आँखा
दिउसै रात।

बेला कुबेला
फुटेका भाइ
पेल्दै छन् ठेला ।

कोरोना काल
जल्दै छ चिता
अझै यो साल ।

ठोकेछ किलो
देखिन्न थलो
आएछ पिलो ।