अमेरिकाका राष्ट्रपति अब्राहम लिङ्कन उनको भद्रताका लागि प्रख्यात छन् । केहीले त उनको असफलतालाई पनि प्रख्यात बनाएका छन् ।
यहाँ भने उनको दाह्रीवाला प्रसङ्ग उल्लेख गर्दैछौँ ।
सन् १८६० भन्दा अगाडिका तस्बिरमा अब्राहम लिङ्कनका तस्बिरहरू दाह्रीविहीन देखिन्छन् । तर जब उनी राष्ट्रपतिको चुनावी दौडमा निस्किए, उनका तस्बिरहरू प्रायः दाह्रीमा देखिएका छन् ।
बिबिसी हिस्ट्रीका अनुसार, अब्राहम लिङ्कनलाई दाह्री पाल्न एक जना बालकले हौस्याएका थिए ।
११ वर्षका बालक ग्रेस बेडेलले पत्र लेख्दै अब्राहम लिङ्कनलाई दाह्री पाल्न आग्रह गरेका थिए दाह्री पाल्दा उनी वयस्क र साँच्चिकै राजनीतिज्ञजस्तो देखिने हुनाले सोको आग्रह गर्दै उनले साँच्चिकै दाह्री पाले, आफूले उनका पक्षमा चुनावी प्रचारप्रसार गर्नेसमेत जानकारी गराएका थिए ।
रोचक त के छ भने लिङ्कनले ती बालकको पत्रको जवाफ फर्काउँदै भनेका थिए, ‘म दाह्रीमा उति सुहाउँदिलो देखिन्नँ तर तपाईंले यसमा यति गहिरो चाख दिनु भएकामा धेरैधेरै धन्यवाद ।’
पछि अब्राहम लिङ्कनले दाह्री पाल्न थाले । उनी चुनावी दौडमा निस्कँदा झ्याप्प दाह्रीवाल लिङ्कनमा परिणत भएका थिए । नभन्दै बालक ग्रेस बेडेल पनि उनका लागि चुनावी प्रचारप्रसारमा भाग लिए ।
यो घटनाको पाठ के हुनसक्छ ?
कहिलेकाहीँ हामीले आफ्नो मूल्याङ्कन आफैँ गर्न सक्दैनौँ । त्यही मूल्याङ्कन एउटा बालकले पनि गरिरहेको हुनसक्छ । तिनका कुरा ध्यानपूर्वक सुनौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।