भाग ९

त्यो बन्दीशिविरमा हाम्रा झण्डै दुई हजार जति कैदीहरू राखिएका थिए। हामी ढुंगाखानीमा काम गर्दथ्यौं र आफ्नै हातले जर्मन ढुंगा फोड्थ्यौं, काटथ्यौं र चिर्दथ्यौं । हाम्रो निम्ति कोटा तोकिएको थियो र हामीमध्ये प्रत्येक आत्माले दिनहुँ चार घनमीटर ढुंगा काटेर बुझाउनु पर्दथ्यो। अलि सोच त, भाइ ! यस्तो मान्छेले यो सब काम पूरा गर्नु पर्दथ्यो जसको आत्मा नै पनि एउटा मसीनो त्यान्द्रोद्वारा मात्र उसको देहमा झुण्डिराखेको हुँदो हो। नतीजा यही भयो कि दुई महीना बित्दा नबित्दै हाम्रो टोलीका १४२ जनामध्ये मात्र ५७ जना साबुत रहे । कस्तो छ त, भाइ ? कमाल हैन त”? हामी आफ्ना मरेका साथीभाइहरूलाई गाड्न: पनि भ्याइरहेका थिएनौं कि जर्मनहरूले स्टालिनग्राद” पनि जितिसकेको खबर बन्दीशिविरमा फैलियो र जर्मनहरू साइबेरियातर्फ बढ्दै छन्‌ रे भन्ने पनि सुनियो । एकपछि ग्रर्को चोट पर्दै गयो मुटुमा ! यस्तो चोटले हामीलाई कतिसम्म थिचेर राख्ने गरेको थियो भने हाम्रा आँखा भुइँबाट माथि उठ्दै उठ्दैनथ्यो , मानौं हामी चाहन्छौं कि हामीलाई पनि यही जर्मनीको पराई भूमिमा दफनाइयोस्‌ ! बन्दीशिविरका पहरादारहरू हरेक दिन मस्तीसंग पिउँथे , गाला फाट्ने गरी गीत गाउँथे र खुब आनन्द मनाउँथे ।

“एक दिन साँझपख हामी काम सिध्याएर ग्राफ्नो कटेरामा फर्कियौं । दिनभरि झमझम पानी परेको थियो, आङको लुगा भिजेर निथ्थ्रुक्के भएको थियो। चिसो स्याँठ पनि चलेकोले हामी जाडोले थर्थर काँपिरहेका थियौं र किटकिट गरी दाँत पनि किटिरहेका थियौं। त्यहाँ लुगाफाटो सुकाउने र आङ तताउनेसम्म पनि कुनै ठाउँ थिएन। फेरि भोक पनि यस्तो जागेको थियो कि के भनौं । बाँचिने हो वा मरिने हो भन्ने भान परिरहेको थियो । कुरा त यो थियो कि हामीलाई साँझको खाना नै कहिल्यै दिइँदैनथ्यो ।

जे, होस्‌, मेले भिजेको नुगा फुकालें त्यसलाई आफू सुत्ने गरेको फाटकतिर हुत्तयाउँदै भने उनीहरू हामीसंग चार चार घनमीटर ढुंगाको माग गर्छन्‌, तर हामीमध्य हरेकको चिहानलाई त एक घनमीटर ढुंगा भए पनि पुगिहाल्छ होला बस्‌, यत्तिकै हो मेरो मुखबाट निस्केको । तर आफ्नै साथीहरूमध्यै पनि एक जना यस्तो चुतिया तिस्किदियो जसले क्याम्प-कम्याण्डरकहाँ गएर चुक्ली, लगाइहाल्यो र मरो यो तीतो वावय ओकेलिदियो ।

क्याम्प-कम्याण्डर भन्तोस्‌ वा उनीहरूकै भाषामा लागरफ्यूरर भन्नोस्‌ , त्यो एक जना म्यूलेर भन्ने जर्मन थियो । कद उति अग्लो त होइन, तर हट्ठाकट्ठा थियो र केश पनि सनपाटको गुच्छा जस्तो र आफू पनि खैरो खैरो । उसका परेला र आँखीभौंका रौं पनि सुनौला नै थिए र आँखा चाहिं कैरा कैरा र अलि डेडा पनि थिए । रूसी पनि उ तिमी हामी जत्तिकै बोल्दथ्यो । उच्चारण पत्ति भोल्गा प्रदेशका झर्रा रैथानेहरूको जस्तो ओकार बढी सुनिने पाराको थियो, मानौं त्यो त्यसै प्रदेशमा जन्मिएको होस्‌ । गाली गर्ने पनि यत्तिको सिपालु कि कुरै नगरौं ! त्यस बजियाले गाली दिने यो कला कहाँ सिक्यो कहाँ ?

कटेरो याने जर्मन भाषामा ब्लोक भनेर जसलाई भन्थे त्यस घर अगाडि हामीलाई लहरै एउटा लाममा खडा हुने आदेश दिन्थ्यो र आफ्ना पिछलग्गूहरूले घोरिएर उ आफ्नो दाहिने हात माथि पसारेर लामको , एक पुछारबाट अर्को पुछारसम्म पुग्दथ्यो । उसले छालाको पंजा लगाइराखेको हुन्थ्यो र औंलाको बचावटका लागि छालामुन्तिर शीशाको एक पट्टी पनि हालिएको थियो। उ अगाडि लम्कँदै जान्थ्यो र एक छोडी अर्कोको नाकमा हिर्काएर नाथ्थ्रो नै फुटाइदिन्थ्यो । यसलाई उ “ इन्फल्युएन्जा-निरोध ” भन्ने गर्थ्यो। हरेक दिन यही प्रक्रिया दोहोर्याइन्थ्यो । हाम्रो बन्दीशिविरमा चारवटा ब्लोक थिए। आज उ एउटा ब्लोकमा “एन्फल्युएन्जा-निरोध” को आयोजना गर्थ्यो भने भौलिपल्ट चाहिँ अर्कै ब्लोकमा । यो क्रम चालू नै रहन्थ्यो । त्यो ज्यादै हरामी थियो । एक दिन पनि बिदा लिएर बस्तैनथ्यो। तर एउटा कुरा चाहीँ त्यो बेकुफ बुझ्नै समेत सक्तैनथ्यो । के हुन्थ्यो भने आफ्नो दौरा शुरू गर्नुभन्दा पहिले त्यो अगाडि गराएर उभिन्थ्यो र आफूलाई तैयार गर्न फोहोर गाली बक्न थाल्थ्यो । बुझ्यौ, भाइ , त्यसले गाली दिन थालेपछि जिब्रो रोकिंदैनथ्यो र हामी केही रमाउँथ्यौ पनि। हेर न भाइ, उसको उच्चारणमा आफन्तपना झल्कन्थ्यो र हाम्रो मुलुकबाट हावाको एक झोक्का बगेर पो त्यहाँ अइपुगेको हो कि जस्तो भान पर्ने जान्थ्यो । मलाई के लाग्छ भने उसको गालीगलौज सुनेर हामीलाई सुखको अनुभव हुन्छ भन्ने यदि उसलाई थाहापत्तो हुँदो हो त उ कदापि पनि रूसीमा गाली नगरेर आफ्नै मातृभाषामा गाली गर्दो हो। हाम्रो एक जना मास्कोवासी साथी त ज्यादै उत्तेजित समेत हुन्थ्यो र भन्ने गर्थ्यो पनि- “जब उ यसरी गाली गर्न लाग्छ, म आँखा चिम्लिदिन्छु र मलाई यस्तो अनुभव हुन्छ कि मानौं म मास्कोकै कुनै बियरखानामा बसिरहेको छु ! उसको गालीले यस्तो तुलबुल तुल्याउँछ कि एक मग बियर पिउनको निम्ति मन तड्पिन लाग्छ! ”

अँ त, मैले घनमीटरको जुन कुरा गरें त्यसको भोलिपल्ट नै क्याम्प – कम्याण्डरबाट मलाई बोलावट भयो। “साँझपख एक जना दोभाषे र दुई जना गाड हाम्रो कटेरोमा आएर बोलाउन थाले- को हो, आन्द्रेइ सोकोलोभ भन्ने ? ” मैंले “हाजिर ” भनेर यसको जवाफ दिएँ । उनीहरूले आडर फर्माए “हिड्; हाम्रो साथमा…। छिटो गर् तँलाई स्वयं श्रीमान लागर-फ्यूररबाट बोलाबट भएको छ ! ” मलाई पक्का भैहाल्यो – किन बोलावट भएको हो। सोझै गोली ठोकेर मारिदिने छ !

मेरा साथीभाइहरूलाई पनि थाहा थियो कि म मृत्युको सामना गर्न गइरहेको छु। आफ्ना साथीभाइहरूसँग बिदाबारी भएर म गार्डहरूको पछि लागें। बन्दीशिविरको आगन पार गर्दै मैले माथि आकाशतिर नजर दिएँ र ताराहरूसँग पनि बिदाबारी भएँ। मैले मनमनै सोचे-‘ लौ त, आखिर तैँले आज आफ्नो दुःख-यातनाको भोग पूरा गरिस्‌, आन्द्रेइ सौकोलोभ, नम्बर ३३१ ! ‘ त्यस बेला इरीना र बालबच्चाहरूको पनि सम्झना भएर आयो र मेरो मन ज्यादै कल्पियो। पछि त्यो मानसिक पीडा चटक्कै बिलाएर गयो । अनि मैले आफूलाई सान्त्वना दिएर एक फौजी जवान जस्तै निडर भएर पिस्तोलको नालमा सोझै हेर्ने साहस बटुल्न थाले, ताकि जीवनको अन्तिम घडीमा जीवनसित बिदा लिन मलाई कति गाह्रो परेको छ भन्ने कुरा दुश्मनले कत्ति पनि चाल नपाओस्‌ ! …. क्याम्प-कम्याण्डरको कोठामा झ्यालैनेर फूलदानीमा फूलहरू सजाएर राखिएका थिए र कोठा पनि हामीकहाँ गतिलो क्लबमा जत्तिकै सफासुग्घर थियो। टेबुलनेरै बन्दी शिविरका पाँचै जना बडा अफिसरहरू लहरै बसेका थिए । उनीहरू श्नाप्स रक्सी घुट्क्याउँदै थिए र बंगुरको बाथ चपाउँदै थिए। टेबुलमाथि श्नाप्स रक्सीको एउटा खोलिएको ठूलो,

क्रमश…….