अध्याय – सत्ताईस

त्यो घटना घटेको आज पूरा छ वर्ष बित्यो । मैले आजसम्म कसैलाई यो कथा सुनाइन । म जीवित फर्किएको कारण मेरा सबै शुभचिन्तक खुसी थिए । तर म भने भित्रैदेखि निराश र थाकेको थिएँ ।

म भलिभाँति के जान्दछु भने फुच्चे राजकुमार आफनो ग्रह फर्क्यो, उज्यालो हुँदा उसको शव मैले फेला पारिन । उसको शरीर त्यति ठूलो पनि थिएन ।

सत्य कुरो त के हो भने म राती ताराहरूको आवाज सुन्न चाहन्छु । भेडाको कुरा मलाई अचम्म लाग्छ । आजकल फुच्चे राजकुमारको ग्रहमा के भइरहेको होला भनेर म बारम्बार सोच्नेगर्छु । उसको गुलाबको फूल के भइरहेको होला ?

मैले एउटा गल्ती गरेको थिए । जब मैले फुच्चे राजकुमारको भेडाको लागि ठेडी बनाई दिएँ । त्यसबेला भेडाको मुख बाँध्ने छालाको फित्ता बनाउनै बिर्सेछु । कतै भेडाले उसको गुलाब खाइसक्यो कि भन्ने डर मनमा आइरहन्छ ।

मैले भन्नुपर्ने एउटै कुरा के छ भने यदि तपाईंले अफ्रिकाको विशाल मरूभूमि सहाराको यात्रा गर्न पाउनुभयो भने तपाईंले अवश्य नै फुच्चे राजकुमार चिन्नुहुनेछ । मेरो आग्रह के हो भने तपाईं हतार नगरीकन आकाशमा चम्किरहेका हजारौँ ताराहरूतिर हेर्नुहोस्‌ । यदि कुनै तारा तपाईं भएतिर आउन खोज्छ, हाँस्न खोज्छ, प्रश्न गर्दा उत्तर दिँदैन भने तपाईंले सजिलै थाहा पाउनुहुनेछ कि ऊ को हो ?

कृपया मलाई उदास हुन नदिनुस्‌ । छिट्टै लेख्नुहोस्‌ कि क फेरि फर्किरहेको छ भनेर ।