भागः तेह्र
सारा कुरा लेखेको थिएँ। केटाकेटीहरूले जस्तै डींग हाँक्ने यस्तो धूतसवार मलाई किन्न चढ्यो ? यो त भन्न मुष्किलै छ। धैर्य त लिनै सकिएको होइन। यहाँसम्म कि कर्नेलले तक्माको लागि मेरो नाउँ सिफारिश गर्ने वचन दिएको कुरा समेत त्यस चिट्ठीमा नलेखेर बस्न सकिनँ ।
अनि दुई हप्तासग्म मेरो काम भयो खाने पिउने र सुत्ने मात्रै ! अस्पतालमा मलाई एक पटकको खानामा धेरै त खान दिंदैनथे, तर दिनभरिमा धेरै पल्ट अलिअलि गरेर खान दिन्थे। डाक्टरको भनाइ के थियो भने यदि मैले चाहे जति नै मलाई खान दिने हो भने -म तत्कालै अपचको व्यथा लागेर मर्ने छु। मेरो जीउमा खूब तागत लाग्दै आएको थियो । तर दुई हप्ता जति पछि भने रोटीको एउटा सानो टुक्रा समेत मुखमा हाल्न नसक्ने भएँ। घरबाट चिठीको जवाफ आइरहेको थिएन र म, साँच्चै भन्ने हो भने, खूब पीर मान्दै थिएँ। अब मलाई न खान मन लाग्थ्यो, न त सुत्न नै । नाना थरीका कुभावनाहरू मात्न मगजमा, खेलाइरहन्थे। यस्तैमा तेस्रो हप्तातिर भोरोनेजबाट एउटा चिट्ठी आयो, तर त्यो इरीनाको हस्ताक्षरमा थिएन। मेरा छिमेकी सिकर्मी इभान तिमोफेएभिचले लेखेका थिए त्यो चिट्ठी ! ईश्वरले यस्तो चिट्ठी कसैको हातमा पनि नपारून् ! त्यस चिट्ठीमा लेखिएको थियो – “ सन् १९४२ को जून महीनामा नै जर्मनहरूले हवाईजहाज कारखानामा बमबारी गरेका थिए र एउटा भारी बमगोला सोझै तिम्रो घरको धुरीमा बज्रियो। बम खस्दाखेरि इरीना र छोरीहरू घरैमा थिए… । तर पछि उनीहरूको नामतिशाना समेत केही त्यहाँ भेट्टाइएन । जहाँनेर तिम्रो घर थियो त्यस ठाउँमा त ठूलो खाल्डो मात्र छ अब……..! मैले त्यो चिट्ठी एकै बाजिमा शिरदेखि पुछारसम्म क्यै गरी पढ्नै सकिनँ। आँखा अगिल्तिर अँध्यारो टाटो मात्र थियो र मन पनि मरिसकेको मुर्दाको जस्तै भयो । मुटुको धुकधुकी नै रोकिएला जस्तो मलाई लाग्न थाल्यो । म पलङमा पल्टिएँ र जब अलिकति तागत बटुलियो तब मात्रै चिट्ठी पुछारसम्म नै पढेँ। मेरा छिमेकीले लेखेअनुसार घरमा बम खस्दा आनातोली चाहिँ शहरमा गएको थियो साँझपख जब उ घर फर्कियो त उसले त्यहाँ एउटा गहिरो खाल्डो मात्र फेला पार्यो। त्यसै राति उ फेरि शहरतर्फ नै फर्कियो। शहरतिर फर्केर जानु अगाडि उसले छिमेकीलाई आफू स्वयं सेवकको रूपमा मोर्चामा जाने कुरा मात्र भनेको थि रे……। बस्, यत्तिकै हो !
जब मेरो दिमाग केही ठण्डा भयो र दिल पनि काबूमा आयो, मलाई झल्झल्ती सम्झना भएर आयो -त्यस दिन रेलवे स्टेशनमा म बाट अलग्गिनु पर्दा कसरी मेरो जीउमा टाँस्सिन पुगेकी थिई उ ! उसको नारी हृदयले जरूर त्यसै बेला नै उसलाई के बताइसकेको हुनु पर्छ भने यस जुनीमा अब हाम्रो भेट कहिल्यै पनि हुने छैन। तर त्यस बेला त मैले उसलाई जोडले धकेलिदिएको थिएँ। कुनै बेला मेरो परिवार थियो , मेरो आफ्नो घर थियो र त्यो घरबार बसाउन कैयौं वर्ष लागेको थियो। तर यो सबै एक्कै छिनमा बर्बाद भयो र म एक्लो रहन गएँ…। म सोच्न लागें- मेरो यो बेढंगी जिन्दगी कुनै दुःस्वप्न त हैन ? ‘ जुन बेला म’ गुद्ध-बन्दी थिएँ, म हरेक रात आफूलाई र इरीनाको साथै आफ्ना बालबच्चाहरूलाई सान्त्वना दिने गर्थे । म उनीहरूलाई ढाडस दिलाउँथेँ – “तिमीहरू सुर्ता नगर …। म छिटै घर फर्कने छु,..। म हट्ठाकट्ठा छु र सबै कुरा सहन गर्न सक्छु..-। हामी कुनै न कुनै दिन फेरि संगसंगै हुने छौं… ।” के त म यसरी दुई-दुई वर्षसम्म मरेर गइसकेकाहरूसँग पो कुरा गर्दै थिएँ ।
उ एक मिनेट जति चूप लाग्यो । त्यसपछि बदलिएको धोत्रो स्वरमा सुस्तसुस्त भन्न लाग्यो-
“खै,त भाइ, एउटा चुरोट ल्याऊ…। किन हो कुन्नि, मेरो घाँटीमा गाँठो पर्दै टम्म सास रोकिएर उकुसमुकुस हुन थाल्यो !”
हामीले चुरोट सल्कायौं । बाढीको पानीले ढाकिएको वनमा एउटा कठकोर जोडले टक टक गर्दै थियो । न्यानो बतास चलेर भिदुरका सुकेका पातहरू बिस्तार-बिस्तार हल्लिरहेका थिए । मानसिक सन्तापले भरिपूर्ण मौनताको त्यस क्षणमा मलाई यो असीमित जगत नै बिल्कुलै अर्के प्रतीत भइरहेको थियो । यो जगत् वसन्तको महान आगमनको लागि र जीवनमा प्राणसंचारको अमर प्रतिष्ठाको लागि तयारी गर्दै थियो।
चूप लागेर बस्नु असह्य हुँदै गइरहेको थियो र मैले प्रश्न गरेँ
“अनि अगाडि के भयो नि ?”
आफ्नो मनको बह पोखिरहेको व्यक्तिले नचाही नचाही जबाफ फर्कायो
“अगाडि ? .. अगाडि के हुनु थियो र ? कर्नेलबाट मैले एक महीनाको छुट्ठी पाएँ। त्यसको एक हप्तापछि नै भोरोनेज दाखिल भैहालें पैदलै पैदल म त्यस ठाउमा पुगेँ जहाँ कुनै बेला म आफ्नो परिवारको साथमा बस्थें। त्यहाँ पानीले टन्न भरिएको एउटा गहिरो खाल्डो थियो। त्यसको चारैतिर कम्मरसम्म पुग्ने अग्ला झ्याङहरू उस्रिरहेका थिए, -। चारैतिर सन्नाटा छाइरहेको थियो – निर्जन चिहानमा जस्तै अहो, भाइ ! म त्यस बेला दिक्दारीले गर्दा साह्रै हतासिएको थिएँ। मं त्यहाँ केही बेर उभिएँ। मेरौ मन कुढियो र म फेरि स्टेशनतर्फ लागे, किनभने एक घण्टा जति मात्न, पनि त्यहाँ बस्न मलाई असह्य हुन गएको थियो। त्यसै दिन म सरासर आफ्नो डिभिजनमा फर्केर आएँ।
त्यसको तीन महीना जति पछि मेरो जिन्दगीमा खुसीको एक क्षण फेरि आयो । बिना बादल बिजुली चम्के जस्तै भयो- मैले आनातोलीबाट खबर पाएँ। उसले मलाई शायद अर्कै मोर्चाबाट चिट्ठी लेखेको थियो। हाम्रा उही छिमेकी इभान तिमोफेएभिचबाट उसले मेरो ठेगाना पनि पाएको रहेछ। उलाई के पनि थाहा हुन गयो भने उस्ले शुरूमा तोपखानाकै स्कूलबाट तालिम पायो। गणितमा उसको दक्षता पनि त्यहीँ नै उसलाई निकै काम लाग्यो । एक सालको पढाइपछि जाँचमा उसले उत्कृष्ट अंक प्राप्त गर्यो र पढाइ सकेर उ मोर्चातर्फ गयो । आफूले कप्तानको दर्जा पाइसकेको कुरा पनि उसले लेखेकी थियो। त्यस बेला उ “पैतालीस ‘ नम्बरको एउटा तोपखानाको कमान गर्दै थियो। अहिलेसम्म उसले छवटा तक्मा र पदकहरू पाइसक्या छ। एक्कै वाक्यमा भन्ने हौ भने ह्याकतमा आफ्नो बाबुलाई समेत उछिनेर उ धेरै अगाडि लम्किसक्या छ। फेरि एक पल्ट मलाई उसको निकै गर्व भयो । तिमी जेसुकै भन तर मेरो आफ्नै छोरो कप्ताच छ र ऊ एउटा सिंगै तोपखानाको कम्याण्डर बन्या छ। यो लरतरो कुरो,होइन। यति मात्रै कहाँ हो र ! उसले यतिकसा तक्मा र पदकहरू पनि पाइसक्या छ। उसको बाबु “स्टूडीबेक्कर ” ट्रकमा गोलीगठ्ठा ओसार्छ वा यस्तै अरू कुराहरू यताउति पुर्याउँछ। के फरक पर्छ र यसबाट ! उसको बाबुको जमाना त बितिसक्यो नाइँ ! तर शब उसको याने भेरो छोरो कप्तानको सारा जिन्दगी नै उसैको अगिल्तिर थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।