नेपाली नारी स्रष्टाको पहिलाे नियात्राकृति `विदेशमा बिताएका केही वर्ष´ पढने हुटहुटी मेराे मनमा धेरै पहिलेदेखि चलेकाे थियाे । कृतिकार रञ्जुश्री पराजुली मेराे प्रिय लेखिका पनि हुन् । उनका कृतिहरू छुटपुट पढिरहन्थेँ । कता-कताबाट मैले खाेजिरहेकाे नियात्राकाे पुस्तक भेटें- ‘विदेशमा बिताएका केही वर्ष’ । पुस्तक सानाे थियो, त्यसैले एक बसाईमै पढेँ । किताब पढिसकेपछि मन मस्तिष्क निकैबेर खलबलियाे । कृतिबारे मनमा लागेकाे कुरा लेख्न मन लाग्याे र त्यही पुस्तकका पन्नाहरू फेरि पल्टाउन थालें ।
यात्रा कस्ताे हुँदा राम्राे र कस्ताे हुँदा नराम्राे भन्ने कुरामा आफ्नाे प्लेनकाे निरस यात्रामा आफ्नै गाउँठाउँका भरियाकाे रमाइलाे यात्रा र दिनभरि लगाएर दक्षिणकाली गएकाे यात्रा सम्झदै तुलना गर्नु भएकाे कुराको राेचक प्रस्तुतिले मन छाेयाे । लेखिका पराजुलीसँगै म पनि छु जस्ताे लाग्याे ।
मित्रता जाेसँग पनि गर्न सक्ने लेखिकाले आफ्नाे आनीबानी समेत दर्शाएकाे मन पर्यो तर मित्रतामा गाँसिएकी मिस राेजमेरी भाइपाेन्ट र उनी मार्फतबाट बनाइएका साथीहरूले `नेपाल इन्डियाकाे कुन भागमा पर्दछ भनेर साेध्दा सहनै नसक्ने उकुसमुकुस भए तापनि गम्भीरतापूर्वक ‘स्वतन्त्र नेपाल छुट्टै देश हाे’ भनेर सम्झाएकाे कुराले वाह देशप्रेम भनेर म लेखिकाकाे भावनाप्रति नतमस्तक भएँ ।
पैसा र पश्चिमाहरूकाे जीवनशैलीका बारेमा राेजमेरी भाइपाेन्ट र क्याथरिनकी ग्रानीकाे जीवनीबाट प्रष्टाइदिन लेखिका पराजुली सफल देखिन्छिन् ।
हामी नेपालीहरू विश्वकाे जुनसुकै कुनामा पुगे पनि आफ्नाे संस्कृति र संस्कारबाट पर हुन सक्दैनौँ भन्ने कुरा `नयाँ वर्ष – स्कटिस परिवारसँग´ भन्ने पाठमा प्रष्ट देखिन्छ । उनीहरूकाे नयाँ वर्षसित दशैंलाई दाँज्न पुगेकी छन् लेखिका । स्कटिसहरूकाे संस्कारअनुसार जारलाई र पहिलाे श्रीमान् श्रीमतीबाट जन्मिएका छाेराछाेरीलाई दाेस्राेले सजिलै अपनाउनु, घरमा स्वागत गर्नुलाई सजिलै पचाउन पनि नसकेकाे देखिन्छ । कस्ताे भद्रगाेल परिवार र संस्कार भन्न समेत पछि परेकी छैनन् रञ्जुश्री ।
`गरम महिनामा एडिनवरा´ शीर्षकको पाठमा लेखकले एडिनवराकाे बारेमा छर्लङ्ग हुने गरी प्रष्टाइदिएकी छन् । बेलायतमा मरेका मानिसलाई भेटन पाइन्छ भन्ने सुनेर लन्डन पुगेकी लेखिका मेडमटुसा पुग्दा कस्ताे अनुभव भयाे भन्ने कुरा राेचक तरिकाले प्रस्तुत गर्न सफल भएकी छन् ।
स्कटल्याण्डकाे लखनेसमा पनि नेपालकाे यतिकाे कल्पना गरेजस्तै त्यहाँ पनि लखनेस मन्सटरकाे कुरा गर्दा रहेछन् भन्ने प्रसंग पनि राेचक छ।
पूर्वीय संस्कारबाट पाश्चात्य संसारमा बसाई सरेर पुगेकाे परिवारमा दुई पुस्ता बीचमा संस्कारका नाममा कतिसम्म हुन्छ भन्ने कुरा `बेलायती संस्कृतिमा भारतीय केटी´ मार्फत देखाउन सफल भएकी छन् ।
विदेशमा बाेटमा पैसा फल्ने हाेइन, त्यहाँका मानिसमा जाँगर, इमान्दारी, सजाय र काम गर्ने सुविधा हामीभन्दा बढी रहेछ । त्यस्ताे हिउँ पर्ने देशका मानिस त्यस्ता हामी स्वर्गकाे टुक्रामा जन्मिएका अल्छी । हाम्रै अल्छी बानी र साधनहरूकाे कमीले गर्दा मात्र हामी अविकसित मुलुकका नागरिक भएका हौँ भन्न पनि पछि परेकी छैनन् लेखिका ।
रञ्जुश्रीकाे याे नियात्रा सानु भएकाेले एकै बसाईमा पढन सकिन्छ । पढन सुरु गरेपछि सललल बग्दछ, राेचक छ । तर पनि समय परिवर्तन भएसँगै पुस्तकका कतिपय शब्दहरू अहिलेकाे परिस्थितिमा अलि पाठकलाई अपाच्य पनि हुन सक्छन् । तर स्वास्नीमान्छे भन्ने जस्ता केही शब्दहरू कृति जन्मदा पाच्य थियाे भने अहिलेका विशेष गरी महिलाहरूले नाक खुम्च्याउने सम्भावना देखिन्छ । कतिपय घटना र साेचलाई लिएर दुई देश बीचमा गरिएकाे तुलना पुस्तक लेख्दा पुस्तकाकारले लेखेकाे अवस्थामा हुने गरेकाे भए तापनि अहिले धेरै कुरामा परिवर्तन भई सकेकाे छ । यसरी हेर्दा याे एउटा नियात्रा मात्र नभएर ऐतिहासिक नियात्रा भन्दा पनि अतिशयाेक्ति नहाेला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।