साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

द काइट रनर भागः २२

Chovar Blues Mobile Size

      बाइस

फरिदले ल्यान्डकुजरलाई वजिर अकबर खानमा रहेको एउटा ठूलो घरको ड्राइभ वेमा सजिलोसँग उकाल्यो । गल्ली नं. १५, सरक-ए-मेह-माना मतलब पाउनाको गल्छीमा अवस्थित एउटा घरकम्पाउन्डको पर्खालमा झ्याम्म परेको विल्लो (Willow) का रूखहरूको छायाँमा लगेर उसले गाडी राख्यो । उसले ईन्जिन बन्द गर्यो र हामी एकैछिन ईन्जिन चिसिँदा आउने टिङ्क-टिङ्क आवाज सुनेर त्यतिकै केही पनि नबोली बस्यौं । फरिद सिटमा कोल्टे फर्क्यो र ईग्निसन स्वीचमा झुन्डिरहेको साँचो खेलाउँदै बस्यो । मैले बुझेको थिएँ कि उसले मसँग केही भन्नलाई आफूलाई
तयार पार्दै थियो ।

“मलाई लाग्छ म तपाईंलाई यही कार भित्रै बसेर पर्खन्छु होला,” अन्तिममा उसले अलि डराएजस्तो स्वरमा भन्यो । उसले मलाई हेर्दैनथ्यो । “अब यो काम तपाईंको हो। म ….. ।”

मैले उसको पाखुरामा थपथपाएँ । “मैले तिमीलाई जति पैसा दिएको छु तिमीले त्योभन्दा धेरै बढी काम गरेका छौ । तिमी मसँगै जानपर्छ भन्ने मैले अपेक्षा गरेको छैन ।’ तर म भित्र एक्लै जान नपरे हुन्थ्यो भन्ने चाहन्थेँ । बाबाको बारेमा मैले जे थाहा पाएको थिएँ त्यसको अलावा पनि बाबा अहिले मेरै छेउमै उभिई रहुनभएको भए हुने थियो भन्ने म चाहन्थेँ । बाबा रन्किँदै अगाडिको ढोकाबाट भित्र पस्नुहुन्थ्यो होला र यहाँको मुख्य मान्छे को हो मलाई भेट्न देउ भन्नुहुन्थ्यो होला र जसले उहाँको बाटो छेक्छ त्यसको दाह्रीमा पिसाब फेरिदिनुहुन्थ्यो होला । बाबा मरेर पनि त्यो हेवार्डको सानो चिहानको अफगान सेक्सनमा गाडेको पनि धेरै लामो समय भैसकेको थियो । गत महिना मात्रै शोराया र मैले उहाँको हेडस्टोन छेउमा डेजी र फ्रिसियास फुलेको गुच्छा राखेका थियौँ । म आफ्नै सुरमा थिएँ । म कारबाट ओलिएँ र घर अगाडिको अग्लो काठको गेटसम्म पुगेँ । मैले घन्टीको बटन च्यापैँ, तर घन्टी बजेन, किनकी बत्ती अझै आएको थिएन र मैले ढोका नै ढकढकाउनु पर्यो ! एकै क्षणपछि ढोकाको पल्लोपट्टिबाट अलि रूखो स्वर आयो र हातमा क्लासनिकोभ भिरेका २ जना मान्छेले ढोका खोले । कारमा बसिरहेको फरिदलाई हेरेर मुख फोर र भने म फर्केर आउने छु, तर आउँछु कि आउँदिन भन्नै कुरामा म ढुक्क थिइनँ ।

ती हतियारधारी मान्छेले शिरदेखि पाउसम्म छामे, तिघ्रामा थपथपाए, ढुकुर ओथारो बसेको ठाउँमा पनि छामे । एक जनाले पास्तु भाषामा केही भन्यो र दुवैले खित्का छाडे । हामी अगाडिको गेटबाट छिन्यौँ । ती दुईजना गार्डले मलाई स्कर्टिङ्ग गरेर काटेर चिटिक्क पारिएको चौरको पारिपट्टि लाइनै रोपिएका फूलहरूलाई पछि छोड्दै, पर्खाल छेउ लाइनै काछेर छोट्याइएका झाडी हुँदै गए । आँगनको पर छेउमा एउटा पुरानो चापाकल भएको इनार थियो । काका हुमायुको जलालाबादको घरमा पनि यस्तै खालको इनार थियो भन्ने कुरा मलाई याद आयो । ती जुम्ल्याहा फजिला, करिमा र म भएर त्यसमा स साना ढुङ्गा खसाल्थ्यौँ र ढुङ्गा पानीमा डुब्दा ‘प्लीङ्क गरेको आवाज सुन्ने गथ्यौं ।

sagarmani mobile size

हामी सिढींको एक दुई खुड्किला उक्लियौं र एउटा ठूलो ठीक ठीकै पाराले सजाइएको कोठामा पस्यौं । कोठाको एउटा भित्तामा ठूलो अफगानी झन्डा झुन्डिएको थियो । हामी फोइअर (Foyer) काटेर गयौँ र ती दुईजना मान्छेले मलाई माथि चोटाको एउटा कोठामा लिएर गए जहाँ हरियो सोफाहरू र पर कुनामा ठूलो स्क्रीन भएको एउटा टिभी थियो । हल्का चारपाटे मक्काको चित्र अंकित प्रार्थना रग (Prayer Rug)शक रण्छो काँटी ठोकेर भित्तामा टाँसिएको थियो | ती दुई मध्ये बूढो चाहिँले आफूले बोकेको हतियारको नालले सोफातिर देखाउँदै मलाई बस्न भन्यो । म सोफामा बसेँ । उनीहरू बाहिर गए ।

म गोडा खापेर बसेँ । खापेको गोडा अलग्याएँ । पसिनाले लचप्प भिजेका हात घुँडामाथि राखेँ । त्यसरी बस्दा के म डराएजस्तो देखिन्थे ? मैले दुवै हात चरप्प जोडेर मुठ्ठी पारेँ । सोचेँ यसो गर्नु झन्‌ नराम्रो हो र अनि दुई हात छातीमाथि बाँधेर बसेँ | मुटुको धड्कन तालुमै सुनियो । भैले असाध्य एक्लो अनुभव गरेँ । मेरो दिमागमा नानाथरि कुराहरू नाचिरहेका थिए, तर म केही पनि सोच्न चाहन्थिन किनभने म भित्रको कुनै एउटा बुद्धिमानी भागले जान्दथ्यो कि म जहाँसम्म पुग्न सफल भएको थिएँ त्यो पागलपन मात्र थियो । म मेरी श्रीमतीभन्दा हजारौं माइल टाढा एउटा कोठामा बसिरहेको थिएँ जुन कोठा मृत्युदण्ड कुरेका अपराधीलाई राख्ने खाल्टो जस्तो थियो । त्यही दिन मैले त्यस्तै खाल्टोमा २ वटाको हत्या गरिएको देखेको थिएँ । यो पागलपन नै थियो । अझ नराम्रो त के भने यो गैर जिम्मेवारी कुरा पनि थियो | प्रवल सम्भावना के पनि थियो भने म छत्तीस बर्षको उमेरमै शोरायालाई विवाह, मतलब बिधवा बनाउन जाँदै थिएँ । त्यसो तिमीले गर्दैनौँ, अमीर मेरो मनको कुनै एउटा भागले भन्दै थियो । तिमीसँग त्यसो गर्ने साहस छैन । तिम्रो स्वभावै त्यस्तो छ । र, त्यौ त्यति नराम्रो कुरा पनि होइन किनभने तिम्रो सौन्दर्य के कुरामा टिकेको छ भने तिमीले यो कुराको बारेमा आफूलाई ढाँटेको छैनौँ । त्यसको बारेमा त कहिल्यै पनि होइन । जबसम्म यो विवेकपुर्ण कागसँग जोडिएर आउँछ नामर्दी पनि कुनै नराम्रो कुरा होइन; तर जब एउटा डरछेरुवाले आफू को हो भन्ने कुरा बिर्सन्छु… त्यसलाई भगवानले मात्र जोगाउन सक्छ ।

कोठाको छेउमा कफी टेबल थियो । टेबलको खुट्टा एक्स अक्षर जस्तो आकारको थियो । टेबलको खुट्टा क्रस पारेर जोडिएको ठाउँमा भएको रिङमा ओखर जत्रो आकारका पित्तलका बलहरू ठोकिएको थियो । यस्तै खालको टेबल मैले पहिला पनि देखेको थिएँ । कहाँ देखेका थिएँ रे ? अनि मैले सम्झिएँ कि त्यस्तो टेबल मैले त्यस रात टहलिन जाँदा पेशावरको एउटा भीडभाडयुक्त चिया पसलमा देखेको थिएँ । टेबलमाथि एउटा ठूलो कचौरामा रातो अङ्गुर थियो । मैले एउटा दाना चुँडालेर मुखमा राखेँ । मेरो दिमागमा खेलिरहेको कुरालाई शान्त पार्न म जेसुकै भए पनि कुनै न कुनै काममा अल्झिनैपर्ने भएको थियो । अङ्गुर गुलियो रहेछ । मैले अर्को दाना पनि मुखमा हालें । मलाई होसै थिएन कि त्यो अङ्गुरको दाना नै अब लामो समयसम्मका लागि मैले खाएको अन्तिम ठोस खाना हुने छ ।

ढोका खुल्यो र ती दुईजना हतियारधारी मान्छे फर्किए । तिनीहरूको बीचमा त्यही सेतो कुर्ता र जोन लेनन सन ग्लास लगाएको अग्लो तालिब थियो । चौडा छाती भएको त्यो मान्छे हेर्दाखेरि कुनै नयाँ युगको रहस्यमय धर्म गुरू जस्तो लाग्थ्यो । र मेरो सामुन्ने बस्यो र दुवै हात आर्म रेस्टमा राख्यो । धेरै बेर उसले केही पनि भनेन । एउटा हातले सोफाको गद्दामा तबला जस्तै बजाउँदै अर्को हातले गाढा नीलो प्रार्थनामा गन्ने मालाका दानाहरू घुमाउँदै मलाई हेर्दै बसी मात्रै रह्यो । उसले अहिले सेतो सर्टमाथि कालो भेस्ट लगाएको थियो र घडी चाहिँ सुनको । मैले उसको सर्टको देब्रे बाहुलामा सुकेको रगतको टाटो देखेँ । मलाई साह्रै अचम्म यस अर्थमा लाग्यो कि उसले त्यसै दिन अलिकति अगाडि व्यक्ति हत्या गर्दाखैरि लगाएको लुगा पनि फेरेको रहेनछ !

घरि-घरि उसको खुला चाहिँ हात माथि ठडिन्थ्यो र उसका मोटा औँलाहरूले हावामै कुनै चीजलाई हानेजस्तो देखिन्थ्यो । उसका औँलाहरू तलमाथि, दायाँबायाँ गरेर मुसारेको जस्तो धिमा गतिमा हल्लिरहे मानिलिऊँ कि उसले एउटा अदृश्य पाल्तु जनावरलाई मायाले मुसारीरहेको छ । उसको सर्टको एउटा बाहुला मास्तिर फर्कियो र अनि मैले उसको नाडीमा केही दागहरू देखेँ । मैले त्यस्तै लामा तेर्सा लाइनहरू सनफ्रान्सिस्कोमा अँध्यारो गल्लीहरूमा बस्ने घरबास नभएका मान्छेहरूमा देखेको थिएँ ।

उसको छालाको रङ ती अरू दुईजनाको भन्दा सेतो र पातलो थियो । उसको कालो फेटाको फेरो मुन्तिर निधारमा २०४ वटा स-साना पसिनाका थोपाहरू टल्कियो । अरू मान्छेको जस्तै छातीछाती आउने दाह्री पनि अलि हल्का कालो रङको थियो ।

“सलाम अल्लाएकुम” उसले भन्यो |
“सलाम”
“तपाईंले अब त्यो कुरा छोडिदिए हुन्छ, कुरा बुझ्नुभयो,’ उसले भन्यो ।
“के भन्नुभएको मैले त कुरो बुझिनँ ?”

उसले आफ्नो हत्केला उचालेर देखाउँदै एकजना हतियारधारी मान्छेलाई इसाराले बोलायो । जरप्प बुट बज्यो । तुरून्तै मेरो गालाहरूमा च्वासच्वास्स पोल्न थाल्यो र त्यो गार्ड खितिति हाँस्दै मेरो दाह्री तलमाथि गरेर खेलाइरह्यो । तालिब ङिच्च हाँस्यो ।

“एकैछिन भित्र देख्न पाएको मध्ये सबैभन्दा राम्रो दाह्री यही एउटा हो, तर मलाई लाग्छ साँच्चिकै सबैभन्दा उत्तम यस्तो गर्यो भने होला । तपाईंलाई पनि लाग्छ, होइन त ?” उसले आफ्ना औँलाहरू नचायो, पड्कायो र मुठी खोल्ने बन्द गर्ने गरी रह्यो । “त्यसैले, ईन्साल्लाह तपाईलाई आजको शो राम्रो लाग्यो ?”

“के गर्नुपर्ने त्यही थियो त ?” गाला रगड्दै मभित्र विस्फोटन भइसकेको त्राशले गर्दा कतै मेरो आवाजले धोका नदेओस्‌ भन्ने आश गर्दै मैल भनेँ ।

“सार्वजनिक न्याय भनेको सबैभन्दा ठूलो खालको शो हो मेरो भाइ | नाटक । सस्पेन्स र सबैको अगाडि पाठ पढाउने उत्तम उपाय” उसले चुड्की बजायो । ती दुई मध्ये ठिटोचाहिँ गार्डले उसको लागि चुरोट सल्कायो । तालिब हाँस्यो । आफैँसँग भुत्भुतायो । उसको हातबाट झन्डै चुरोट खसेको थियो, किनभने उसका हातहरू कामिरहेका थिए ‘तर तपाईं साँच्चिकै शो देख्न चाहनुहुन्छ | तपाईं म सँगै १९८८ को अगस्तमा मजारमा हुनुभएको भए त्यो देख्नुहुन्थ्यो ।”

“मैले त केही कुरो बुझिनँ ।”

“हामीले तिनीहरूको लास कुकुरले खाओस्‌ भनेर बाहिरै चौरमै छोडिदियौँ ।” मैले देखेँ उसले कतातिर संकेत गरिरहेको थियो ।

उ जुरूक्क उठ्यो र सोफा वरिपरि एक दुई पटक आउने जाने गर्यो । फेरि बस्यो । फर्र बोल्यो । “मान्छेहरूलाई र केटाहरूलाई बोलाउँदै हामी ढोको ढोका चाहार्यौं । हामीले तिनीहरूलाई आफ्नै परिवारको अगाडि गोली हानिदिन्थ्यौँ । अनि परिवारजनलई हेर्न दिन्थ्यौँ । तिनीहरूलाई आफू को हुन्‌ र तिनको थलो काहाँ हो सम्झिनलाई समय दिन्थ्यौं । ऊ त झन्डै स्वाँस्वँ गर्दै थियो । ‘कहिले काहीँ हामी तिनको ढोकाहरू फुटालिदिन्थ्यौँ र घरभित्र छिर्थ्यौँ । अनि -म – धुवाँले आँखै नदेखिने निस्पट्ट हुन्जेल म मसिनगनबाट जताततै गोली फयरिङ गर्थे । कुनै गोप्य कुरा साटासाट गर्न खोजेको मान्छेले जस्तै गरी ऊ मतिर निहुरियो । “म चरित्रवान हुँ, असल मान्छे हुँ र भद्र मान्छे हुँ भन्ने ठान्दै कुनै दोषानुभूति र पश्चातापविना तपाईं हजारौं गोलीको निशाना बनेर छातीबाट गोली वारपार गर्न दिन जबसम्म तपाईं सक्नुहुन्न तबसम्म “पापबाट मुक्ति“ भन्ने शब्दको तपाईं अर्थ पनि बुझ्नुहुन्न | मैले भगवानको काम गरिरहेको छु भनेर थाहा पाउन साह्रै आनन्द लाग्छ । उसले त्यो गन्ने माला चुम्बन गर्यो र टाउको एकातिर ढल्कायो ।

“तिमीलाई त्यो सम्झना छ, जामीद ?”

“छ, अगा साहेब,“ त्यो ठिटो चाहिँ गार्डले जवाफ दियो |
“मैले कसरी बिर्सन सक्छु ?”

माजार-ई-शरिफमा हजाराहरूको आत्महत्याको बारेमा मैले पत्रपत्रिकामा पढेको थिएँ । त्यो घटना तालिबानले मजारमाथि नियन्त्रण कायम ठीक केही समय पश्चात भएको थियो जुन सहर तालिबानको नियन्त्रणमा परेको अन्तिम सहर थियो ।

दुःखद खबर पढेर अनुहारै सोहोरिएकी शोरायाले पत्रिकाको त्यो लेख मेरो हातमा दिएको कुरा मैले सम्झिएँ ।

“प्रत्येक घरको ढोका ढोका | हामी खाना र प्रार्थनाका लागि मात्रै विश्राम लिन्थ्यौँ,” त्यो तालिबले भन्यो । भर्खरै एउटा भव्य भोजमा सहभागी भएर आएको मान्छेले बोले जस्तै गरेर उसले यो बडो रमाइलो मानेर भन्यो । “हामीले लासहरू सडकमै छोडिदिन्थ्यौँ र यदि उनका परिवारजनले लुकेर आएर लास घिसारे र आफ्नो घरतिर लैजान खोजे भने हामीले तिनलाई पनि गोली हानेर सिध्याइदिन्थ्यौँ । धेरै दिनसम्म हामीले ती लासहरू सडकमै छोडिदिन्थ्यौँ । हामीले ती लासहरू कुकुरले खाओस्‌ भनेर छोडिदिन्थ्यौँ | कुकुरको मासु कुकुरलाई नै ।” उसले कच्याकुचुक पारेर चुरोट निभायो | थरथरी कामिरहेका हातले आँखाहरू रगड्यो | ‘तपाईं अमेरिकाबाट आएको हो ?’

“हो ”

“आजभोलि त्यो रन्डीलाई कस्तो छ?”

मेरो पिसाब फुत्केला जस्तो भयो | नफुत्कियोस्‌ भनेर मैले प्रार्थना गरेँ | “म एउटा केटोको खोजीमा आएको हो | ”

“के यी सबै केटा होइनन्‌ त ?” उसले भन्यो । त्यो कलास्नीकोम्स बोकेको मान्छे हाँस्यो । तिनीहरूको दाँत नसवारले गर्दा हरियो भएको थियो |

“म जान्दछु त्यो केटो यहीँ तपाईंसँगै छ,” मैले भनेँ । “उसको नाम शोहरब हो । ”

“म तपाईंलाई केही कुरा सोध्दै छु । तपाईं त्यो रन्डीसँग के गरेर बस्दै हुनुहन्छ ? तपाई यहीँ आफ्ना मुसलमान दाजुभाइसँगै बसेर आफ्नो देशको सेवा किन गर्नुहुन्न ? ”

“म देश बाहिर बसेको लामो समय भयो, ” उत्तरमा मैले यति मात्र सोचेर भन्न सकेँ । मेरो टाउको रन्किएर तात्यो | मैले पिसाब चुइएला कि भन्ठानेर दुई घुँडा जोडेर च्याप्प अँठ्याएँ । तालिब ढोका छेउ उभिएका दुईजना मान्छेतिर फर्कियो | “त्यो पनि कुनै उत्तर हो ?” उसले सिपाहीहरूलाई सोध्यो ।

“होइन, अगा साहेब,” मुस्कुराउँदै उनीहरूले एकै स्वरमा भने ।
उसले मतिर आँखा घुमायो । कुम हल्लायो । ‘त्यो त उत्तर हैन भन्छन्‌ नि तिनीहरू त ?” उसले लामो सर्को चुरोट तान्यो । “मेरो सहयोद्दा कुनै साथीहरू छन् जसले के विश्वास गर्छन भने वतनलाई आवश्यक परेको बेलमा झन् त्यसलाई त्यागेर जानु भनेको राष्ट्रघात सरह अपराध हो । म तपाईंलाई राष्ट्रघातको अभियोगमा पक्राउ गरेर गोली हानिदिन सक्छु । के सुन्दाखेरि डर लाग्छ तपाईंलाई ? ”
“म यहाँ थ्यही केटोको लागि मात्र आएको हो । ”
“लाग्छ । ”

“लाग्नै पर्छ । लागोस्‌,” उसले भन्यो ।

ऊ सोफामा पछाडि ढल्कियो । कच्याक कुचुक पारेर चुरोट । निभायो । मैले शोरायाको बारेमा सोचें । त्यसले मलाई अलि सान्त्वना दियो । मैले उनका चम्किला आँखा, घाँटीको सुन्दर झुकाइ, हँसिया आकारको जन्मौटे दाग झल्झली सम्झिएँ । मैले हाम्रो बिहे भएका रात हरियो बुर्का भित्र ऐनामा एकअर्काको अनुहार हेरेको र अनि मैले उनको कानमा “म तिमीलाई माया गर्छु” भनेर खुसुक्क भन्दा कसरी उनको अनुहार लाजले रातो भएको थियो भन्ने कुराहरू सम्झैँ । हँसिलो अनुहारहरू, डिनर सुट लगाएका मान्छेहरू, राम्रो लुगामा ठाँटिएका मान्छेहरू, फूलको बर्षा गर्दै ताली बजाएर हामी त्यो पुरानो एउटा अफगानी गीतको तालमा फनफनी घुमेर नाचेको समयको याद आयो ।

त्यो तालिब केही भन्दै थियो ।
“मैले कुरो बुझिनँ ।”
“मैले भनेको के भने तपाईं त्यो केटोलाई भेट्न चाहनुहुन्छ ? तपाईं त्यो मेरो केटोलाई भेट्ने हो ?”
“मेरो केटो भन्ने दुई शब्द भन्दै उपहासको हाँसो हाँस्दा उसको माथिल्लो ओठ मास्तिर फर्कियो ।
“हो भेट्ने ।’

गार्ड कोठाबाट बाहिर निस्कियो । मैले ढोका खोल्दाखेरि चुइकिएको आवाज सुनें । गार्डले चर्को स्वरमा पास्तुमा केही भनेको सुनियो । अनि पदचापहरू र प्रत्येक कदममा घुँघुरूको आवाज । त्यसले मलाई शार-ए-नाउमा हसनले र मैले लखेट्ने बाँदर नचाउने मान्छेको सम्झना भयो । एक पटक बाँदरको नाच हेर्नलाई हामीले खाजा खाने पैसा कटाएर एक रूपियाँ दिने गर्थ्यौं । बाँदरको घाँटीमा लगाइदिएको घुँघुरूले पनि यस्तै झ्याइँझ्याइँ आवाज निकाल्थ्यो ।

अनि ढोका खुल्यो र गार्डभित्र पस्यो । उसले काँधमा बोकेर एउटा ठूलो स्पीकर ल्यायो । उसको पछिपछि नीलो पिरहान टम्बान (Pirhan Tumban) लगाएको एउटा केटो पनि आयो ।

समानता आश्चर्य लाग्दो थियो । मनै चञ्चल पार्ने । रहिम खानको रङ्गिन फोटोले यस कुरामा न्याय गरेको रहेनछ ।

केटोको पनि आफ्नै बाबुको जस्तो चन्द्रमा जस्तै गोलो अनुहार, छोटो च्यापु, सिशेल (Sea shell) जस्तै कुचुक्क परेको कान उस्तै दुब्लो शरीर रहेछ । अनुहार मैले बच्पनमा चिनीमा खेलौनामा देखे जस्तो, त्यत्रा बर्षहरूको जाडो दिनमा हातमा लिएका तासका पत्तिहरूमाथिबाट मलाई चियाइरहेका अनुहार जस्तो, हामी गर्मीको समयमा मेरो बाबाको घरको छतमा सुत्दा झूलभित्र देखिने त्यही अनुहार जस्तो थियो । टाउको उसको खुइलो थियो, आँखामा मस्कारा लगाएर कालो पारिएको थियो भने गालाहरू उत्ताउलो रातो रङले टल्किएको थियो । जब र कोठाको बीचमा आएर टक्क अडियो अनि उसको खुट्टामा बाँधेको घुँघुरू बज्न छाड्यो । उसको नजर म माथि पर्यो । क्वारक्वार्ती हेर्यो । अनि मलाई हेर्न छोडेर पर हेर्यो । अनि आफ्ना नाङ्गा गोडाहरूतिर हेर्यो ।

गार्ड मध्येको एक जनाले एउटा बटन दवायो, अनि कोठामा पास्तु गीत घन्कियो । तबला, हार्मोनियमको साथमा लामो भाकामा दिल-रूवा बोलको गीत | मैले अनुमान गरेँ कि तालिबानलाई गीत सुनाउनु भनेको पाप चाहिँ थिएन । ती तिनजना मान्छेले थपडी बजाउन थाले ।

“वाह ! वाह ! मासाल्लाह !” तिनीहरू चिच्च्याए ।

शोहरबले हात उचालेर विस्तारै घुम्न थाल्यो । ऊ पन्जाको बलमा उभियो, सुन्दर तालमा फनफनी घुम्यो, बस्यो, उठ्यो गन्यो र फेरि फनफनी घुम्यो । उसका साना हात हल्लिए, औँलाहरू पड्किए र उसको टाउको दायाँ र बायाँ पेन्डुलम झैँ हल्लियो । उसका गोडाहरू तबलाको प्रत्येक शुर तालसँगै घुँघुरू बजाउँदै चले । उसले आँखा चिम्लियो |

“मासाल्लाह !” तिनीहरू चिच्च्याए । “स्याबास ! बहुत राम्रो !” ती दुईजना गार्डले सिटी बजाए र हाँसे । त्यो सेतो लुगा लगाएको तालिब गीतको तालमा अगाडि पछाडि हल्लिएर झुमिरह्यो भने लोभले र्याल काढेको मुख आधा खुल्लै थियो |

आँखा चिम्लिएर शोहरब गीत बज्न बन्द नहुन्जेल फनफनी घुमेर नाचिरह्यो | गीत सकिएर अन्तिम पुगेपछि अन्तिम पटक गोडा झड्कारेर घुँघुरू बजायो । फनन घुमेर टक्क अडियो ।

“बिया, बिया, मेरो फुच्चे, शोहरबलाई आफूसँग बोलाउँदै तालिबले भन्यो । शोहरब ऊ भएको ठाउँमा गयो र टाउको निउर्याएर उसको तिघ्राको बीचमा उभियो । तालिबले उसलाई दुई हातले अङ्गालो मार्यो । “यो कति प्रतिभाशाली छ, होइन त मेरो हजारा फुच्चे ।’ उसले भन्यो । उसका हात केटोको ढाडमा चिप्लिएर तल झरे, अनि फेरि माथि गए र उसले केटोको काखीमा छाम्यो | गार्ड मध्ये एउटाले अर्कोलाई कुइनाले घोचेर इसारा गर्यो र दुबै खिसी गरेको पारामा हाँसे । तालिबले तिनीहरूलाई हामीलाई एकान्तमा छोडिदिनलाई बाहिर जान अह्रायो ।

“हुन्छ, अगा साहेब,” ढोका बाहिर निस्कँदै तिनले भने ।

तालिबले केटोलाई घुमाइदियो र ऊ मेरो सामने भयो । उसले च्यापु शोहरबको कुममा टेकाएर दुईहातले शोहरबको भुँडीमा अङ्गालो मार्यो । शोहरब टाउको निउर्याएर आफ्ना गोडाहरूतिर हेर्यो तर बेस्या आइमाईका जस्ता लजालु, लोभ्याउने आँखाले छुस्स छुस्स मलाई हेर्यो । त्यो मान्छेको हातले उसको पेटमा तल र माथि गरेर मुसारी रह्यो । तल माथि विस्तारै मुसारी रह्यो ।

“म त आश्चर्य मानेर सोचिरहन्छु,’ शोहरबको काँध माथिबाट रगत चुईएला जस्ता राता आँखाले मलाई चियाउादै भन्यो । यो बूढो बाबुलाई के भयो होला साँच्चै ?” त्यो प्रश्नले मलाई दुई आँखाको बीचमा हम्मरले हानेजस्तो भयो । मेरो अनुहार सोहोरिएको अनुभव भयो । मेरा गोडा चिसा भए । सुन्न भएँ । ऊ हाँस्यो ।

“तपाईं के ठान्नुहुन्छ ? नक्कली दाह्री बनाउँदैमा म तपाईंलाई चिन्दिन भन्ने ठान्नुभएको हो ? म बाजी थाप्न सक्छु कि तपाईंले मेरो बारेमा एउटा कुरा कहिल्यै पनि थाहा पाउनु भएन । त्यो के हो भने मैले एकपटक देखेको अनुहार कहिल्यै पनि बिर्सन्नँ । कहिल्यै पनि ।” मतिरै हेर्दै उसले आफ्नो ओठ शोहरबका कानमा रगडिरह्यो । “मैले सुने कि तपाईंको बुबा खस्नु भएछ । च्वच्वच्व ।म सधैँ उहाँको प्रतिद्वन्द्धि बन्न चाहन्थेँ । लाग्छ मैले अब उहाँको नामर्द छोरोलाई ठीक पारेर बदला लिनुपर्छ । अनि उसले सनग्लास फुकाल्यो र राता आँखा मेरो आँखासँग जुधायो ।

मैले एक पाली सास फेर्न बल गरेँ, तर सकिनँ । झिमिक्क गर्न खोजेँ, तर सकिनँ । उक्त क्षण अति यथार्थ लाग्यो । अति यथार्थ होइन, वाहियात लाग्यो | त्यसले मेरो सासै रोकिएको थियो र मेरो वरिपरिको संसार नै ठप्प रोकिएको थियो । मेरो अनुहार तात्तातो हुँदै थियो । मन नपरेको मान्छे घरमा आउँदा भनिने पुरानो उखान के थियो रे ? मेरो विगत त्यस्तै थियो जुन अहिले उजागर हुँदै थियो । भित्र गहिराइबाट उसको नाम याद आयो र म त्यो नाम भन्न चाहन्नथेँ । लाग्थ्यो उसको नाम मात्र हिँदा पनि अनियन्त्रित रूपमा उत्तेजित हुन सक्छ, तर ऊ अहिले यत्रा बर्षहरूपछि मभन्दा दश फिट पर शरीर उपस्थित थियो ।

“असिफ’ भन्दै मेरो ओठबाट उसको नाम फुस्कियो ।

“अमीर जान ।”

“तिमी यहाँ के गर्दै छौ ?’ मैले भनेँ । त्यो प्रश्न सोध्नु मुर्ख्याइँ पूर्ण हुने छ भन्ने जान्दा जान्दै पनि मैले सोधेँ किनकि मैले अरू कुरा सोच्नै भ्याएको थिइन ।

पैले ?” एउटा आँखीभौँ उचाल्दै उसले भन्यो । “म जे गर्न राम्रो जान्दछु र गर्न रमाइलो लाग्छ त्यही गर्दै छु म मेरो नैशर्गिक परिवेशमा छु । प्रश्न के भने तिमी चाहिँ यहाँ के गर्दै छौ ?”

“मैले तिमीलाई पहिले नै भनिसकेको छु, मैले भनेँ । मेरो स्वर डरले धर्मराइरहेको थियो । नधर्मराईदिए हुन्थ्यो भन्ने ठाने, सिरिङ्ग नभैदिए हुन्थ्यो भन्ने ठाने ।

“त्यो केटो ?”
“हो त्यो केटो ।”
“किन ?”

“बरू म तिमीलाई पैसा तिर्न परे पनि तिरुँला,“ मैले भनेँ । “म आवा गरेर पैसा पठाइदिन सक्छु ।”

“पैसा रे ?” असिफले भन्यो । ऊ खितिति हाँस्यो । “तिमीले कहिल्यै रकिङ्ग ह्यामको बारेमा सुनेका छौ ? पश्चिम अष्ट्रेलिया जुन एउटा स्वर्गको टुक्रा जस्तो छ । तिमीले त्यो ठाउँ हेर्नुपर्छ । कैयौँ माइल समुद्री किनार । नीलो आकाश, हरियो पानी । मेरो बुबा आमा त्यहीँ बीचकै छेउको भिल्लामा बस्नुहुन्छ । भिल्लाको पछाडिपट्टि गोल्फ कोर्श र एउटा सानो तलाउ छ | बुबा प्रत्येक दिन गोल्फ खेल्नुहुन्छ । आमालाई टेनिस मन पर्छ । बुबा भन्नुहुन्छ कि आमाको ब्याकह्यान्ड खत्तम छ | उहाँहरूको एउटा अफगान रेष्टुरेन्ट र दुईवटा गहना पसल छ । दुवै व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ ।’ उसले एउटा दाना रातो अङ्गुर चुँडाल्यो । बडो माया गर्दै शोहरबको मुखमा राखिदियो । “त्यसैले, यदि मलाई पैसाको खाँचो पर्यो भने म पनि उहाँहरूलाई आवा गरेर पठाइदिन भन्न सक्छु ।” उसले शोहरबको घाँटीमा चुम्यो । केटो झसङ्ग भयो र आँखा चिम्लियो ।

प्यासको अलावा म शोरावीहरूसँग पैसाका लागि लडेको होइन ।

न त पैसाकै लागि तालिबानसँग आवद्ध भएको नै हो । म तिनीहरूसँग किन आवद्ध भएको तिमी सुन्न चाहन्छौ ?”

मेरो ओठहरू सुकिसकेका थिए । मैले ओठ चाटे र अनि थाहा पाएँ कि जिब्रो पनि सुकेको रहेछ ।

“तिमीलाई तिर्खा लाग्या छ ?” ङिच्च हाँस्दै असिफले भन्यो ।

“छैन ।’

“मलाई लाग्छ तिमीलाई तिर्खा लागेको छ ।’

“हैन । म ठीक ठाक छु,” मैले भने । सत्य के थियो भने तुरून्तै कोठा असह्य तातो लाग्यो । रौं का जराहरूबाट चिट्चिट्‌ पसिना छुटिरहेको थियो । अनि साँच्चिकै यो सब हुँदै थियो त ? के म असिफसँग आमने सामने बसिरहेको थिएँ त ?

तिमी जे चाहन्छौ त्यही हुन्छ,” उसले भन्यो । “जे होस्‌ म कहाँ थिएँ ?एहो त, म कसरी तालिबानसँग आवद्ध भएँ । तिमीलाई सम्झना छ होला कि म त्यति धार्मिक स्वभावको पनि थिइनँ, तर मलाई एक दिन सपनामा ज्ञान प्राप्त भो । त्यो मैले जेलमा देखेको थिएँ । तिमीलाई त्यो सुन्ने ईच्छा छ ?”

म केही बोलिनेँ ।

“ठीक छ ल । म तिमीलाई भन्छु, उसले भन्यो । “सन्‌ १९८० मा बाबाराक कमालले सत्ता कब्जा गरेपछि मैले केही समय जेलमा बिताएको थिएँ जब एकहुल पर्छामी सिपाहीहरू हाम्रो घरभित्र छिरे र हामीलाई बन्दुक तेर्स्याएर चुपचाप पछि लाग्ने हुकुम दिए र लामो र कठिन यात्रापछि म त्यहाँ पुगेको थिएँ । रन्डीका छोराहरूले कुनै पनि कारण बताएनन्‌ र मेरी आमाको प्रश्नको जवाफ पनि दिएनन्‌ । यसको मतलब यो रहस्यमय थियो भन्ने होइन । सबैलाई थाहा थियो कि कम्युनिस्टहरूको कुनै जात हुँदैन । तिनीहरू सबै कुनै हैसियत नभएको गरिब परिवारबाट आएका थिए | शोराबी आउनु अघि मेरो जुत्तासम्म चाट्ने हैसियत नभएका कुकुरहरू अहिले कोटको कलरमा पर्छामीको झन्डा ‘हाँसिरे, बुर्जुवाहरूको पतन हुन्छ भन्दै गफ दिएर नाटक गरेर हिँड्दै थिए कि मानिलिउँ वर्ग भनेको तिनको मात्रै छ । यस्तो जताततै भइरहेको थियो । धनीहरूलाई खोजीखोजी जम्मा गर, जेलमा कोच र कामरेडहरूका लागि उदाहरण बन ।

“रेफ्रिजरेटर, जत्रो सानो कोठामा हामी ६-६ जनाको समूहमा कोचिएका थियौँ । प्रत्येक रात त्यो आधा हजारा आधा उज्वेक जस्तो लाग्ने, गधाको सिनो जस्तो गन्हाउने त्यो कमान्डरले प्रत्येक रात एउटा थुनुवालाई घिसार्दै बाहिर “लान्थ्यो र आफ्नो त्यो मोटो अनुहार पसिनाले लचप्प भिजुन्जेल पिट्थ्यो । अनि एउटा चुरोट सल्काउँथ्यो, औँला पर्र्र पड्काउँथ्यो र जान्थ्यो । अर्को रात फेरि अर्को कसैलाई लान्थ्यो । एक रात मलाई लग्यो | घन्न मेरो दिन सकिएको रहेनछ । तीन दिनसम्म त मैले रगतै मुतेँ । पिसाबबाट पत्थरी पनि झर्यो | तिमीलाई पत्थरी भएको छैन भने त्यो कति दुख्छ थाहा छैन होला, तर मेरो विश्वास गर कि यो सबैभन्दा नराम्रोसँग दुख्छ । मेरो आमालाई पनि पत्थरी भएको थियो । मलाई सम्झना छ उहाँ भन्नुहुन्थ्यो कि पिसाबबाट पत्थरी झार्नभन्दा त बच्चा जन्माउन सजिलो रे | जे होस्‌ म के नै गर्न सक्थेँ र ? तिनीहरूले मलाई घोक्राएर बाहिर निकाले र लात्तै लात्ताले खाँद्न थाले । उसले प्रत्येक रात लात्तीले हान्ने खेल खेल्दा लगाउने अगाडि टुप्पोमा फलामको काँजो भएको एउटा जुत्ता थियो र उसले त्यो जुत्ता ममाथि पनि बजार्यो । म ऐयाऐया गरेर चिच्याइरहँ भने उसले खाँदी नै रह्यो । अनि उसले एकपाली अचानक मेरो देब्रे मृगौलामा लात हान्यो र पत्थरी पिसाबबाट झर्यो । त्यसरी ! ओहो, त्यो झफरेपछिको आनन्द ! असिफ हाँस्यो । “मैले अल्ला-उ-अकबर भनेर चिच्च्याउन थालेँ भने उसले अझ बेस्करी खाँद्यो । ऊ बौलायो र उसले जति जोडले खाँदथ्यो म उति नै जोडले हाँस्थे । लगेर मलाई कालकोटरीमा फ्यालिदिएँ, तर म हाँसिनै रहेको थिएँ । म हाँसेको हाँसै गरेँ किनभने अचानक मैले बुझैँ कि त्यो भगवान्‌को एउटा सन्देस थियो भगवान्‌ मेरो साथमा थिए | भगवान्‌ चाहन्थे कि म कुनै कामका लागि बाँच्नु पर्छ ।

“तिमीलाई थाहा छ, केही बर्षपछि युद्ध मोर्चामा मेरो त्यो कमान्डेन्टसँग जम्का भेट भयो । भगवानको लीला पनि अचम्म ! मैले उसलाई मेमानाह (Mrymanah) भन्दा ठीक बाहिरपट्टि एउटा ट्रेन्चमा छातीमा सार्पनेल (Sharpnel) गडेर ह्वाल ह्वाल रगत बगिरहेको अवस्थामा फेला पारेँ । उसले त्यही बुट जुत्ता लगाइरहेको थियो । मैले उसलाई मलाई सम्झेको छ कि बिर्सिसक्यो भनेर सोधेँ । उसले ‘बिर्सेँ भन्यो । मैले उसलाई त्यही कुरा भनेँ जुन मैले तिमीलाई भर्खरै भनेको थिएँ कि एकपाली देखेको अनुहार म कहिल्यै बिर्सन्नँ । अनि मैले उसको अन्डकोषमा गोली ठोकिदिएँ । त्यस बेलादेखि म यो काममा छु ।’

“त्यो के काम हो त ?’ मैले मनमनै भने । “व्याभिचारीलाई ढुङ्गा हान्ने काम ? बच्चालाई बलत्कार गर्ने काम ? अग्लो हिल जुत्ता लगाउने आइमाईलाई कोर्रा हान्ने काम ? हजाराहरूको आम हत्या गर्ने काम ? सबै ईश्लाम धर्मको नाममा ?’ मैले केही सोच्न पनि नभ्याइकन अनायास ती शब्दहरू मुखबाट फुत्किए | मैले ती शब्दहरू फिर्ता लिन सके हुन्थ्यो भन्ने ठाने । ती शब्द आफैँले निल्न सके हुन्थ्यो भन्ने ठाने, तर शब्दहरू निस्किए । मैले सीमा नाघिसकेको थिएँ र जिउँदै त्यहाँबाट बाहिर जान्छु होला भन्ने जुन अलिकति आशा बाँकी थियो, त्यो तिनै शब्दहरूसँगै बिलाएर गयो ।

निमेशभरका लागि असिफको अनुहारमा आश्चर्य भाव देखियो र बिलायो । “जे होस मलाई यो काम रमाइलै होला जस्तो लाग्छ,” ङिच्च हाँस्दै उसले भन्यो “तर थुप्रै कुराहरू छन्‌ जुन तिमी जस्तो राष्ट्रघातीले बुझ्दैनौ ।”

“जस्तै ?”

असिफको आँखी भौं खुम्चिए । ‘आफ्नो जात माथिको गर्व, परम्परा र भाषा | अफगानिस्तान एउटा फोहर थुपारिएको सुन्दर हबेली जस्तो छ र कसै न कसैले
फोहर सफा गर्नैपर्ने छ ।”

“मजारमा (mazar) प्रत्येक घरको ढोका ढोका चहारेर तिमी त्यही गर्दै थियौ होइन त ? फोहर सफा गरेको त होला नि, होइन त ?”

“एकदम । गरेकै त्यही हो ।’

“पश्चिमेलीहरूले त्यसलाई भन्ने एउटा नाम छ,” मैले भने | “उनीहरूले त्यसलाई ‘जातीय नर संहार’ नाम दिएका छन्‌ ।”

“हो र ?” असिफको अनुहार उज्यालो भयो । “जातीय नर संहार । मलाई यो नाम मनपर्छ । मलाई यो सुन्दै खेरि मनपर्छ ।”

“मैले खोजेको त्यही केटो मात्र हो ।”

“जातीय नरसंहार,” ओठ चाट्दै असिफ भुत्मुतायो ।

‘मलाई त्यो केटो चाहिन्छ,” मैले भनेँ । शोहरबको नजर फुत्त ममाथि पर्यो । उसका आँखा बली दिन लागिएका भेडाका आँखाहरू जस्ता देखिन्थे । आँखामा मस्कारा (गाजल) पनि थियो । ईद अफ कुर्वान (Id Of Qorban) को दिन हाम्रो घरको पछाडि त्यो मुल्लाले घाँटी रेट्नुभन्दा अघि भेडाको आँखामा मस्कारा दलेर चिनी ख्वाएको मैले सम्झिएँ । शोहरबका आँखाले अनुनय विनय गरिरहेका थिए भन्ने मैले सोचेँ ।

“किन, चाहियो मलाई बताऊ त,” असिफले भन्यो । उसले शोहरबको कानको लोती दाँतले टोकेर च्याप्प समात्यो । अनि छोडिदियो | उसको निधारबाट तर्र पसिनाका थोपा चुहिए ।

“त्यो मेरो कुरा हो जुन भन्न जरूरी छैन ।’

“तिम्रो त्यससँग के काम छ ?” उसले भन्यो । अनि लजालु पारामा मुस्कुरायो । “बा उसलाई तिमी के गर्छौं ?”

“के त्यो सुन्दा पनि घिन लाग्ने कुरा गरेको ?” मैले भने |

“तिमीलाई कसरी थाहा भयो | कैले त्यसो गर्याछ ?”

“म उसलाई राम्रो ठाउँमा लैजान चाहन्छु ।”

“मलाई बताउ किन ?”

“त्यससँग तिमीलाई कुनै सरोकार छैन,” मैले भने । त्यस्तो ओठे जवाफ दिन सक्ने गरी मलाई के ले सुन्याएको थियो मैले आफैँले बुझेको थिइनँ । सायद यसै उसै मर्नु नै छ भने किन डराउनु भन्ने पनि सोचेको थिएँ कि ।

“मलाई त गजब लागिरहेको छ,” असिफले भन्यो । “त्यत्रो परबाट त्यही एउटा हजाराका लागि तिमी किन आएको हो मलाई आश्चर्य लागेको छ अमीर । तिमी यहाँ । किन आएको ? साँच्चै तिमी यहाँ किन आएको ?”

“म सँग मेरो आफ्नै कारणहरू छन्‌,” मैले भनेँ ।

“ठीक छ ल, उपहासको हाँसो हाँस्दै असिफले भन्यो | टेबलमै ठोकाउने गरेर उसले शोहरबलाई पछाडि धकेलिदियो । शोहरबको हिपले ठोकिएर टेबल उत्तानो पर्यो र अङ्गुर भुइँभरि छरियो । शोहरब अंगुरमाथि घोप्टो परेर लड्यो । उसको सर्टभरि अंगुरको रसले रातो दाग लाग्यो । क्रस परेको ठाउँमा रिङ बनाएर पित्तलका डल्लाहरू झुन्ड्याइएको त्यो टेबलका खुट्टाहरू सिलिङ्गतिर फर्किएका थिए ।

न्यस्रो भए उसलाई लैजाऊ,” असिफले भन्यो । मैले शोहरबलाई उठाएँ र पाइयरमा सेलफिस टाँसिएजस्तै उसको पायन्टमा टाँसिएका अंगुर टकटकाएर झारिदिएँ ।

“ल उसलाई लिएर जाऊ,” ढोकातिर देखाउँदै उसले भन्यो | मैले शोहरबको हात समातेँ । सानो हातका छाला सुख्खा र खम्रो थियो । उसका औँलाहरू चलेर मेरो औंलाहरूसँग जेलिए । एउटा हातले बाबुको तिघ्रामा अङ्गालो मारेर, टाउको चाहिँ हिपमा टेकाएर उभिएको त्यो रङीन फोटोका शोहरबको चित्र मेरा आँखाअगाडि उभियो । फोटोमा बाउ छोरा दुवै मुसुक्क हाँसेका थिए । जब हामी कोठा बाहिर निस्कनलाई हिँड्यौँ, घुँघुरू बजे । हामी हिँडेर ढोकासम्म मात्र पुग्यौँ ।

“हो त,” हाम्रो पछाडिबाट असिफ बोलेको आवाज आयो ।

“मैले तिमीलाई उसलाई सित्तैमा लान पाउँछौ भनेको होइन ।”

म पछि फर्किएँ । “तिमीले भन्न खोजेको के हो ?”

“तिमीले उसलाई पाउन सक्नुपर्छ ।”

“तिमी के चाहन्छौ त ?”

“हाम्रो बीचमा केही बक्यौता कुराहरू छन्‌, तिम्रो र मेरो, असिफले भन्यो । तिमीलाई सम्झना छ होला पक्कै, छैन त ?’

उसले त्यसको बारेमा टाउको नै दुखाउनु पर्ने थिएन । दाउद खानले राजालाई अपदस्त गरेको भोलिपल्टको त्यो दिन म कहिल्यै पनि भुल्ने छैन । मेरो पूरै ठिटौले जीवनभरि जब जब मैले दाउद खानको नाम सुन्थरँ अनि म गुलेली तन्काएर असिफको आँखामा ताक्दै “मान्छेले अब तलाई असिफ गोसखोरको साटो कानो असिफ भन्नु पर्ला नि” भनिरहेको हसनलाई देख्यैँ । हसनको बहादुरीको म कति ईर्ष्या गर्थे भन्ने कुरा म सम्झन्छु । अन्तिममा एक दिन हामी दुबैलाई सिध्याइदिने कसम खाँदै असिफ पछि हटेको थियो । उसले त्यो कसम हसनसँग खाएको थियो । अहिले ऊसँग भिड्ने पालो मेरो आएको थियो ।

“ठीक छ ल,” भन्न पर्ने के थियो कुरै नबुझी मैले भनेँ । म भिख माग्ने वाला थिइनँ । त्यसो गरेको भए त्यस क्षण उसलाई रमाइलो लाग्दो हो ।

असिफले गार्डहरूलाई फेरि कोठामा बोलायो | “तिमीहरूले मेरो कुरा सुन,” उसले तिनीहरूलाई भन्यो । “एकैछिन पछि म ढोका लगाउन गैरहेको छु । ऊ र म भएर एउटा पुरानो कारोबार टुङ्ग्याउन गइरहेका छौँ । तिमीहरूले जेसुकै सुने पनि भित्र नआउनु | मेरो कुरा सुन्यौ ? भित्र नआउनू ! ”

गार्डहरूले ‘हस’ भन्दै टाउको हल्लाए । असिफलाई र मलाई पालैपालो हेरे । “हस अगा साहेब ।’

“जब यो सब खेल सकिन्छ हामी दुईमध्ये एक जना मात्र यो कोठाबाट जिउँदो बाहिर निस्कन्छ,” असिफले भन्यो । “यदि र निस्कन्छ भने बुझ्नु ऊ स्वतन्त्र भएको छ र तिमीहरूले उसलाई बिना रोकतोक जान दिनु । कुरा बुझ्यौ तिमीहरूले ?”

बूढो चाहिँ गार्डले गोडाको भर फेर्यो | “तर अगा साहेब_”

“यदि बाहिर निस्क्ने व्यक्ति ऊ हुन्छ भने उसलाई जान दिनु !” असिफ च्याँठियो । ती दुईजना मान्छे झसङ्ग भए र फेरि ‘हस’ भनेर टाउको हल्लाए । उनीहरू बाहिर जानलाई फर्किए । एकजनाले हात लम्काएर शोहरबलाई तान्न खोज्यो ।

“उसलाई यहीँ छोडदेरु,” असिफले भन्यो । ऊ ङिच्च हाँस्यो ।

“उसलाई रमिता हेर्न दे । केटाहरूका लागि पाठ सिक्नु राम्रो कुरा हो ।”

गार्डहरू गए । असिफले आफ्नो प्रार्थना गर्दा गन्ने माला राख्यो | कालो भेस्टको खल्तीमा छाम्यो । खल्तीबाट उसले फुत्त के निकालेको थियो भन्ने कुराले मलाई अलिकति पनि’आश्चर्यमा पारेन त्यो थियो स्टीलको चुच्चे औँठी ।

उसले कपालमा जेल लगाएको थियो भने ठूलो ओठभन्दामाथि क्लार्क ग्याबल को जुँघा थियो । अप्रेसन गर्दा लगाउने हरियो कागजको टोपी जेलले भिजेर अफ्रिकाको नक्सा जस्तो दाग बसेको थियो । उस्को बारेमा म त्यो सम्कन्छु । र, त्यो अल्लाह लेखेको घाँटीको दनको सिक्री । उस्ले मलाई तल क्वारक्वार्ती हेरिरहेको छ र छिटो छिटो गरेर मैले नबुझ्ने भाषामा बोलिरहेको छ । मलाई लाग्छ त्यो उर्दु भाषा हो । मेरा आँखाहरू उसको तलमाथि तलमाथि गरेर हल्लिरहेको रूद्र घन्टीमा पर्छ र जेसुकै भएपनि म उस्लाई उमेर स्रोध्न चाहन्छु । ऊ बिदेशी टेली सिरीयलमा देखिने जस्तै कलिलो ठिटो देखिन्छ तर भुत्भुताएर म मात्र के भन्न सम्छु भने “मलाई लाग्छ मैले उसलाई मजासँग पिटेँ । मलाई लाग्छ मैले उसलाई मजासँग पिटेँ ।”

मैले असिफलाई मजासँग पिटैँ कि पिटिन मलाई थाहा छैन | मलाई लाग्दैन कि मैले पिटे । मैले कसरी पो पिट्न सक्थेँ र ? त्यो म कसैसँग लडेको पनि पहिलो पटक थियो । मैले मेरो जीवनमा यति धेरै मुक्का प्रहार गरेकै थिइनँ ।

असिफसँगको त्यो मेरो लडाई मेरो सम्झनामा आश्चर्यजनक रूपमौँ झलझली फैलिएर बसेको छ । असिफले त्यो पित्तलको चुच्चे औँठी लगाउनुभन्दा पहिल्यै गीत बजाएको म सम्झन्छु । हातले बुनेर चारपाटे मक्काको चित्र बनाएको त्यो प्राथना गर्ने रग कुनै एक बेला भित्ताबाट मेरो टाउकोमाथि खस्यो । रगको धुलोले गर्दा मलाई हाच्छ्यूँ आयो । असिफले मेरो अनुहारभरि अङ्गुर कच्याक कुचुक पारेर दलिदिएको उसको थुकले टल्केर टिलिक्क परेको कुकुरको जस्ता बत्तीसे, पर्ल्याकपुर्लुक परेका रगत जस्तै रातो आँखाहरू म सम्झन्छु । कुनै बेला उसको फेटा खस्यो र कुमकुमसम्म आउने लामो कालो कपाल झ्याम्ल्याङ्ग भयो ।

र साँच्चै त्यसको अन्त्य पनि भयो | त्यो म अझैसम्म पनि प्रस्टैसँग सम्झन्छु र सधैँभरि देख्ने पनि छु |

धेरैजसो मलाई यसको सम्झना छ : उसको पित्तलको चुच्चे औंठी दिउँसोको उज्यालोमा टल्केको, दुईचार मुक्का हान्दा त्यो औंठी मलाई कति चिसो लागेको थियो र छिट्टै त्यसले मेरो रगत कसरी ततायो । म भित्तामा बजारिँदा सायद फोटो झुन्ड्याउन भनेर ठोकिएको किलाले मेरो ढाडमा घोचेको | शोहरब च्याँठिएर रोएको । तबला, हार्मोनियमको तालमा बजेको ‘दिलरूवा’ बोलको गीत | भित्तामा ठोक्किएको । त्यो चुच्चे औँठीले मेरो बङ्गारा फुस्काएको । मेरो आफ्नै दाँत घाँटीमा अड्किएको आफैँले निलेको, मैले ती दाँतलाई माझ्न र फ्लस गर्न खर्च गरेको कैयौँ घन्टाहरू सम्झिएको । भित्तामा बजारिएको । भुइँमा लडेको, माथिल्लो ओठ चिरिएर निस्केको रगतले गुलाबी रङको कार्पेटमा लागेको दाग, पेट नै चिरिएको जस्तो दुखाइ झेल्दै म फेरि सास फेर्न कति बेला सकूँला भनेर सोचेको | मेरो करङ भाँचिदाखेरि ती पुराना फिलिममा सिन्दबादले तरवार लडाएजस्तो लडाउनलाई हसनले र मैले रूखका हाँगा भाँच्दा निस्केको जस्तै आवाज । शोहरब च्याँठिएर रोएको । टिभी स्ट्यान्डको साइडमा मेरो अनुहार ठोक्किएको | फेरि भाँचिएको जस्तो आवाज । यसपाली मेरो देव्रै आँखाको ठीक तल गीत बजेको | शोहरब च्याँठिएर रोएको । मेरो कपाल जगल्ट्याएर मेरो टाउको पछिल्तिर उचालेका ती औँलाहरू, स्टेनलेस स्टीलको चमक । आवाज फेरि आउँछ । चड्काएको आवाज अझै फेरि मेरो नाकमा । दुखेर भुतुक्क हुँदै, अब मेरा दाँत पहिले जस्तो मिलेको हुने छैनन्‌ भन्ने बुझ्दै । भकुराई खाँदै । शोहरब च्याँठिदै ।

म कति बेला हाँस्न थालेछु म आफैँलाई थाहा छैन, तर म हाँसे | हाँस्दा खेरी मेरो बङ्गारा, करङ, घाँटी सबै दुख्यो तर म हाँसेको हाँसै गरे । म जति जोडले हाँस्थे उसले त्यति नै जोडले लात्तीले भकुर्ने, मुक्का बजार्ने र चिथोर्ने गर्थ्यो ।

‘हाँस्नपर्ने कुरा के छ ?’ प्रत्येक मुक्का हान्दा असिफ सिँह झैँ गर्जिँदै भन्थ्यो । उसको स्याल मेरो आँखामा चुहियो । शोहरब च्याँठियो ।

“हाँसो उठ्ने कुरा के छ ?“ असिफ चिच्च्यायो । अर्को करङ भाँचियो । यसपालि चाहिँ देब्रै पट्टिको तल्लो । हाँसो लाग्दो कुरा के थियो भने सन्‌ १ पनि नगरी थापिएरै उभिरहेको थियो । अनि उसले मेरो हातबाट एउटा अनारको दाना लिएर आफ्नै निधारमा ठोकेर कच्याक कुचुक पारेको थियो । “अब तपाईंलाई चित्त बुझ्यो ? भनेर ऊ सासले बोलेको थियो । अब तपाईलाई आनन्द भयो ? म पनि खुसी भएको थिइनँ न त कुनै आनन्द नै लागेको थियो, तर मलाई अहिले भएको थियो । मेरो शरीर छियाछिया भएको थियो । कति नराम्रोसँग के के भाँचिएको रहेछ भनेर अलि पछि मात्र थाहा पाउने वाला थिएँ मैले, तर पनि मैले सन्चो अनुभव गरेँ । अन्तिममा आएर मेरो घाउ सन्चो भयो | म हासेँ ।

अनि त्यसको अन्त्य भयो । त्यो जुन म चिहानमा जाँदा पनि सँगै लिएर जाने छु।

म भुईमै लडेर हाँसिरहेको थिएँ । असिफ मेरो छातीमा घोडा चढेको थियो | उसको कपाल मेरो अनुहारभन्दा केही ईन्चमाथि हल्लिरहेको थियो भने दाह्वा किटिरहेको उसको अनुहारमा पागलपन लुकेको थियो । उसले एउटा हातले मेरो घाँटी अँठ्याएको थियो | त्यो पित्तलको चुच्चे औँठी लगाएको हातले चाहिँ आफ्नो कुमभन्दामाथि कुइनो ठड्याएर मुठ्ठी कसेर मलाई ताकेको थियो | अर्को मुक्का हान्नलाई उसले हात अझमाथि ठड्यायो ।

अनि “बस भयो” कसैले झिनो स्वरमा भन्यो | हामी दुवैले त्यतैतिर हेर्यौं ।

“कृपया अब पुग्यो ।”

फरिदलाई र मलाई ढोका खोलिदिँदाखेरि त्यो अनाथालयको डाइरेक्टरले भनेको केही कुरा मलाई स्म्झना भयो । उसको नाम के थियो कुन्नि ? सायद जमान होकी ? त्यो चीजबाट त उसलार्ई अलग्याउनै स्रकिन्त उसले भनेको थियो । ऊ जता गए पनि त्यो चीज आफ्नो कम्मरमा नै छुसारेर हिँड्छ ।

“अब अति भो ।”

मस्कारा मिसिएको आँसु दोहोरै गालाबाट चुहिएर रूजमा (Rouge) लतपतियो । उसका तल्लो ओंठ थर्र कामे । नाकबाट सिँगान चुहियो । “बस’, रून्चे स्वरमा उसले भन्यो ।

उसको हात गुलेलीको कान समातेर पुरै तिनिक्क तन्काउँदाखेरि उसको कुमभन्दामाथि दोब्रिएको थियो । कानमा केही चम्किलो पहेंलो चीज थियो । रगतले टालिएका मेरा आँखा मैले झिम्क्याएर रगत सफा गरेपछि अनि बल्ल देखेँ कि गुलेलीको कानमा राखेको चीज त्यही टेबलको खुट्टाका जोर्नीको रिङमा वियालो डल्लो रहेछ । शोहरबको गुलेलीले असिफको अनुहारलाई निशाना बनाएको थियो ।

अति भो अगा, कृपया अब छोडिदिनोस्‌,” थर्र कामेको घोद्रे स्वरमा उसले भन्यो । “उहाँलाई पिट्ने काम बन्द गर्नुस्‌ ।

असिफको मुख चल्यो, तर आवाज सुनिएन । उसले केही भन्नै आँटेको थियो, तर रोकियो । “तपाईंलाई थाहा छ तँ के गरी राखेको छस्‌ ?“ अन्तिममा उसको मुखबाट फुत्कियो ।

“कृपया अब त्यो काम बन्द गर्नुस्‌, शोहरबले भन्यो । उसका आँखा फेरि आँसुले टिलपिल भए र आँसु मस्कारासँग मिसियो ।

“ए त्यो तल राख त हजारा,“” असिफले फुँकार गर्यो । “त्यो तल राख्ने भए राख नत्र तलाई म जे गर्छु त्यो मैले उसलाई गरेको सँग कुनै तुलना हुँदैन । बुझिस्‌ ?’

आँसु झर्न थाल्यो । शोहरबले टाउको हल्लायो । “कृपया अगा,” उसले भन्यो । “अति भो !”

“त्यो तल राख त भन्या ।”

“उहाँलाई अब अरू नपिट्नोस्‌ ।’

“यो गुलेली तल राख भनेको, सुन्दैनस्‌ ?”

“कृपया ।”

“त्यो तल राख भनेको !”

“बस, अब भयो ।”

“त्यो तल राख भनेको बजिया ! असिफले मेरो घाँटी अँठ्याउन छोड्यो र शोहरबतिर जाई लाग्यो । शोहरबले गुलेलीको कान हातबाट छोडिदिँदा ‘थ्वीट्ट’ आवाज निस्कियो । अनि असिफ रोएर चिच्च्याएको आवाज आयो | एकैछिन अगाडि उसको देब्रे आँखा जहाँ थियो अहिले उसको हात त्यहीँ थियो । उसका हातका औँलाहरूको कापाबाट रगत चुहियो । रगतसँगै मिसिएर केही सेतो जेल जस्तो चीज पनि चुहियो | त्यस्लाई बिट्रियसस फ्लुइड भनिन्छ: जसमा म ढुक्क थिएँ । असिफ मुर्छा परेर कार्पेटमा लडिबुडी गर्यो । घरि यता घरि उता फर्क्यो । रक्ताम्य भएको आँखाको सकेटलाई हातले छोपेर मुर्छा परेर भुइँमा मडारिइरह्यो ।

“अब हामी जाऔं,” शोहरबले भन्यो । उसले मेरो हात समात्यो । मलाई उठायो । मेरो शरीरको प्रत्येक इन्ची इन्चीमा असह्य दुखाइ थियो । हाम्रो पछिल्तिर असिफ कोकोहोलो मच्याइरह्यो |

“बाहिर निस्की ! यहाँबाट गैहाल त !” ऊ च्याँठियो ।

खितिति हाँस्दै मैले ढोका खोलेँ | जब मलाई देखे, ती गार्ड ट्वाल्ल परेँ । मैले सोचेँ कि म कस्तो कुरूप देखिएको थिएँ होला | प्रत्येक पटक सास फेर्दा मेरो पेट चसक्क भयो | गार्ड मध्ये एउटाले पास्तुमा केही भन्यो र तिनीहरू हुर्रिएर कोठाभित्र पसे जहाँ असिफ च्याँठिएर रुँदै थियो |

“बिया,“ मेरो हात समातेर तान्दै शोहरबले भन्यो । ‘अब हामी जाऔं ।’

शोहरबको सानो हात समातेर म लर्खराउँदै हल वेतिर झरें | मैले अन्तिम पटक टाउको माथि उठाएर हेरेँ । ती गार्डहरू असिफलाई घेरेर अनुहारमा केही भन्दै थिए । अनि बल्ल मैले कुरा बुझेँ । कुरा के भने त्यो पित्तलको डल्लो अझै आँखा बस्ने सकेटमै अड्किएको थियो ।

शोहरबको जिउमा अडेस लागेर म लर्खराउँदै सिढीबाट ओर्लिएँ । संसारै तल र माथि, दायाँ र बायाँ गरेर हल्लिएको जस्तो लाग्यो । घाइते जनावर रोएको जस्तै असिफ रोएको आवाजमाथि चोटाबाट आई नै रह्यो । शोहरबको काँधमा अङ्गालो मारेर म र शोहरब बाहिर घामको उज्यालोमा निस्कियौँ । मैले देखेँ फरिद दगुर्दै हामीतिर आउँदै थियो ।

“बिस्मील्ला । बिस्मील्ला ।” मेरो हालत देखेर तीन छक्क पर्दै उसले भन्यो ।

म घम्लङ्ग उसलाई अँगालेर फ्यालिएँ र उसले जुरूक्क उचालेर दगुर्दै गाडीसम्म पुर्यायो । लाग्छ म जोडले च्याँठिदै थिएँ । मैले सडक पेटीमा छ दगुर्दा चप्पल पड्किएर उसको खस्रो कुर्कुच्चामा हानेको हेरिरहेँ । सास फेर्दा बेस्सरी दुख्यो । अनि म ढोका खुल्लै छ भन्ने संकेतको डिङ्ग डिङ्ग डिङ्ग आवाज सुन्दै नीलो च्यातिएको पछाडिको सिटमा बसेर ल्यान्ड कुजरको छानो हेर्दै थिएँ । ट्रकको बाहिर दगुरेको पदचाप सुनियो । फरिद र शोहरब छिटोछिटो एक आपसमा केही बोले । ट्रकको ढोको ड्याम्म बन्द भयो र इन्जिन गुर्गुरायो । कार अगाडि हुत्तियो र मैले मेरो निधारमा सानो हातले सुम्सुम्याएको थाहा पाएँ । सडकमा मान्छेहरूको हल्ला सुनियो | मैले झ्यालबाट सडक छेउका रूखहरू हर्र हाम्रो पछाडि छुटेको देखेँ । शोरब सुँक्क सुँक्क गर्दे थियो । फरिद अझैसम्म पनि ‘विस्मील्ला ! विस्मील्ला !” भन्दै थियो । अनि त्यस पछि म बेहोस भएँ |

लेखक परिचय

प्रेम सिग्देल अनुवादकका रूपमा परिचित हुनुहुन्छ । उहाँ अनुवादसँगै प्राध्यापनसमेत गर्नुहुन्छ ।

प्रतिक्रिया
Loading...