अध्याय – बाह्र
तेस्रो ग्रहमा फुच्चे राजकुमारको भेट एउटा जँड्याहासित भयो । त्यो जँड्याहा केही खाली बोतल र केही भरेको बोतल अगाडि राखेर चुपचाप बसेको थियो |
“तिमी यहाँ के गरी बसेको ?” फुच्चे राजकुमारले त्यस उपग्रहको एक्लो बासिन्दालाई सोध्यो ।
‘पिउँदै छु म, देखेनौ ?” जँड्याहाले अलि झर्केर जवाफ फर्कायो ।
“किन पिउँछौं तिमी ?” फुच्चे राजकुमारले सोध्यो ।
“बिर्सनका लागि ।” जँड्याहाले भन्याे ।
फुच्चे राजकुमारले साेध्याे, “के विसर्नका लागि ?”
म आफूदेखि लज्जित छु त्यही बिर्सिनका लागि । शिर निहुँराउँदै त्यो जँड्याहाले भन्यो |
“किन लज्जित छौ त तिमी ?” फुच्चे राजकुमारले जान्न खोज्यो । ऊ जँड्याहालाई सहयोग गर्न चाहन्थ्यो ।
“जँडयाहा भएकोमा ।’ जँड्याहाले भन्यो | जँड्याहाको कुराले दुःखी हुँदै फुच्चे राजकुमार त्याहाँबाट भाग्यो । प्रौढ व्यक्तिहरू विचित्रका हुँदारहेछन् भन्ने विश्वास अझ दृढ भयो फुच्चे राजकुमारलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।