भारतिय लेखक अमिश त्रिपाठीद्धारा लिखित शिव ट्रायोलोजी हिन्दुका देवता शिवको इश्वरत्वको यात्रामा आधारित छ । कुनै आदिवासीको सरदार कसरी हिन्दुहरुको लागि तारणहार बनेर सिंगो सम्प्रदायको विश्वासको केन्द्रमा बस्न पुग्छ भन्ने कथालाई अमिशले आफ्ना ३ पुस्तकहरुमा वर्णन गरेका छन् । चाखलाग्ने कुरा यो छ कि, लेखक त्रिपाठीले हिन्दु मिथक तथा शास्त्रहरुका पात्रलाई ऐतिहासिक समयरेखामा बाध्न खोजेका छन् । पुस्तकमा अपवाद बाहेक उनी यसमा सफल भएका देखिन्छन् ।

लेखक अमिश त्रिपाठीको चर्चित ‘शिव ट्रायोलोजी’ अन्तर्गतको तेस्रो तथा अन्तिम पुस्तक हो द ओथ अफ द वायुपुत्रज (The oath of the vayuputras) । यो पुस्तक २०१३ मा प्रकाशित भएको थियो ।

यो पुस्तकले लेखक त्रिपाठीको पहिलो पुस्तक द इमोर्टलस् अफ मेलुहाबाट सुरु भएर दोस्रो पुस्तक द सेक्रेट अफ वायुपुत्रजसम्म आइपुग्दा गुज्मुजिएको कथालाई निष्कर्षमा पुर्याउँछ । आकारका हिसाबले तिन पुस्तक मध्यै सबै भन्दा ठुलो पुस्तक पनि यहि छ । लेखकले धेरै जसो कथाहरुलाई निष्कर्ष दिने क्रममा कथाहरुलाई केहि लम्ब्याएको हो कि भन्ने बेला बेला पाठकलाई आभाष हुन सक्छ तर दार्शनिक पाटोको हिसाबले, हिन्दु धर्मका मिथकहरुप्रतिको न्याय गरेको हिसाबले यो पुस्तक उत्कृष्ट छ ।

यो पुस्तकमा आइपुग्दा शिवले वास्तवमा मेलुहाको भनिएको समस्या सप्तसिन्धु र त्यो वरिपरीका वासिन्दा तथा प्रकृतिको नै समस्या भएको थाहा पाइसक्छन् । हिन्दुशास्त्रका कथा तथा मिथक सुनिसक्नेहरुलाई पनि यसको अन्त्य के हुन्छ भन्ने कौतुहलताले कथाको अन्त्य सम्म नै बाँधिराख्न सक्छ । यसैले यो तेस्रो पुस्तक पनि पढ्नै पर्ने पुस्तकको सूचिमा स्वत: बस्न पुग्छ ।

कथाको अन्त्यले ट्रायोलोजी पढिसक्ने सबैलाई रोमाञ्चक सन्तुष्टीको आभाष गराउँन सक्छ ।

यो पुस्तकलाई हिन्दीमा वायुपुत्रोंका सपथ नाममा अनुवाद गरिएको छ । तपाईले यसलाई युट्युबमा पनि सुन्न सक्नु हुनेछ ।

पहिलो भाग

दोस्रो भाग

तेस्रो भाग

चौथो भाग

पाचौँ भाग

ट्रायोलोजीका थप पुस्तकहरुको परिचय

अमिश त्रिपाठीको चर्चित ‘द इमोर्टलस् अफ मेलुहा’

अमिश त्रिपाठीको चर्चित ‘द सेक्रेट अफ द नागाज्’