साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

एन फ्रान्कलाई कसले धोका दिएको थियो ?

अंग्रेजी भाषामा निकालिएको पुस्तक
एन फ्राङ्क

विख्यात पुस्तक द डायरी अफ एन फ्राङ्क तपाईंले पढ्नु भएको छ ? छैन भने पनि तपाईंलाई एन फ्राङ्कका बारेमा त पक्कै थाहा होला ।

bahulako diary small and inside post

भर्खरैकी किशोरीको डायरी विश्वविख्यात डायरीमध्ये एक हो । उनको सो डायरी संसारभर पढिएको छ । नेपालमा पनि सो पुस्तकको अनुवाद भएको छ ।

केही समयअघि एन फ्राङ्कको परिवारलाई कसले कसरी धोका दिएर यातनागृहमा पुर्यायो भन्नेबारे लेखिएको पुस्तक यतिबेला नेदरल्यान्डमा विवादमा परेको छ ।

अंग्रेजी भाषामा निकालिएको पुस्तक

द बिट्रेयल अफ एन फ्राङ्क पुस्तककी लेखिका रोजमेरी सुलिभानले एनका पिता ओटो फ्राङ्क र उनको परिवारलाई धोका दिने व्यक्तिको पहिचान गरेको र त्यसको अन्तरकुन्तर खोतलेर पुस्तक निकालेको दाबी गरेकी थिइन् ।

सो पुस्तकलाई भने नेदरल्यान्डले प्रतिबन्ध लगाएको छ । नेदरल्यान्डका प्रसिद्ध इतिहासकारहरूले लेखिका सुलिभानको दाबीमा कुनै सत्यता नभएको भन्दै हावादारी कुरा लेखेर चर्चा कमाउन खोज्ने सुलिभानको पुस्तकमा प्रतिबन्ध लगाइनुपर्ने माग गरेपछि डच भाषामा अनुदित सो पुस्तक फिर्ता लिन प्रकाशकलाई अनुरोध गरिएको थियो ।

नेदरल्यान्डमा सो पुस्तक गएको मार्चबाट नै बजारमा ल्याइएको थियो । पुस्तक निस्किएयता नै विवादित बन्न पुगेको थियो ।

धोका दिने व्यक्ति अरू कोही नभएर यहुदी परिषद्का तत्कालिन सदस्य आर्नोल्ड भान डेन बर्ग भएको लेखिका सुलिभानको दाबी थियो ।

नेदरल्यान्डका इतिहासकारहरूले भने उनको सो दाबी तथ्यमा आधारित नभएको र मनगढन्ते पुस्तकलाई छाडा बिक्रीमा राख्न नहुने सुझाव दिएका थिए ।

हाल नेदरल्यान्डमा स्थानीय भाषामा अनुदित पुस्तक बिक्रीबाट हटाइएको छ ।

बिक्रीमा प्रतिबन्ध लगाइएको स्थानीय भाषाको पुस्तक
प्रतिक्रिया
Loading...